जीप दुर्घटनामा सातको मृत्यु

दाङ, १७ चैत । सल्यान जिल्लाको खैरवाङ मन्दिरको दर्शन गर्न गएका तिर्थयात्री चढेको जीप आज विहान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
ग १ च २७७० नम्वरको जीप बिहान साढे ८ बजे खलंगा–१ झाप्रा खोला नजिक सडकबाट अंदाजी १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा ७ यात्रुको मृत्यु भएको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ । दुर्घटनामा अन्य ८ यात्रु घाईते भएका छन् ।
मृत्यु हुनेमा सरकारी वकिलको कार्यालय दाङका सहन्यायाधिवक्ता मातृकाप्रसाद भण्डारी, सम्झना महर, तोरण कुवर, राधिका सेजवाल, मंगला खड्की, विशाल बस्नेत र खुमकुमारी खड्की रहेको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।
यसैबीच आज बिहान दाङको तुलसीपुरबाट रुकुमको चौरजहारीका लागि छुटेको ना २ ख ४९५५ नम्बरको यात्रुवाहक बस सल्यानको सल्लेखोला र टुनीबोट बिचमा दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् ।

प्रतिक्रिया