“युवालाई “प्लेटफर्म” दिइनुपर्छ”

उत्कृष्ट नतिजाका लागि बेलुका चार–पाच अनि बिहान एक–दुई घन्टा पढ्नैपर्छ । मैले २०६७ को बोर्ड फस्र्ट
(९४.२५) हुदा यस्तै निश्चित तालिका बनाएर पढेकी थिए । समयलाई चिन्न र व्यवस्थापन गर्न सकियो भने सफलता हात पर्छ नै । कुनै पनि सर्वोत्कृष्टताभित्रको सफलताको रहस्य भनेको समयको गति र त्यसको व्यवस्थापनलाई समात्न सक्ने खुबी नै हो ।
मुलुकमा विकासको क्रम सुरु भइसकेको छ । युवा यसमा सहभागी पनि भएका छन् । तर, धेरै युवासाथी त्यो क्रमभन्दा बाहिरै छन् । कतिपय समेटिएका छैनन् । कतिपय गलत बाटोमा पनि छन् । यो एक्काइसौ शताब्दीमा युवा केही गर्न चाहदैनन् भन्नु आफैमा हासउठ्दो कुरा होला । देशमा स्थिरता छैन । त्यसैले धेरै कुरा गर्न सकिरहेका छैनन् ।
युवा गलत बाटामा हिड्नुमा दोष उनीहरू स्वयंको मात्रै हो भन्ने म ठान्दिन । ठान्नु पनि हुन्न । उचित अवसरको अभाव, फिल्मको प्रभाव र अभिभावकको लापरबाही नै कारण हो जस्तो लाग्छ । आजका युवाले ‘प्लेटफर्म’ खोजिरहेका छन् । त्यो नपाउदा कतिपय गलत बाटामा पनि हिडेको अवस्था छ । आज हामी मिडिया, सभासम्मेलन र कार्यक्रममा बौद्धिक व्यक्तिहरूको कुरा देख्न, सुन्न र पढ्न पाउछौ । तर, युवाको धारणा, चाहना, योजना र विचार राख्ने कुनै ‘प्लेटफर्म’ बनिसकेको जस्तो मलाई लाग्दैन । युवा अपरिपक्व हुदैनन् । आधुनिक युवामा पछिल्ला उपकरण र प्रविधिको राम्रो ज्ञान छ । त्यसलाई प्रयोग गर्ने र खुबी देखाउने अवसर हामीलाई नेतृत्व गर्नेले देखाइदिनुपर्छ । अनि मात्र युवाको उत्साह बलियो हुन्छ ।
युवाले पनि बुजु्रक, पाका र बौद्धिक व्यक्तिले बोले÷भनेका कुराबाट राम्रो पक्षलाई समात्न सके भने हाम्रो ज्ञान र उहाहरूको अनुभवले जीवनलाई थप प्रगतिमा लैजान सकिन्छ । अहिले बेरोजगार युवा धेरै छन्, समय त्यसै खेर फालिरहेका छन् । यसो हुनामा हाम्रो शिक्षाप्रणाली पनि ठीक छैन कि जस्तो लाग्छ । पढेलेखेको युवा बेरोजगार हुनु भनेको ‘शिक्षा व्यावहारिक छैन’ भन्ने हो । हाम्रो शिक्षा ‘समान’ पनि छैन । जस्तो– म राजधानीको युनिभर्सल कलेजमा अध्ययन गर्छु । मैले चाहेको पुस्तक, प्रविधि पाउन उति अप्ठ्यारो छैन । योग्य शिक्षकको सहयोगमा शिक्षा लिन्छु । तर, बाजुरामा पढिरहेको मजस्तै साथीले समयमा किताब समेत पाउदैनन् । योग्य शिक्षक नहुन सक्छन् । प्रविधिसग देखभेट नै हुदैन । उनीहरूको र हाम्रो शिक्षामा आकाश–पातालको अन्तर हुन्छ । जुनसुकै अवसर वा लोकसेवामै गरिने प्रतिस्पर्धा भने सबैलाई समानै हुन्छ । कमजोर शैक्षिक वातावरणमा हुर्किएकाले त्यहा कसरी समान किसिमले प्रतिस्पर्धा गर्न सक्लान् र ? यस्तो असमान व्यवस्थाले धेरै युवालाई निराश बनाइदिएको हुनुपर्छ । यस्तो शिक्षाप्रणालीलाई कसरी समान भन्ने ? त्यसैले ‘समान र व्यावहारिक’ शिक्षा आजको ठूलो आवश्यकता हो ।
व्यावहारिक अनि समान शिक्षा भयो र काम गर्ने ‘प्लेटफर्म’ बन्यो भने नेपालका युवा आफू मात्रै प्रगतिको शिखर चढ्ने छैनन्, देशको अनुहार पनि फेर्नेछन् । किनकि हामीसग धेरै ‘रिसोर्सेज’ छ । जंगल छ । पानी छ । जडीबुटी छ । जनशक्ति छ । व्यवस्थापनको मात्रै खाचो हो । गाउ“को शिक्षालाई पनि आज अत्याधुनिक बन्दै गएको सहरको शिक्षाजस्तै बनाउन सकियो र युवालाई योग्यता सुहाउ“दो काम दिन सकियो भने विदेश जानुपर्ने बाध्यता रहने छैन । आज हामीजस्ता धेरै नेपाली युवाले विदेशमा गएर अरूको देश बनाइरहेका छन् । किन उनीहरूले हाम्रै देश बनाउन नपाउने ?
‘लिडिङ’ गर्नेले यो समस्याबारे सोचिदिनुपर्छ, बुझिदिनुपर्छ । शान्ति र संविधान बनाउछु भनेको समयमा नबनाएको देख्दा, सुन्दा दुःख लाग्छ । तर, कही न कही आशा भने छ, किनकि मानिसले जीवनमा सकारात्मक सोच राखिरहनुपर्छ । युवावर्गले त झनै सकारात्मक सोच राख्नुपर्छ तर देशलाई ‘लिड’ गर्नेले नै यसबारे बढी संवेदनशीलता राखिदिनुपर्ने हो,  उहाहरूको का“धमा ‘ओभरल’ देशले आशा गरेको छ । केही गर्न खोज्ने हामीजस्तो युवा पुस्तालाई अवसर दिनुपर्छ । पुरानो पुस्ता र नया पुस्ता सगसगै हिड्यो भने साच्चै देश बन्छ ।
प्रस्तुतिः शिवराज योगी

प्रतिक्रिया