‘सरसफाइ’मा मन्त्रीको ठट्यौली

काठमाडौं, १७ चैत । ‘…आदरणीय जनसमुदायहरू, नमस्कार ।’
स्थानीय विकास राज्यमन्त्री घनश्याम यादवले ड्यासमा उभिएर कुनै आमसभामा जस्तै गरी सम्बोधन गरेपछि हलमा हासो गुन्जियो । प्रसंग थियो काठमाडौं महानगरपालिकाले विशेष सरसफाइ अभियानबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रमको ।
१४ चैत, मध्याह्न साढे १२ बजेको थियो । राष्ट्रियसभा गृहको सानो हलमा ५० को हाराहारीमा पत्रकार भेला भएका थिए । स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझी, राज्यमन्त्री यादव, महानगरपालिकाका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीलगायत पनि सहभागी थिए ।
राज्यमन्त्री यादवले सरसफाइ अभियानबारे मन्तव्य दिन थाले । ‘सर भनेको टाउको (भोजपुरीमा टाउकालाई ‘सर’ भनिन्छ), सफाइ भनेको सफा गर्नु । यहा“का मान्छेको टाउकामै फोहोर छ, त्यसैले सबैभन्दा पहिले हामीले सोच्ने टाउकालाई सफा गर्नुपर्छ,’ यादवले भने । टाउकामा जमेको फोहोर हटाउने हो भने सबै ठीक हुने उनले बताए । यादवको मन्तव्य सुनेर फेरि हलमा हासोको पर्रा फुट्यो ।
उनले आङ्खनो मन्तव्यलाई जारी राखे । उनले भने, ‘यो राजधानी होइन, खारको खानी हो ।’ यादवको बुझाइमा काठमाडौं जे हो भन्ने थियो त्यस्तो होइन रहेछ । ‘हामी हाम्रो शरीरलाई मात्र सुन्दर बनाउन खोज्छां, सहर सफा बनाउन खोज्दैनां,’ विषयवस्तुमा प्रवेश गर्दै उनले भने, ‘हामी फोहोर गर्न मात्र निस्कन्छा, सफा गर्न निस्कदैना ।’ उनले पत्रकारहरू राज्यको चौथो अंग नभई पहिलो अंग नै भएको भन्नसमेत भ्याए ।
त्यसपछि मन्त्री रायमाझीको मन्तव्यको पालो आयो । उनले पनि पत्रकारलाई हसाए र काठमाडौंको फोहोर व्यवस्थापनको सवालमा व्यंग्य गरे । कोठामा लुकेर खाने, बाहिर देखाएर दिसा गर्ने प्रवृत्तिले काठमाडौं फोहोर भएको निष्कर्ष सुनाए उनले । उनले फोहोर गर्ने व्यक्तिलाई सुझाब दिदै भने, ‘अब बाहिर देखाएर खानुस्, लुकेर दिसा गर्ने बानी पार्नुस् ।’ भित्र भाडा माझेर फोहोर पानी सडकमा फाल्ने प्रवृत्ति देखेर उनी वाक्क भएका रहेछन् ।
काठमाडौंमा फोहोर व्यवस्थापन हुन नसक्नामा नीति अव्यावहारिक भएको उनको भनाइ थियो । ‘फोहोरलाई घरबाट सडकमा, सडकबाट बाग्मती–विष्णुमतीको तीरमा अनि त्यहाबाट ओखरपौवा पुर्‍याउछौ’ उनले भने, ‘सिधै घरबाट फोहोर उठाएर ओखरपौवा पुर्‍याउन किन सक्दैना ।’
उनले सडकमा गिटी, बालुवा र छड थुप्रो लगाइदिने परिपाटीप्रति पनि विरोध जनाए । उनले पत्रकारलाई नै सोध्न भ्याए, ‘अब तपाईंहरू नै भन्नुस्, सडकमा पानी फाल्न थालेपछि पिच सडक कति दिन टिक्छ ?’
मन्तव्यको अन्त्यमा मन्त्री रायमाझीले संक्रमणकालको फाइदा लिदै सबैले ‘पावर एक्सरसाइज’ गरिरहेको बताए । यस्तो बेला राम्रो काम गर्न गाह्रो रहेको उनको भनाइ थियो । तापनि आट गरे धेरै काम गर्न सकिने उनको ठम्याइ रहेछ । काठमाडौंमा मात्र होइन, देशभरि नै सरसफाइ अभियान सफल हुने दाबी गर्दै उनले सरसफाइ कार्यक्रम कल्पना नभई यथार्थ भएकाले अभियानमा जुट्न सबैलाई आग्रह गरे । र, अन्त्यमा उनले फेरि भने, ‘देखाएर खानुस्, लुकेर दिसा गर्नुस् (शौचालय प्रयोग गर्नुस्) ।’

प्रतिक्रिया