ब्वाइफ्रेन्डसित भाग्न अपहरणको नाटक

काठमाडौं, १६ चैत । महानगरीय प्रहरी वृत्त बानेश्वरमा बिहीबार दिउसो चार बजे एक महिला अत्तालिदै आइन् र आफ्नी छोरी अपहरणमा परेको उजुरी लेखाइन् । उनकी १५ वर्षीया छोरी अपहरणमा परेको शंका गर्ने प्रशस्त आधार थिए ।
‘दिदीलाई कालो सिसा भएको सेतो भ्यानमा हालेर दुईजना केटाले लिएर गए भन्नु है †’ तीनकुनेस्थित सुविधानगर बस्ने सलोना भण्डारीले भाइहरू सिदक भण्डारी र सौगात श्रेष्ठलाई यसै भनेर घर पठाएकी थिइन् । सुविधानगरबाट तीनकुने चोकसम्म हिडेर सगै आएकी दिदीले सिकाएकै कुरा सिदकले आºनी ठूलीआमालाई सुनाए ।
सातदोबाटोमा घर बनाउने काममा व्यस्त रहेकी सलोनाकी आमा प्रतीक्षाकहा तत्कालै यो खबर पुग्यो । आत्तिदै उनी घर आइन् । छोरासित सोधपुछपछि छोरी ‘सलोना’ अपहरणमा परेको निष्कर्षमा पुगेलगत्तै नजिकै रहेको महानगरीय प्रहरी वृत्त बानेश्वर कार्यालयमा रिपोर्ट गरिन् ।

प्रहरीले उजुरीलाई गम्भीर रूपमा लियो । तत्काल अनुसन्धानमा प्रहरी टोली खटायो । सलोनासगै हिड्दै गएका सिदक र सौगातलाई पनि कार्यालयमा झिकाइयो । प्रहरीले पहिले सिदकसग घटना विवरण बुझ्यो, उसको जवाफ पहिलेकोजस्तै आयो । त्यसपछि सौगातलाई सोधिएको प्रश्नमा उनले भने, ‘दिदीले त हामीलाई चोकमै छाड्नुभयो र टाटा गर्दै ट्याम्पुमा चढेर जानुभयो ।’
‘कालो सिसा भएको गाडीमा जानुभयो भनेको होइन ?’ प्रहरीको प्रश्नपछि सिदकले भने दिदीले त्यही भन्न सिकाएको बताए ।
प्रहरीले घटनालाई अर्कै रूपमा लियो । सलोनाले मोबाइल घरमै छाडेकी रहिछन् । प्रहरीले उनको मोबाइलको ‘कल डिटेल्स’ हेर्‍यो । एउटै नम्बरमा १८ मिनेट कुराकानी गरेको पाइयो । यसको लोकेसनचाहि इलाम रहेको पाइयो । एसएमएस बक्स खोलियो । बक्समा फेला पर्‍यो, ‘आई लभ यु, आई क्यान्ट लिभ विदआउट यु’ जस्ता रोमान्टिक एसएमएस । अभिभावकसित सोधपुछपछि उनले केही दिनअघि ब्लेडले हात चिरेको घटना पनि खुल्यो ।
त्यसपछि खोजी भयो– सलोनाका साथीहरूसितको सम्बन्ध र जावलाखेलस्थित आदर्श विद्यामन्दिरमा कक्षा आठमा अध्ययनरत उनका सहपाठीबारे सोधखोज । केही पत्ता नलागेपछि टोलछिमेकसगको सम्बन्धबारे बुझ्दा पनि केही रहस्य पत्ता लाग्न सकेन । अन्ततः बिहीबार राति करिब साढे आठ बजे बानेश्वर पञ्चकुमारी मार्गस्थित नानु कार्कीकहा उनी बसेको पाइयो ।
प्रहरीका अनुसार सलोना इलामका अनुरुद्ध केसी नामका युवकसित गहिरो प्रेममा परेकी रहिछन् । केसीको केही महिनाअघि सलोनाको घरमा डेरा गरी बस्ने नानु कार्कीकहा आउने जाने गर्थे । त्यहीबेला उनीसति सलोनाको सामान्य चिनजान भयो । पछि फेसबुकमार्फत साथी बनेका उनीहरूको सम्बन्ध प्रगाढ हुदै गयो । उनीहरूको सम्बन्धमा घरपरिवारको अवरोध हुन थालेपछि केसीसित भाग्ने आग्रह गरिन् । सलोनाको आग्रहलाई स्विकार्दै केसीले एक हप्तापछि लिन आउने भन्यो । त्यसपछि सलोना नानु कार्कीको  बानेश्वरस्थित कोठामा गएर बसिन् । यो सबै विवरण ‘फोन ट्रयास’मार्फत प्रहरीले पत्ता लगाएको हो ।
प्रहरी वृत्त बानेश्वरका डिएसपी वीरबहादुर ओलीका अनुसार मायाप्रीतिकै चक्करमा सलोनाले यो कदम चालेकी हुन् । उनले भने, ‘खोजी नगरिएको भए, उनीहरू बिहानै भाग्ने स्थितिमा पुगेका रहेछन् ।’ आफ्नो केटासाथीबारे भने सलोनाले केही भनेकी छैनन् । सलोनाका अभिभावक भने घटनाबारे खुल्न चाहेनन् ।

गर्भवती प्रेमिकाको हत्या

सौर्य समाचार

काठमाडौं, १६ चैत । अर्कै युवतीसग मायाप्रीति बसेपछि ललितपुरस्थित ज्वागलमा एक युवकले आफ्नी गर्भवती प्रेमिकाको हत्या गरेका छन् । कपिलवस्तु तौलिहवा–१ नया टोलका २१ वर्षीय सौगात ढकालले पाच महिनाको गर्भ रहेकी प्रेमिका भक्तपुर गठ्ठाघरकी २६ वर्षीया भावना कार्कीको हत्या गरेका हुन् ।
नया प्रेमिकाको विषयमा विवाद भएपछि सौगातले भावनालाई गत शुक्रबार बेलुका ६ बजे खुकुरीले टाउकामा प्रहार गरी हत्या गरेका थिए । भावनाको मृत शरीरलाई प्रहरीले बुधबार ज्वागलस्थित डेरामा बीभत्स अवस्थामा फेला पारेको थियो । प्रहरीका अनुसार शुक्रबार दिउसो एक बजे सौगात भावनाको ज्वागलस्थित कोठामा गएका थिए । भावना र सौगातबीच नया प्रेमिकाको विषयमा झगडा भएको थियो ।
झगडापछि साढे दुई बजे सौगात घर फर्किए । झोलामा खुकुरी लिएर उनी करिब चार बजे भवानाको डेरामा पुगे । भावना र सौगातबीच फेरि त्यही विषयमा झगडा भयो । सौगातले भावनालाई खुकुरी हाने ।
प्रहरीले स्वागत ढकाललाई पक्राउ गरेपछि उनले प्रेमिकाको हत्या गरेको स्विकारेका छन् । अनुसन्धान अधिकारीका अनुसार भावनाका साथीहरूबाट स्वागत र भावनाबीच निकट सम्बन्ध रहेको जानकारी आएपछि स्वागतलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो ।

प्रतिक्रिया