सामान्य र किताबखाना बेखबर

काठमाडौ“, १६ चैत । अध्ययन तथा तालिमका लागि बिदेसिएका निजामती कर्मचारी कहा के गर्दै छन् भन्ने रेकर्ड सरकारसग छैन । सरकारसग त्यस्ता कर्मचारी स्वदेश फर्किएको रेकर्ड नहुदा निजामती सेवामै कति कर्मचारी कार्यरत छन् भन्ने यकिन विवरणसमेत छैन ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार अध्ययन तथा तालिमका नाममा बर्सेनि एक हजार दुई सयभन्दा बढी कर्मचारी विदेश जान्छन्, जसमा सयभन्दा बढी कर्मचारी सरकारी छात्रवृत्ति कोटामा विदेश पुग्छन् । मन्त्रालयको तथ्यांक हेर्दा हजारभन्दा बढी निजी खर्चमा विदेश पुग्छन् । कर्मचारी विदेश गएको वा स्वदेशमै रहेको विवरण राख्ने आधिकारिक निकाय सामान्य प्रशासन मन्त्रालय र निजामती किताबखाना हुन् । तर, यी दुवै निकायका अधिकारी सम्बन्धित मन्त्रालय वा विभागले त्यसबारे जानकारी नपठाएकाले विवरण नराखिएको बताउ“छन् ।
किताबखानाका महानिर्देशक श्रीराम केसीले आफूहरूस“ग त्यस्ता कर्मचारीको ‘एकमुष्ट’ तथ्यांक नरहेको बताए । ‘हामीसंग कर्मचारीको व्यक्तिगत विवरण भए पनि को कहा गएर के गर्दै छन् भन्ने जानकारी छैन,’ महानिर्देशक केसीले भने, ‘अध्ययन गर्न गएको जानकारी हुन्छ तर अध्ययन सकेर आए÷नआएको जानकारी हुदैन ।’
स्रँतका अनुसार सरकारसग सामान्य कर्मचारीको मात्र होइन, बिदेसिएका उच्च अधिकारीको रेकर्डसमेत छैन । ‘हामी कुन कर्मचारी कहा गएको छ भन्ने रेकर्ड खोज्दैनौ,’ केसीले भने, ‘प्राप्त विवरण मात्र हामीले राख्ने हो ।’ किताबखानाको रेकर्डले ७९ हजार दुई सय ७१ कर्मचारी कार्यरत रहेको देखाएको छ ।
किताबखानामा आधिकारिक तथ्यांक नहुदा विदेश पुगेका केही कर्मचारीले अवकाशपछि पनि तलब बुझिरहेको स्रोतको दाबी छ । ‘यस्तो समस्या स्वास्थ्य मन्त्रालयमा देखिएको छ,’ एक
अधिकारीले भने ।
सरकारले निजामती सेवामा लागेका कर्मचारीको स्तरवृद्धिका लागि छात्रवृत्ति कोटाअन्तर्गत अध्ययन तथा तालिमका लागि विदेश पठाउने गर्छ । त्यसका लागि योग्य कर्मचारी छनोट गर्न मुख्य सचिवको संयोजकत्वमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र सामान्यका सचिव सदस्य रहेको समिति छ । समितिले सिफारिस गरेका कर्मचारी मात्र छात्रवृत्ति कोटामा विदेश जान पाउछन् । बाकी निजी खर्चमा विदेश जान्छन् ।
बिदेसिएका कर्मचारीको रेकर्ड मन्त्रालयसग पनि नरहेको सामान्यका प्रवक्ता केवलप्रसाद भण्डारी बताउछन् । ‘रेकर्ड राख्ने सङ्खटवेयर निर्माण गर्दै छौ । सङ्खटवेयर बनेपछि सबै विवरण राख्छौ,’ प्रवक्ता भण्डारीले भने, ‘अहिले यसको विवरण सम्बन्धित मन्त्रालय वा विभागमा हुन सक्छ ।’ उनका अनुसार बिदामा बसेका वा अध्ययनका लागि बिदेसिएका कर्मचारीलाई सामान्यले जगेडामा राख्छ । आधिकारिक तथ्यांक नहुदा त्यस्ता कर्मचारीलाई जगेडामा राख्न सकिएको छैन ।
सामान्यकै उपसचिव मुरारी वस्ती अध्ययनका लागि विदेश गएका, बिदामा बसेका, जागिर छाडेकालगायत सबै कर्मचारीको विवरण संकलनमा कठिनाइ रहेको बताउछन् । उनले भने, ‘एउटा मन्त्रालयबाट अध्ययनका लागि गएका कर्मचारी फर्किएपछि कुन कार्यालयमा पोस्टिङ हुन्छ भन्ने जानकारी पाउनै मुस्किल छ ।’
माओवादी द्वन्द्वका समयमा अध्ययन बिदामा विदेश गएका धेरै कर्मचारी उतै पलायन भएका थिए । सामान्यका एक अधिकृतले भने, ‘त्यस्ता कर्मचारी विदेशमै राम्रो अवसर पाएपछि उतै पलायन भएका हुन सक्छन् ।’
कृषि तथा सहकारी मन्त्रालयका शाखा अधिकृत कृष्ण खनाल, श्याम महर्जन, कुलप्रसाद सापकोटालगायत सात वर्षअघि छात्रवृत्ति कोटामा नेदरल्यान्ड्स गएका थिए । उनीहरू फर्केको या नफर्केको कुनै विवरण छैन । वातावरण मन्त्रालयबाट दुई वर्षअघि एकवर्षे अध्ययन बिदामा नर्वे गएका शाखा अधिकृत कुलचन्द्र शर्मा अहिले कुन कार्यालयमा छन् भन्ने अत्तोपत्तो छैन । कृषि मन्त्रालयबाटै निजी खर्चमा अमेरिका गएका शाखा अधिकृत शिवराम पौडेल पनि उतै हराएको चार वर्ष भइसकेको छ । राष्ट्रिय योजना आयोग, वन, स्वास्थ्य, भूमिसुधार, वातावरण, कृषिलगायत मन्त्रालय र त्यसअन्तर्गतका कार्यालयका कर्मचारी बिदेसिनेमा बढी छन् । कर्मचारी छात्रवृत्ति कोटामा जापान, फिलिपिन्स, अमेरिका, स्विडेन, नेदरल्यान्ड्स, दक्षिण कोरिया, चीन, भारतलगायत मुलुक जाने गरेका छन् ।
छात्रवृत्ति कोटा तथा बेतलबी बिदा लिएर विदेश गएका कर्मचारी पुनः निजामती सेवामै फर्किएको कमै भेटिन्छ । फर्किएर आउनेमा भारत गएर अध्ययन गर्ने कर्मचारी मात्र पर्छन् । कर्मचारी नियमावलीअनुसार क्षमता अभिवृद्धि गर्न कुनै पनि कर्मचारी अध्ययनका लागि विदेश जान सक्छन् तर अध्ययन सकेको ९० दिनभित्र सम्बन्धित कार्यालयमै उपस्थित हुनुपर्छ । त्यस अवधिभित्र हाजिर नभए विभागीय कारबाहीस्वरूप सरकारी सेवाबाटै निकालिन्छ ।

प्रतिक्रिया