संघीयतामा जाँदा बुद्धि पुर्‍याउन राष्ट्रपतिको सुझाव

काठमाडौ, १८ चैत । राष्ट्रपति रामवरण यादवले प्रमुख राजनीतिक शक्तिहरुका वीचमा सहमतिको वातावरण बनेकोले जेठ १४ भित्र शान्ति र संविधान आउने विश्वास ब्यक्त गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालको टोलीसँग आज शीतल निवासमा भएको भेटमा राष्ट्रपति यादवले जेठ १४ भित्र शान्ति र संविधान आउनुको विकल्प नभएको बताए । उनले भने, ‘दलहरुले जेठ १४ मा शान्ति र संविधान दिन्छन भन्ने मलाई विश्वास छ ।’

संसारमा लागू भएका शासन प्रणालीका राम्रा, राम्रा पक्षलाई समेटेर लोकतान्त्रिक मूल्यमान्यता भएको शासन प्रणाली अपनाउनु पर्ने यादवको धारणा थियो ।

उनले संघीयतना विना संविधान जारी हुन नसक्ने भन्दै देश विखण्डन नहुने गरी संघीयतामा जानु पर्ने बताए ।

संघीय प्रदेश निर्माण गर्दा कसरी गर्ने भन्ने विषयमा दलहरुले बुद्धि पुर्‍याएर काम गर्नु पर्ने उल्लेख गर्दै राष्ट्रपतिले भने, ‘मुलुकको एकता अखण्ड हुनु पर्छ, यसमा आँच नआउने गरी संघीय प्रदेशहरु निर्माण गर्नु पर्छ ।’

प्रतिक्रिया