जीवन हार्नेको नाम‘पागल’

 

लगनखेलस्थित मानसिक अस्पतालमा लमजुङका सुजित लामा र हेरचाहमा उनकी दिदी । तस्बिरः ज्ञानेन्द्र कार्की

उमेर पुगेका बूढाबूढी, युवा र अधबैसेहरू आङ्खनै तालमा बरालिदै छन् । केही सोच्छन्, केहीबेर गम्छन् अनि अनायासै चर्को अट्टहास गर्न थाल्छन् । कोहीचाहि रोमान्टिक कालको भावुक कविजस्तो एकान्तमा सोचमग्न मुद्रामा छन् । यी सर्वसुलभ मानवीय क्रियाकलाप नै हुन् तर सिलसिलेवार रूपमा प्रस्तुत नहुदा उनीहरूलाई मानसिक रोगी भन्ने गरिन्छ । आङ्खनो क्रियाकलापलाई आङ्खनै दिमागबाट उपयुक्त ढंगले निर्देशन दिन असफल मानिसहरूको जमात † दिमाग ‘फ्रेस’ रहेकोमा फुर्ती गरिरहेको म उनीहरूलाई नियालिरहेछु, लगनखेलस्थित मानसिक अस्पतालको चउरमा उभिएर ।
अस्पतालको १२ नम्बर बेडमा भेटिए लम्जुङका सुजित लामा, जो ०५९ देखि मानसिक रोगको फन्दामा परे । उनको कथा आमनेपालीको जस्तै छ । जीवनको पछिल्लो प्लटचाहि बडो दुःखी । पेटका दुःख, राजनीतिका उत्पीडन र यौन असन्तुलनका नाजुक नशाहरू दिमागसम्म पुग्छन् । प्रकृतिका शाश्वत सत्यहरूको पछि लाग्दै जादा मानिस समाजले खडा गरेका ढोङहरूसग जुध्न पुग्छ र त्यहीबाट सुरु हुन्छ सत्यको सामना । यही विन्दुमा आएर जित्ने दार्शनिक बन्छ र हार्नेले पागलको उपाधि पाउ“छ । हतियार प्रयोग गरेर जसले जित्यो, ऊ नया इतिहासको नया बादशाह बन्यो र जो हतियारको उत्पीडनमा प¥यो, ऊ पागल भयो । बितेको दशक ‘जनवादी’ दर्शनमा चलेको माओवादीको बन्दुक होस् या राज्यको सम्प्रभू जोगाउने नाममा चलेका बन्दुक हुन् तिनले पेट भर्न धौधौ पर्ने गरिबहरूलाई नै पागल बनायो ।
गाउका सामान्य किसान सुजित लामा आङ्खनो पेसामा सफल थिए भन्नुपर्छ । तर, माओवादी विद्रोह (कथित जनयुद्ध) ले उनको जीवनको उर्बर काललाई बाझो तुल्याइदियो, सगसगै दिमागको ‘स्टेट’ ध्वस्त गरिदियो । आफैलाई चिन्ने गरी उनले होस सम्हाल्न सकेका क्षण नगण्य मात्रै हुन्छन् । घर बताउदै थिए– ‘त्यहा पीपलको चौतारी छ नि, त्यही माथि बारीको पाटो छ र बा“सघारीनेरै मेरो घर छ ।’ एउटा अस्पष्ट अनि बेहोस उत्तर । निकैबेर सम्झेपछि मात्रै उनले आङ्खनो घर ‘लमजुङ’ बताउन सके ।
सेना आइपुग्दा माओवादी अन्तै कतै गइसक्थे, सरकारी सेना सुजितको घर घेर्न आइपुग्थ्यो । दिनभरि ‘माओवादी’ सिकार खोज्दा पनि नभेटेपछि सेनाले सुजितलाई ‘सुराकी’ को आरोप लगायो । ‘त माओवादी होस्’ भन्दै जथाभावी हान्न थाल्यो, बासको लौरो, बुट अनि बन्दुकको कुन्दाले । बेहोस भएपछि घिसार्दै राति बेसीसहर ल्याइपु¥यायो, ३ महिना जेलमा सडायो । ‘त“लाई अहिले काट्छु, मार्छु, खान्छु भन्थ्यो सेनाले,’ उनी भक्कानिन्छन् । यसरी दुईपटक उनले सेनाको आवेग र उत्तेजनाको शिकार हुनुप¥यो । उनी निराश र विरक्त हुन थाले । जिउ दुख्ने, निद्रा नलाग्ने, लागिहाले पनि सेनाले कुटेका डरलाग्दा सपना देख्न थाले । डर र पीडा शरीरबाट दिमागमा पुग्यो अनि स्मरणशक्ति ख्वाप्लाक्कै पारिदियो । ‘सद्दे’ समाजले उनलाई नया नाम दियो–‘बौलाहा’ । ०५९ यताको उनको नया परिचय ।
‘मेरो कपाल पाकेछ, के भएको सर मलाई ?’ उनी बर्बराउ“दै थिए, ‘पहिले त मेरो घाटीको फोक्सो पनि बिग्रेको थियो ।’ प्राइभेट अस्पतालमा थुप्रैपटक उपचार गराउ“दा भएभरको सम्पत्ति सकियो । उपचारका लागि दुई वर्षदेखि काठमाडौंमा छन् । र, अहिले सरकारी अस्पतालमा पछारिन आइपुगेका छन् । भन्न मन लागेको कुरा भन्न सक्दैनन् । श्रीमती गाउ“मा एक्लै छिन्, मुर्दाघाटजस्तो घर कुरेर बसेकी । ६ र ८ वर्षका एक छोरा र एक छोरीे काठमाडौंमै बस्छन्, दिदीकहा“ । उनलाई मानसिक अस्पताल पनि एक महिनाअघि उनै दिदीले ल्याएकी हुन् ।
दिदीले ल्याएको स्याउसग साह्रै रिसाए उनी । हातले हानेर फुटाउन खोजे, फुटेन । हेपेजस्तो लागेछ क्यारे । स्वादले भुइमा पछारे । टुक्राटुक्रा भयो । अब उनी केही खुसी छन्, स्याउलाई पराजित गर्न सकेकोमा । टिपेर टोक्न थाले । उनलाई लाहुरे बन्ने इच्छा रहेछ, आमाले दिइनछन् । ‘लाहुरे भएको भए यातना खानुपर्दैनथ्यो, बरु पहिल्यै मरिन्थ्यो कि ?’ उनी घोरिन्छन् । आइएपछि उनको पढाइले पनि विश्राम पायो ।

झापा दमकका २९ वर्षे रमेश शर्माको चाहि तनावले ‘मगज बिग्रेको’ रे । उनी पा“च महिनादेखि मानसिक अस्पताल कुरिरहेका छन् । पहिले ‘टुरिज्म’ क्षेत्रमा काम गर्थे रे । काममा रमाइरहेकै बेला एकाएक झनक्क रिसाउने, आङ्खना सबै कुरा बिर्सने रोग लाग्यो । मास्टर्स गर्दै गरेका उनले थेसिस बुझाउने बेला त मन पूरै असन्तुलित भयो । ‘मेमोरी पावरमा समस्या आयो,’ उनी भन्छन् । उनी एकाएक टोलाउने र सोचिरहने गर्न थाले । परिवार तथा समाजबाट एक्लिदै गए ।
अरूप्रति अविश्वास र शंका गर्ने स्वभाव बढ्दै गयो र अरूले Èड्यन्त्र गर्दै आङ्खनो पिछा गरेको आभास हुनथाल्यो । मित्रमण्डली साघुिरदै गयो । घरभित्र पनि उनले अरूको वास्ता गर्न छाडे । झर्किने तथा तिलको गेडालाई पहाड बनाउने बानी बस्यो । फिल्म हेर्ने, पुस्तक पढ्ने रुचिहरू एकाएक परिवर्तन भए । शर्माले आफूलाई चारैतर्फबाट समस्याले घेरेको महसुस गर्न थाले । जहा पुगे पनि उनको रोग पत्ता लागेन । एकजना चिकित्सकले उनलाई मानसिक अस्पताल वा मानसिक रोग विशेÈज्ञकहा“ जान सल्लाह दिए । त्यसपछि उनमा चिकित्सकप्रतिको विश्वास पनि समाप्त भयो । ‘म पागल छु र मानसिक विशेÈज्ञलाई देखाउने ?’ उनले अपमानित महसुस गरे । लगातारको एक्लोपना, निराशा र बेचैनीका कारण अन्ततः उनी मानसिक अस्पताल आइपुगे । ‘अब निको हुन लाग्योे, एक हप्तापछि घर जान्छु,’ उनका अनुहारमा खुसीका रेखा दौडिए ।

यस अस्पतालका यी बिरामीको समान निष्कर्ष छ– तनाब, गरिबी र मृत्यु भएको सपना । ‘साला, रोग पनि गरिबलाई मात्रै लाग्नुपर्ने ?’ आफन्त गुम्दा, विपत्तिले घेर्दा मान्छे हतास हुन्छ र कालान्तरमा त्यही कुराले पागलपन निम्त्याउछ । सामान्य भाषामा टाउकाको खोपिल्टाभित्र हुने गिदी र शरीरभरि फैलिएको स्नायु नसाले संकलन गर्ने सूचनाको संग्रह नै मन हो र यही बिग्रेपछि मान्छे ‘पागल’ हुन्छ ।
त्यसो भए महाकवि देवकोटाले व्याख्या गरेको पागलपनचाहि“ कस्तो हो त ? के बिग्रिएकै दिमागले उनले त्यति राम्रा सिर्जना गरेका हुन् त ? जे होस्, यी पागलचाहि“ उनीभन्दा निकै फरक छन् । तलब पाएकै दिन अरूलाई बा“ड्दै हि“ड्ने मानिस अहिले पागल होइन, उदार कहलाउ“छ । तैपनि, महाकविलाई किन रा“चीसम्म पु¥याइयो ? त्यसबेला पाटनमा मानसिक अस्पताल भएको भए यही चउरमा उनको अर्को एउटा काव्य–रचना उम्रिन्थ्यो होला । खैर, त्यही तोडमा उनले संवत् २००० को दशकमा ‘पागल’ कविता लेखे ।
िि
िसाठी वर्ष पुगेकी ती बिधवा बूढीलाई काम छुटेको अवस्थामा आधा वर्षअघि पशुपतिमा देखेको थिए“ । उनी बर्बराइरहेकी थिइन् । त्यो बर्बराहटमा घटनाको वर्णन थियो– कसरी घरका जहानहरूले उनलाई बहुलाई ठाने । म सूर्य चुरोटको खोलमा धमाधम टिप्न थाले“ । बूढी बर्बराएकी बर्बरायै छिन्– ‘तिमी कहा“ छौ छोरा ? किन आउ“दैनौ ? मेरो होस् कहा“ उड्यो कहा“ ? मैले तिम्रो बाबाले दिएको सुनको औ“ठी कहा“ राखे“े कहा“ ? पटक्कै सम्झन्न“ ।’
बूढीको मनस्थिति एक्कासि बदलियो, होसमा आइछिन् क्यारे ! चुरोटको खोलमा लेखिएका क्रियाकलाप सुनाउ“दा उनी आश्चर्यमा परिन् । भन्दै थिइन्– आधा घन्टाभित्र के भयो, ज्ञान पटक्कै छैन ।’ सिर्फ उनलाई शरीर दुखेको अनुभव भइरहेथ्यो रे । निधारमा चिटचिट पसिना आएको थियो ।
मैले उनलाई ‘तपाईं औ“ठी हराएको कुरा गर्दै हुनुहुन्थ्यो’ भने“ । उनले भनिन्– ‘हो, पा“च वर्षअघि मेरो श्रीमान्को अन्तिम चिनो औ“ठी हराएको थियो तर तपाईंलाई यो कसरी थाहा भयो ?’ दिमागले सन्तुलन छाडेकी बूढीलाई उत्तर फर्काउनुको अर्थ पनि के र ! के त्यस्तो घटना भयो, जसले उनलाई बितेको याद बल्झाइदियो ? त्यसपछि के भयो ? उनी कहा“ पुगिन् केही थाहा भएन । अचानक उनलाई दुई महिनाअघि मानसिक अस्पतालमा भेटेको थिए“ । त्यसबेला उनी सामान्य अवस्थामा थिइन्, ‘मेरो श्रीमान्को पा“चौ“ बर्खान्त छ, आउनुस् है ।’ उनी अहिले घरमा छिन्, सामान्य जिन्दगीमा फर्किएपछि उनको जीवनमा बहार आएको छ ।
मेरो मनमा एकाएक एउटा विचार आयो । कोही मानिस जन्मदेखि बौलाहा हुन्छन्, कोही उमेर पुग्दै गएपछि बहुला बन्दै जा“दा रहेछन् । तर, पहिलो र दोस्रो दुवैमा कुनै पनि ज्ञान हु“दैन ।
िि
िएउटा निर्वस्त्र युवक एउटा पाइन्ट हातमा बोकेर भु“इतर्फ हेर्दै हि“ड्दै थियो, अनुहारभरि फोहोर अनि अस्तव्यस्त कपाल । ऊ पनि मानसिक रोगी । युवा उमेरको यो मान्छे को होला, अनि किन यस्तो भयो ? दोलखा जिरी बजारमा एक वर्षअघि भेटिएको उसलाई मान्छेहरू उपहासपूर्ण नजरले हेर्दै थिए । उसलाई के पीर परेको होला ? उस“ग कुरा गर्न खोजे“ । अनेक प्रश्न गर्दा पनि ऊ पग्लिएन । सोधे“– भोक लागेको छ ?’ ‘भोक’ भन्नेबित्तिकै उसको अनुहारको भाव बदलियो । मैले झोलाबाट दुई प्याकेट चाउचाउ झिके“ । उसले टाउको हल्लायो ‘खाने’को स्वीकृतिमा । ओहो ! मान्छे भोकले पनि बौलाउ“दो रहेछ । पेटको तार मस्तिष्कस“ग जोडिएको हुन्छ ? बिजुलीझै“ दिमागमा प्रश्नको एक झिल्को उठ्यो, म आफै“ समाजले बौलाहा सावित गरेकाहरूस“ग संवादमा जुटिरहेको छु पेटकै लागि । पेटको गणितमा अंक थप्न सक्रिय म आफै“ पागलको परिचयबाट उन्मुक्तिका लागि कथित पागलहरूस“ग कुरा गरिरहेको छु । धेरै वस्त्र र आभूषण पहिरिएर पनि कृत्यले म कुनै बेला लजाइरहेको हुन्छु । तर, निर्वस्त्र हुनुमा उसलाई कुनै लज्जाबोध छैन, यही नै उसको पागलपनको संकेत हो । ऊजस्तै नांगिएर मन्दिरका टु“डालमा झुन्डिएका दैवीप्रतीक काष्ठकलाचा“हि पूजनीय मानिन्छन् । शिवरात्रिमा पशुपति भित्रिने नांगा बाबाको महिमा पनि अपरम्पार छ । नांगालाई पूजा गर्ने अनि नांगालाई नै तिरस्कार गर्ने यो मनोवृत्ति नै के हो, के हो ?
मानसिक अस्पतालमा भेटिएकाहरूको हरेकका आङ्खनै कथा आङ्खनै व्यथा छन् । अस्पताल पुग्न नपाएका वा नपुगेका मानसिक रोगीको संख्या कति होला ? मानसिक अस्पतालबाहिर निस्क“दा देखे“ बाटैभरि आफूलाई ‘सद्दे’ भनाउ“दा मानसिक रोगी नै यताउता दौडिरहेका छन् । आफै“ले चुनेको संविधानसभाबाट संविधान पाउन असफल सबै पागल बन्ने छा“ट छ । त्यतिबेला सम्पूर्ण देश एक विशाल पागलखानामा फेरिनेछ । महाकवि देवकोटा भन्छन् ः
जरुर साथी म पागल †
यस्तै छ मेरो हाल ।
म शब्दलाई देख्दछु †
दृश्यलाई सुन्दछु †
बासनालाई संवाद लिन्छु ।
आकाशभन्दा पातालका कुरालाई छुन्छु ।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन †

प्रतिक्रिया