आमा बन्ने रहर

अभिनेत्रीहरुका रहर कस्ता हुन्छन् ? नयाँ ठाउँ घुम्ने, अझ सुन्दरी देखिने अथवा सुपरहिट फिल्म खेल्ने ? तर, अमेरिकी अभिनेत्री एवं मोडेल मिगान फक्सको रहर भने भिन्न छ । उनलाई आमा बन्न असाध्यै मन लागेको छ । ‘सेक्स सिम्बोल’ भनी चिनिने फाक्सले हालै साथीभाइसँग बच्चा पाउने इच्छा जाहेर गरेकी छिन् । पति ब्राइन अस्टिनसँग ठाककुक परेर अलग भएकी उनले पुनः ब्राइनसँगै जीवन बिताउने इच्छा व्यक्त गर्न चाहेकी छिन् । ब्राइनसँग मिलेर घर बसाई बच्चा पाउने रहरले उनलाई आजभोलि गाँजेको छ ।
सोचविचार नगरी काम गर्ने आरोप लागेकी फक्स अहिले निकै गम्भीर भएकी उनीनिकट स्रोतले जनाएको छ । ‘केही वर्षयता उनी परिपक्क हुँदै गएकी छन्  । त्यसैले घर बसाएर आमा बन्ने इच्छा उनमा पलाएको हो,’ स्रोतले भन्यो । सन् २००८ को सेप्टेम्बरमा उनले आफू उभयलिंगी भएको बताएर सनसनी मच्चाएकी थिइन् । १८ वर्षको छँदा एक युवतीसँग आफू आकषिर्त भएको र ती युवतीसँग शारीरिक सम्पर्क राख्ने प्रयास गरेको उनले बताएकी थिइन् ।

प्रतिक्रिया