बि्रक्स राष्ट्रले संयुक्त बैंक बनाउने

नयाँदिल्ली, १६ चैत । विश्वमा उदाउँदो अर्थतन्त्रका रुपमा चिनिएका पाँच राष्ट्र ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफि्रका काको समूह -बि्रक्स)ले संयुक्त विकास बैंक बनाउने विषयमा यो साता योजना सार्वजनिक गर्ने भएका छन् । समूहले संयुक्त सेयर बजार सूचक पनि सार्वजनिक गर्ने बताएको छ ।
‘यो नयाँ पहल कार्यान्वयन हुन समय भने धेरै  लाग्नेछ तर विश्वका आधा जनसंख्याको प्रतिनिधित्व गर्ने समूहले यसपटक भने नयाँ महत्वाकांक्षा लिएको हो ।’बि्रक्सबारे जानकार एक अधिकारीले भने । ती अधिकारीका अनुसार बि्रक्सको भारतमा भइरहेको सम्मेलनमा मध्यपूर्व र ऊर्जा सुरक्षाबारेमा पनि छलफल हुनेछ ।
उदीयमान राष्ट्रहरुको संक्षिप्त नाम बि्रक राख्ने काम सन् २००१ मा गोल्डम्यान सान्चका अर्थशास्त्री जिम ओनिलले गरेका थिए । ओनिलले उदीयमान राष्ट्रको विश्व आर्थिक वृद्धिमा प्रभुत्व जमाउने आकर्षक शब्द खोज्ने क्रममा सो शब्द जुराएका हुन् । दक्षिण अपि|mका सो समूहमा सन् २०१० मा आबद्ध भयो र समूहको संक्षिप्त नाम बि्रक्स रहन गयो ।
ती राष्ट्रले सन् २००९ मा पहिलो सम्मेलन गरेका थिए तर त्यतिबेला समूहको नाम जुराउनेबाहेक केही काम गर्न नसकेकाले तीव्र आलोचना सहनुपरेको थियो । चार भिन्न महादेशमा रहेर भिन्न अर्थतन्त्र, सरकारी प्रणाली र प्राथमिकतामा रहेका ती देशले समूहमा आबद्ध हुने साझा कारण खोज्न ठूलो संघर्ष गरे । यस साता ती देशका नेताहरुको भारतमा भएको बैठकले विश्व बैंकजस्तै संयुक्त विकास बैंक बनाउने योजना घोषणा गर्ने बताइएको छ । यस पहलले समूहमा आबद्ध मुलुकको पूर्वाधार सुधारका लागि स्रोत जुटाउने र विश्वआर्थिक मन्दीको समयमा समेत दीर्घकालीन ऋण प्रदान गर्न सक्ने गरी विकास गरिने जनाइएको छ ।
भारतका परराष्ट्रमन्त्री सुधिर व्यासले  बि्रक्सले बैंकको संरचना कस्तो हुने र कसरी पुँजी जुटाउने भन्ने विषय टुंगो लगाउनु पर्ने बताए । ‘यस्तो महत्वांकाक्षी परियोजनाले समय अवश्य लिनेछ’उनले भने,’हामी हरेक साधारण दिनमा बैंक स्थापना गरिरहेका हुने छैनौ ।’

प्रतिक्रिया