संवैधानिक अंगमा नियुक्तिः अवधारणा तयार

काठमाडौं, १६ चैत । संवैधानिक परिषदले संवैधानिक निकायमा नियुक्ति पाउनका लागि सरकारी क्षेत्रमा प्रथम श्रेणीमा काम गरेको व्यक्ति हुनपर्ने अबधारणा तयार पारेको छ ।

लामो समय पछि सिंहदरबारमा आज बसेको परिषद बैठकले सरकारी सेवामा प्रथम श्रेणीमा रही कम्तीमा १२ बर्ष काम गरेको अनुभावप्राप्त व्यक्तिलाई मात्रै संवैधानिक निकायमा नियुक्त गर्न सकिने निर्णय गरेको मन्त्रिपरिषद कार्यालयका सचिव जयमुकुन्द खनालले जानकारी दिए ।

बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै खनालले संवैधानिक निकायका अंगमा नियुक्ति गर्ने अवधारणालाई परिमार्जन सहित पारित गरेको बताए । अवधारणामा फौजदारी अभियोग नलागेको लगायतका बिषयपनि जोडिएका छन् ।

सोही अवधारणा अनुसार अब संवैधानिक निकायमा नियुक्ति गरिने छ । लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धन आयोग, महालेखा परीक्षक र निर्वाचन आयोगमा प्रमुख सहित सदस्य पद रिक्त छन् । दलहरुको आआफ्नो अडानका कारण संवैधानिक निकायमा नियुक्ति हुन सकेको छैन ।

प्रतिक्रिया