ह्विलचियरमा जिन्दगीको ड्राइभर

उसलाई अब छोराहरूको माया पनि छैन, कसैले पाल्ला भन्ने पनि छैन । माया यिनै बटुवाकै लाग्छ, जसले उसलाई पत्रिका किनिदिएर पालेका छन् । माया यिनै सडकको लाग्छ जहाँ आफ्नो ह्विलचियरमा जिन्दगी हिँडाउनु छ ।

यस वसन्तमा पनि टुडिखेल वरपरका सडकले शिरीषको फूल उमार्न खोज्दैछ । घरीघरी लाग्ने चैते हुरीले छिनभरमै धुलो उडाउन खोज्दैछ । भद्रकालीको पेट्रोल लाम छिचोलेर आएका मोटर गाडीले बेस्सरी धुवा उडाउदै छन् । यसबीचमा पनि टन्टलापुर घाम खेपेर हिड्ने बटुवाहरू सहिदगेट मास्तिर र तल्तिर गरिरहेका छन् । तिनीहरू भद्रकाली र सहिदगेटको बीचमा आफूलाई हिडाएर आखालाई भने एकैछिन टक्क रोक्छन् र कौतुहलमिश्रित नजरले एउटा ह्विलचियरलाई हेर्छन् । अनि देख्छन्, ह्विलचियरमा बसिरहेको एक जुगेदार वयस्क, जो आङ्खनो तालुमा यो देशको प्रधानमन्त्रीले जस्तै कालो टोपी गुथाएर बसिरहेको छ । फेरि देख्छन्, समयजत्तिकै लामा र घुर्मिएका जुगा, सडकको धुलो कटकटिएको मैलो सर्ट, सर्टमा झुन्डिरहेको दुईथान रुद्राक्ष माला र अखबारहरूको बन्डल । अनि त्यसभन्दा तल ? त्यसभन्दा तल बटुवाले आङ्खनाजस्तै सग्ला गोडा भेट्टाउन सक्दैनन् । अनि बटुवालाई ह्विलचियरमा बसिरहेको मान्छे अपरिचित लाग्छ, अपरिचित लाग्छ उसको तालुमा गुथिएको टोपी पनि । अपरिचित वस्तुसग किन झ्याम्मिनु ? सहरले सिकाएको यही त हो नि । बटुवा दृश्य छाडेर फटाफट हिड्छ । यन्त्रवत्, चलिरहन्छ भद्रकाली सहिदगेट सडक ।
ब्ल्याक एन्ड ह्वाइट शरीरमा पनि रंगीन मुस्कान लिएर बसिरहेको ऊ अर्थात् छत्रबहादुर भण्डारी, जो सडकको किनारमा ह्विलचियर पार्किङ गरेर प्रदर्शित छ । ५५ वर्ष भएछ, संसारले उसको अस्तित्व स्विकारेको । जन्मेको माटो, काभ्रेको सिम्थली । ऊ जेठो छोरो भएर जन्मदँ उतिबेला कम्ता खुसी थिएन परिवारमा । आसामतिर पुगेछन् बाआमा ऊ सानै हुदा । त्यही जग्गाजमिन जोडेर खुसीसाथ परिवार चल्दै थियो । परदेशजस्तो अनुभव पनि भएन । बाआमाको साथमा बाल्यकाल जो थियो । अचानक उसको बाल्यकालमै ‘क्लाइमेक्स’ आयो एउटा फिलिमको कहानीमा जस्तै । ११ वर्षमा पुगेको चिचिलो छत्रबहादुरले आङ्खना बाआमाको काजक्रिया एकै वर्षमा गर्नुप¥यो । ऊ आङ्खनो भाइलाई छातीमा च्यापेर काभ्रे फर्कियो । आङ्खना काकाहरूसग बाउले छाडेर गएको माटो माग्यो । अनि त्यही माटामा खुसी रोप्न थाल्यो । आम जिन्दगीजस्तै त थियो छत्रबहादुरको जिन्दगी पनि त्यसबेला । आङ्खनो बिहे ग¥यो, भाइलाई हुर्कायो, पढायो । आङ्खना पनि दुई छोरा, एक छोरी भए । जागिर पनि खायो पुलिसको । सडकको किनारमा साइड लागेर बसेको ह्विलचियरबाट त्रिपुरेश्वरतिर औ“ला देखाउ“दै उसले भन्यो, ‘त्यही मैले जागिर खा’को हु । ममाथि षड्यन्त्र भयो, स्वाभिमानले नमानेपछि जागिर छाडेर ड्राइभर बन्दिए,’ छाती पिटेर गर्वले बोल्यो ऊ ।
फिल्ममा झै एकचोटि ‘क्लाइमेक्स’मा पुगेर सकिने कथाजस्तो हुदैन रहेछ जिन्दगी । छत्रबहादुरको जिन्दगीले त्यही भन्दै थियो । सुगर रोगले नराम्ररी थलियो छत्रबहादुर । स्वास्नीले छाडेर अन्तै गइसकेकी थिई । सुगरका कारणले एउटा गोडाले पनि शरीर छाड्यो । काटिएको एउटा गोडा तुर्लुङ्ग झुन्डाउदै गाडी हा“किरह्यो उसले । नियतिलाई यतिले पुगेको थिएन । सुगरले च्याप्दै लगेपछि अर्को गोडाले पनि उसको शरीर छाड्यो । काम गर्न नसक्ने भएपछि ऊ सागास्थित भाइको घरमा बस्यो । तर, एक दिन भाइकी स्वास्नीले उसलाई घरमा ग्यास पड्काएको आरोप लगाई । ‘म अपांगले ग्यास पड्काए“ होला त ?’ यसपटक छत्रबहादुरका आ“खा रसिला देखिए र बोली पनि रुन्चे । भाइबुहारीले उसलाई घरबाट निकालेर काठमाडौंमा बस्ने उसकै जेठो छोराको जिम्मा लगाई । आफैले हुर्काएको र प्यारो लाग्ने भाइले एक शब्द पनि निकालेन दाजुको अवस्थाप्रति । एक महिना त छोराबुहारीको अनामनगरको डेरामा पालियो ऊ । तर, दुई महिना छोराबुहारी नै उसलाई त्यही डेरामा छाडेर भागे । जसोतसो दुई महिना बा“च्यो ऊ । एक दिन बुहारी आएर भनी–‘तिमी आङ्खनो बाटो लाग, या“ जति बस्नु बस्यौ ।’ आ“खाबाट बलिन्द्र आसु झार्दै ऊ घिस्रिदै तल ओर्लियो र सडक पेटीमा बा“च्यो केही समय । सुगर रोगले ऊ झन् ‘सिरियस’ भयो । एक दिन ड्राइभर लाइनका पुराना साथीले उसलाई वीर अस्पतालको जिम्मा लगाए ।
वीर अस्पताल अहिले आङ्खनो घरजस्तो लाग्छ उसलाई । बितेका केही वर्षयता ह्विलचियरमा टु“डिखेल फन्का लगाइरहेको ऊ वीर अस्पतालअगाडि पुगेपछि मुसुक्क हा“स्छ । त्यही“बाट हो, उसले फेरि बा“च्न सिकेको । त्यही“का कर्मचारी र चिकित्सकको पहलमा उसले ह्विलचियर पायो । अभिनेता राजेश हमालका भाइ राकेश हमालले उसलाई ह्विलचियर मिलाइदिएका रे । पछि पाएको ह्विलचियर चैं अमेरिकाको सहयोगबाट होे ।
टेकुमा रहेको आलिसान अम्बे कम्प्लेक्सको भ¥याङमुनि उसको ‘गु“ड’ छ । कम्प्लेक्समा दिनभरि करोडौंको कारोबार चलिरहन्छ र सा“झ परेपछि भने त्यसको भ¥याङमुनि छत्रबहादुरले दिउ“सो कमाएको ५०÷६० रुपिया“को गन्ती । पत्रिका बेचेको पैसाले बेलुका ऊ ३० रुपिया“को आधा प्लेट भात खान्छ र रात ओढेर निदाउ“छ । बिहान ४ बजे उठेर पूजाआजा सक्छ । अनि ह्विलचियर हा“क्दै पत्रिका बेच्न भद्रकाली र सहिदगेटको सडकमा प्रदर्शित हुन्छ । अहिले त ऊस“ग मान्छे जोख्ने मेसिन पनि छ, त्यसबाट पनि दुई÷चार पैसा उठ्छ । मेसिनले मान्छेको तौल जोखे पनि भावना जोख्न सक्दैन । आफूलाई जोखाएर पा“च रुपिया“ तिर्न बार्गेनिङ गर्ने पनि आउ“छन् । उसको ह्विलचियरभरि पत्रिका किनेर सहयोग गरिदिन आग्रह गरिएको सूचनाको लिखत छ । एउटा सुकिलो केटो आएर पत्रिका माग्यो, पत्रिकाको बढेको दाम सुनाएपछि उसले त्यो फिर्ता ग¥यो । उसले भन्यो–‘सहयोग गर्न हैन, चाहेर किन्छ मान्छे पत्रिका ।’ पत्रिकाको भाउ बढेपछि पत्रिकाको बजार पनि घट्यो । दिनभरि ५०÷६० रुपिया“ कमाउन पनि गाह्रो छ उसलाई । त्यही पैसाले पु¥याएर खानु छ उसले ।
दुई छोरा आङ्खनै हिसाबले जिन्दगी बा“च्छन् । तिघ्रा लागेपछि आ–आङ्खना स्वास्नी च्यापेर लाखापाखा लागे, कहा“ बस्छन्, उसलाई थाहा छैन । एक दिन कान्छो छोरो आएको थियो अघिल्तिर पर्न । देख्नासाथ उसले लौरो उजायो । छोरो कुलेलम ठोक्यो र फर्केर आएन । उसलाई अब छोराहरूको माया पनि छैन, कसैले पाल्ला भन्ने पनि छैन । उसलाई अब माया यिनै बटुवाकै लाग्छ, जसले उसलाई पत्रिका किनिदिएर पालेका छन् । माया यिनै सडकको लाग्छ जहा“ आङ्खनो ह्विलचियरमा जिन्दगी हि“डाउनु छ । स्कुटर चढेर देश घुम्न रहर छ उसलाई । त्रिपुरेश्वरका कुनै भलाद्मीले उसलाई स्कुटर किनिदि“दै छन् भन्ने उसले सुनेको हो । संविधानसभाको चुनावमा भोट हाल्न ऊ पनि यही देशको नागरिकता बोकेर गाउ“ गएको थियो । आस मारेको छ उसले सबैस“ग अहिले । उसको अगाडिबाट धेरै जुलुस हि“डे, धेरै नारा बजे, धेरै सपना देखाइए । आङ्खनै शरीरमा स“गै रहेको गोडा त आङ्खनो भएन उसलाई अब ती जुलुस, नारा अनि सपना कसरी आङ्खनो ठान्ने ?

प्रतिक्रिया