चीन, भारतको उदयले अमेरिकालाई असर गर्न नहुने

वासिङ्टन, १६ चैत । अमेरिकाका वरिष्ठ सिनेटर जोन म्याक्केनले अमेरिकालाई मार पर्ने गरी विश्व रङ्गमञ्चमा चीन, भारत र ब्राजिलको उदय हुन नहुने बताएका छन् । मेरिल्यान्डस्थित अमेरिकी नौसेना प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अमेरिकाले हासिल गरेका अवसर र विश्वभर रहेको उसको प्रभावमा चीन र भारतको उदयले धक्का लगाउन नहुनेमा उनल जोड दिए । ‘भूमण्डलीकरण, चीन, भारत र ब्राजिललगायत राष्ट्रले हासिल गरेको अभूतपूर्व आर्थिक विकास, चीनको बढ्दो राजनीतिक तथा सैन्य क्षमता, ऊर्जाका स्रोतमाथिको प्रतिस्पर्धा, सन् २००८ को वित्तीय संकट, आर्थिक मन्दी, अमेरिकाको बढ्दो राष्ट्रिय ऋण आदि कारण देखाई विश्वमा अमेरिकी प्रभाव र क्षमता घटिरहेको तर्क गर्ने क्रम बढेको जनाउदै उनले यसको खण्डन गरे । यावत् समस्याका बाबजुत अमेरिकाले विश्वमा आङ्खनो हैसियतलाई सशक्त बनाउदै लगेको दाबी उनले गरे । विश्वलाई नेतृत्व प्रदान गर्ने क्षमता अमेरिकास“ग मात्र रहेको उनको जिकिर थियो । ‘अमेरिकाले खेपिरहेका समस्या, विश्वभर देखा परिरहेको परिवर्तनको लहरका बाबजुत विश्वलाई नेतृत्व प्रदान गर्ने अब्बल क्षमता अमेरिकासग मात्रै छ भन्नेमा म विश्वस्त छु,’ उनले भने ।
विश्वका अधिकांश मानिसले अमेरिकाले विश्वलाई नेतृत्व प्रदान गरोस् भन्ने चाहेको उनले दाबी गरे । ‘त्यसैले अमेरिका र मानवताको भविष्य दुवैका लागि अमेरिकाले विश्वलाई नेतृत्व प्रदान गर्नु अपरिहार्य छ,’ उनले भने । अमेरिकाले सिरियामा आङ्खनो नेतृत्वदायी भूमिका लागू गर्न नसकेकामा उनले असन्तुष्टि व्यक्त गरे । ‘अरब जगत्मा निरङ्कुशताको अन्त्य गराउन खोज्ने धेरै मानिसको ज्यान जोखिममा छ । मैले त्यस्ता मानिससग कुरा गरेको छु ।
पुरानो शासनले शक्तिमा टासिइरहन लडाइ जारी राखेकाले अमेरिकाले आफूहरूलाई सहयोग गरोस् भन्ने उनीहरूको चाहना छ, मानवीय स्वतन्त्रतालाई कुण्ठित गराउने कोसिस जहासुकै भए त्यहाका जनताप्रति अमेरिकाले ऐक्यबद्धता जनाओस् भन्ने उनीहरूको चाहना रहेको मैले बुझेको छु,’ उनले भने । (एजेन्सी)

प्रतिक्रिया