सेना समायोजनमा सहमति बनेको छ

काठमाडौं, १७ चैत । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले सेना समायोजन प्रक्रियामा पछिल्लो अवधिमा सहमति बनेको दाबी गरेका छन् । उनले एक दुई दिन भित्रै शान्ति प्रक्रिया अन्तर्गतको सेना समायोजनका काम सुरु हुने बताए ।

लाजिम्पाटस्थित आफ्नै निवासमा आज विहान नेपालका लागि अष्ट्रेलियाका राजदूत शुसन ग्रेससँगको भेटमा शान्ति प्रक्रिया र संविधान लेखन तोकिएकै समयमा पुरा हुने दोहराएका हुन् ।

अध्यक्ष दाहालले आफू शान्ति र संविधान बनाउने बिषयमा प्रतिवद्ध रहेको बताएको उनको निजी सचिवालयले जनाएको छ ।

नेपालको शान्ति प्रक्रिया अत्यन्तै मौलिक ढङगले अगाडी वढेको बताउँदै दाहालले त्यसलाई माओवादी अध्यक्ष हुनुका नाताले आफूले अत्यन्तै जिम्मेवारीका साथ लिएको बताए ।

प्रतिक्रिया