होचाहरूको बीचमा

जन्मिदा त अरू जस्तै थिए होला तर जति हुर्किंदै गए, उत्ति नै होचिदै गए म । सगै खेल्ने साथीहरू हेर्दाहेर्दै वर्षैपिच्छे अग्लाअग्ला देखिदै जान्थे । म भने हरेक वर्ष त्यत्राको त्यत्रै । आमाले खुट्टामा तेल लगाइदिदै गर्दा पिडुला छामेर भन्नुहुन्थ्यो– ‘यो नबढ्ने नै रहेछ, यी हेर त यसका पिडुला गाठो परेका ।’ पिडुला गाठो परेपछि मान्छे नबढ्ने रहेछ भनेर सुनेदेखि म पनि चिहाइचिहाइ साथीहरूका पिडुला हेर्थे– तिनीहरूका पिडुला सुलुत्त परेका हुन्थे । आङ्खनाचाहि छाम्यो लोहोरोजस्ता । कहिलेकाही सपनामा देख्थे मेरा पिडुला त हेर्दाहेर्दै सुलुत्त भएर तन्किदा रै’छन् रे । ब्यूझन्छु गाठाका गाठै ।
दिदीबहिनी सबैले फुत्तफुत्त नाघ्दै गए मलाई । उकालो चढ्न नसक्ने यात्रुलाई पछिल्लाहरूले छोड्दै अघि बढेझै बढिरहे विस्तारै उनीहरू पनि । साना थिए हातका नारी । बुबासग चिन्हा हेराउन आउनेहरूका छेउमा टुसुक्क बसेर तिनीहरूको चिन्हाको फल सुनिरहन्थे । आङ्खनै सुरमा मेरा साना नारी हत्केलाले खेलाउदै कसैले भन्थे– ‘हेर † कत्ति सानो रै’छ यसको नारी पनि । कसरी गरिखाला है पछाडि यसले ।’ छेउमै बस्नुभएकी आमाले भन्नुहुन्थ्यो– ‘यो जन्मिदा पनि सानो थियो । पछिसम्म बेर्नु निस्कन्थ्यो । केही खादैन । पढ्न भनेपछि हुरुक्क हुन्छ । जतिबेला पनि जे भेटे पनि अक्षर देखेपछि पढिरहन्छ ।’ मेरो हात समात्नेले भनिन्– ‘यस्तै हुन्छन् कति भूरा । हाम्री जेठी छोरीको छोरो पनि यस्तै छ । पटक्कै केही खादैन । पढ्न भनेपछि हुरुक्क ।’ पढ्नु राम्रो रै’छ थोरै खायो भने झन् पढिने रहेछ जस्तो बुझे“ मैले । अनि, झन्झन् जानीजानी थोरथोरै खाने गर्थें ।
साथीहरू जति अग्लिदै गए म उति नै होचिदै रहे । अनि, साथीहरू माया गर्दै, जिस्क्याउदै भन्थे– ‘कान्छा होचो छ, कान्छा सानो छ ।’ मलाई यो होचो हुनु र सानो हुनु पनि राम्रै जस्तो लाग्न थाल्यो । यही कारणले पनि मैले कैयौ सुविधाहरू पाएको छु । धेरैवर्षसम्म बसमा भाडा लागेन । लुगाफाटो किन्दा खर्च थोरै । जादुचटक हेर्नुपर्‍यो भने अगाडि बस्न पाइने । फोटो खिच्दा पनि होचाहरूलाई अगाडि ठाउ सुरक्षित । मिनी वा माइक्रोबसमा यात्रा गर्न पनि सजिलो । उमेर बढ्दै गएपछि समकालीन केटीहरूले होचो भनेर हेप्थे, जिस्क्याउथे । भीडमा थिचिने डर । टाढाबाट हेर्नुपर्ने कुरा अग्लाहरूबाट सधै छेलिनुपर्ने । देख्थे– अग्लोको व्यक्तित्व नै फरक, आकर्षक । लुगा पनि सुहाउने, हिडाइको फड्का पनि लामो, अगाडिकालाई प्रभावित गर्न पनि सजिलो ।
होचो र अग्लो प्राकृतिक कुरा हुन् । यी न हासोका विषय हुन् न हीनताका । तैपनि, आङ्खनो शरीरको बनावटसग मानिसको मनोविज्ञानले ठूलो काम गरेको हुन्छ । ज्ञान एकातिर, मनोग्रन्थी अर्काेतिर भइरहेका हुन्छन् । जति नै बुद्धिमान र ज्ञानी भए पनि हरेक मान्छे आ–आङ्खनै ग्रन्थीले ग्रस्त हुन्छ नै । रूप नै मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो । पहिला देखिने कुरा रूप नै हो । विस्तारै घनिष्टता बढ्दै गएमा मात्र उसका गुणका आधारमा सम्बन्धमा पुनर्विचार हुन सक्दछ । सुन्दर हुन वा अरूद्वारा प्रशंसित हुन जसलाई पनि मन लाग्छ । त्यसकै निम्ति मानिसले आङ्खनो आम्दानीको अधिकांश भाग खर्च गरिरहेको हुन्छ । शरीरसग जोडिएर आउने अनेक विचार, चेतना र संवेगहरू नै मानिसका जीवनआधार हुन्छन् ।
मानिसले आङ्खना कमजोरीलाई थिच्न आफै भित्रबाट नया नया सीपहरूको विकास गर्दछ । नसोचिएका, नदेखिएका र अनुमानै नगरिएका गुणहरू नपत्याउदो मानिसभित्र उत्पन्न हुन्छन् । अन्धाहरूको स्मरण शक्ति, बहिराहरूको इसारा बुझ्ने शक्ति, लुलाहरूको बसीबसी अनेक काम गर्ने शक्ति, उसभित्रबाट उत्पन्न वैकल्पिक क्षमता हो । कुनै एकपक्ष कमजोर भएको व्यक्तिमा अर्काेपक्षको चामत्कारिक विकास भइरहेको हुन्छ ।
म सानो, लुते र कमजोर थिए । सानैदेखि मेरो एउटा खुट्टो अर्काेभन्दा केही लुलो थियो, त्यसैले म दौडिन, उफ्रिन र खेल्न सक्दिनथे । म बसेर खेलिने चेस, लुडो, क्यारेम बोर्ड आदिहरू खेल्थे र राम्रो जान्दथे पनि । त्यसो त मैले संगीत र कलाको क्षेत्रमा पनि विकास गर्दाे हु तर घरको दयनीय आर्थिक अवस्थाका कारणले होला त्यसका लागि चाहिने बाजागाजा र क्यान्भास, रंगकुचीको प्रबन्ध हुन सकेन । अनि, म विस्तारै कागजमा पेन्सिल र डटपेनले मनका कुराहरू कोर्न थाले । अरू साथीहरू खेलेर सिल्ड कपहरू जित्थे म कविता सुनाएर खाता, कलमहरू जित्थे ।
विस्तारै मलाई आफू होचो भएको कुराले खासै प्रभावित गर्न छोड्यो किनभने एकदिन मैले थाहा पाए, म त मेरी आमाभन्दा अग्लो रै’छु । धेरै ठूली ठानेकी मेरी आमा त मभन्दा नि होची पो रै’छिन् । अनि थाहा नपाई म अरूसग दाजिन थाले । यसो गर्दै जादा बुझ्दै गए मलाई होचो भन्ने केटीहरूभन्दा पनि मै अग्लो हुदो रै’छु । बुझ्दै गए मानिसको लुगा कपडाले पनि हेर्दा अग्लो होचो देखिदोरहेछ । यो शरीरको अग्लो होचोको मानसिक दबाबबाट मुक्त हुदै गएपछि विस्तारै मलाई आङ्खनो उचाइमा बेग्लै प्रकारको गर्व लाग्न थाल्यो । मैले यही उचाइ पाएकाले म लेखक हुन सके, अरूको माया पाउन सके । जहा पनि सजिलै प्रवेश पाउन सके र अनुभवहरू भेला गर्न सके ।
काका स्व. एसएल शर्माले प्रायः मलाई भनिरहनुहुन्थ्यो– ‘आजसम्म मलाई कसैले निहुर्‍याउन सकेको थिएन, तैले लुरुक्कै पार्छस् सधै ।’ उहा निकै अग्लो हुनुहुन्थ्यो । झापाका थोरै अग्ला व्यक्तिहरूमा एसएल शर्मा पर्नुहुन्थ्यो । त्यसो त उहाका छोरा शलभ पनि अग्लै हुनुहुन्छ । जब म उहाको छेउमा गएर उभिन्थे, उहाले मलाई हेर्न निहुरिनुपथ्र्यो । उहाको यो कुरा सुनेर वरिपरिका हास्थे । उहाको त्यो कुरा सुनेपछि ममा एकप्रकारको रमाइलो गर्व भरियो । अनि, म नजानि“दो पाराले अचेल पनि अग्लाहरूको छेउमा पुगेर उभिइदिन्छु । अनि, उनीहरू बाध्य भएर मेरा अघि निहुरिइरहेका हुन्छन् । अरूलाई आफूसग सजिलै झुकाउन सकिने यो शक्ति के रामशरण महत, केशवकुमार बुढाथोकी, राधाकृष्ण मैनाली, विष्णुविभु घिमिरे, राजेन्द्र शलभ, नारायण वाग्लेहरूसग होला ?
होचो भएपछि आफूले कहिल्यै तल हेर्नु नपर्ने रहेछ, सधै माथितिर मात्र हेर्नुपर्ने । त्यसो त आध्यात्मिकहरू प्रायः सबैले माथि हेर्नु, उत्तरोत्तर हेर्नु नै भन्छन् । उनीहरूको विचारमा स्वर्ग, बैकुण्ठ सबै माथि नै हुन्छ । भौतिक कुरा गर्दा पनि प्रायः महŒवपूर्ण कुराहरू माथि नै हुन्छन् । जून, तारा, सूर्यहरू माथि नै छन्, वायुमण्डलमाथि नै छ, हिमाल माथि नै छ, प्लेन उड्ने बाटो माथि नै छ । माथि नै थिए अस्तिसम्म राजा, अहिले राष्ट्रपति माथि नै छन् । मन्त्री, सचिव, सरकार सब माथि नै हुन्छ । माथि नै बस्छन् घर मालिकहरू, माथिबाटै बोलेको मात्र सुन्छन् सबैले ।
सबैको प्रयत्न हुन्छ माथि पुग्ने । माथिको आकर्षणले प्रायः सबैले तलकालाई कुल्चिरहेका हुन्छन् । तलकाको ढाडमा नटेकी माथि पुग्न कोही सक्दैन । पैसाले, बलले, ज्ञानले, आवाजले, हतियारले जेसुकैले भए पनि तलकालाई दबाएर माथि पुग्ने यस प्रतिस्पर्धामा म मात्र तल बसिरहने के कुरा थियो त । सायद त्यसैले मैले पनि माथि पुग्न, माथिको भएर देखिन कैयौ तलकाहरूलाई टेके होला । नजानेर त जसले पनि टेक्न सक्छ तर जानीजानी पनि त नटेकी कहा हुन्छ । कसकसलाई कहिलेकहिले कहाकहा टेक्दै म यहासम्म आइपुगे भन्ने मलाई भन्दा बढी कसलाई थाहा होला र † अरूबाट आफू हेपिएको, थिचिएको, भनिरहदा के मबाट अरूहरू हेपिएका, थिचिएका, मिचिएका थिएनन् ? मैले कृषि विकास बैंकको आयोगमा आफूलाई पास गराउदा कुनै अर्काे अज्ञात एकजना मबाट थिचिएको थिएन ? म आनन्दसग माइक्रोबसको सिटमा बसिरहेका बेला अरू कुनै एकजना कुप्रिएर उभिइरहेको हुदैन ? मेरो पुस्तक सजिलै प्रकाशित भइरहेका बेला अर्काे कुनै राम्रो लेखक प्रकाशकको अभावमा कुण्ठित भइरहेको छैन ? मैले प्रत्येक क्षण कुनै अज्ञात एकजनाको हरेक सुविधा खोसिरहेको हुन्न ? म यहासम्म आउ“दा अर्काको बाटो नछेकी, उसलाई नअल्झाई आएको हुला त ?
म जागिरमा पस्दै अर्दलीभन्दा माथि थिए, अलिकपछि खरदारभन्दा माथि भए, फेरि सुब्बाभन्दा माथि भए । हेर्दाहेर्दै मलाई हेर्नेहरूकै नजर फरक परेका थिए । अस्ति भर्खर कसैले मलाई भन्यो– ‘तपाईं त अब धेरै माथि पुगिसक्नुभयो ।’ एकछिन टोलाएर उसलाई हेरे र सोचे– म खै कहा पुगे र ? के म पनि माथि पुगे त ? के मैले पनि तल देख्न छोडे त ? होचो, पुड्को, सानो देखिएको म अग्लिए त ? अग्लिनलाई के पिडुला तन्किनै पर्दैन त ? म चार फुट एघार इन्चको मान्छे पनि अग्लिए त ?
मलाई डर लागेको छ– साच्चै म अग्लिए भने र होचाहरूलाई देख्न छाडे भने म पनि के यो देशका नेताहरूजस्तै, कालाबजारी जस्तै, भ्रष्टाचारी र कमिसनखोर जस्तै हुन्न ? अस्तिसम्मको साह्रै होचो, मजस्तै होचिएका कैयौ कृष्णप्रसादहरूलाई नदेख्ने म कुनै हरामप्रसाद बन्दिन होला त ? तर, एउटा कुराले खुसी छु म कि संसारको सबैभन्दा होचो मान्छे पनि मेरै देशमा छ र ऊ अब संसारको सबभन्दा अग्लो भएको छ । अब लागेको छ अग्लो हुनलाई अग्लै हुनु नपर्दो रहेछ । अब होचाहरू आङ्खनै होचाइका कारण अग्लिन सक्ने रहेछन् । शरीरको होचो मात्र होइन, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक आदि कारणले दबाइएका होचाहरू अब आफै अग्लिन थालेका छन् । सबभन्दा अग्लो मानिएको दरबार नै होचिएपछि अब अरू कुन अग्लाहरू छन्, जसले अझै होच्याइरहलान् ? त्यसो त अग्लिन होडबाजी गर्ने कैयौ समकालीन होचाहरू नै छन् जो आज अग्लिएर टाक्सिदै गएका छन्, जसले अग्लिनु अघि भन्थे, ‘म अग्लिए भने तिमीहरू सबैलाई उचाल्नेछु तर आज उनीहरू एक्लै अग्लिएका छन् र सबको नजरमा होचिइरहेका छन् । हे अग्लोमा चढेर देखिएका होचाहरू † तिमी अझै पनि अग्लिन सक्छौ यदि तल हेर्‍यौ र तलका होचाहरूलाई माथि आउन हात दियौ भने नत्र लेप्चा भाइहरूले फुटाइदिएको हाडीको सिढीजस्तो ढल्नेछ तिम्रो अग्लाइको थुम्को । चित्त बुझेको छ आज मलाई कि अग्लो हुन पिडुला डल्लो परेर केही नहुने रहेछ । अग्लो हुन होचाहरूसगै हिडिरहनुपर्ने रहेछ र म हिडिरहेको छु होचाहरूकै बीचमा होचै भएर ।

प्रतिक्रिया