पूर्व राजा धनगढीमा (फोटो फिचर)

कैलाली, १६ चैत । पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमणका सिलसिलामा आज धनगढी आईपुगेका छन् । काठमाडौंबाट अपरान्ह्र पौने एक बजे बुद्ध एयरको उडानबाट उनी धनगढी आईपुगेका हुन् ।

उनले आउँदो २० गतेसम्म कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न मठमन्दिर, धार्मिक क्षेत्रको भ्रमण तथा पूजापाठ गर्ने कार्यक्रम रहेको शाहको स्वागतका लागि गठीत मूल स्वागत समारोह समितिले जनाएको छ ।

धनगढीको गेटा विमानस्थलमा शाहलाई राजावादीहरु र पञ्चकन्याले स्वागत गरी मोटरसाइकल र्यालीसहित होटल रुवससम्म ल्याएका पराएका थिए । उनको स्वागतका लागि धनगढीको मुख्य सडकमा जम्मा भएका सर्वसाधरणले राजतन्त्रको पक्षमा नारीबाजी गरेर फूलमालाले स्वागत गरेका छन् ।

त्यस क्रममा बा ४ च ३८०७ नम्बरको निजी गाडीबाट बाहिर निस्केर पूर्व राजा शाहले करिब दस मिनेट जति हिडेरै होटेलसम्मको यात्रा पुरा गरेका थिए ।

चैते दशैंको मौका छोपेर सुदूरपश्चिम भ्रमणमा आएका पूर्व राजा शाहले शुक्रबार महेन्द्रनगरको सिद्धनाथ मन्दिरको दर्शन गर्न त्यसतर्फ जाने कार्यक्रम रहेको छ भने चैत १८ गते धनगढीको नैनादेवी मन्दिर, १९ गते घोडाघोडी मन्दिर दर्शन तथा ताल अवलोकन गर्ने र २० गते काठमाडौं फर्किने कार्यक्रम रहेको मूल समारोह समितिका संयोजक पारसबहादुर सिंहले बताए ।

शाहको भ्रमणलाई विशुद्ध धार्मिक भ्रमण भनिएपनि समितिले स्वागतका लागि भन्दै व्यापक जनप्रदर्शन समेत गरेको छ ।

स्थानीय रुवस होटलमा केही समयको आराम पछि पूर्व राजा शाहले सर्वसाधरण तथा मूल समारोह समितिका पदाधिकारीहरुलाई सामुहिक भेट दिएका छन् ।

प्रतिक्रिया