कोइराला पत्रकारिता पुरुस्कार ढकाललाई

काठमाडौ, १६ चैत । रिपोर्टर्स क्लव नेपालले यस वर्षको ‘गिरिजाप्रसाद कोइराला स्मृती पुरुस्कार ‘द’ रिपव्लिका अंग्रेजी राष्ट्रिय दैनिकका प्रधान सम्पादक अमित ढकाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

रिपोर्टर्स क्लव नेपालको पुरुस्कार छनौट कमिटीको आज काठमडौंमा बसेको बैठकले दुई दशकदेखि पत्रकारितामा सक्रिय ढकाललाई एक लाख १ हजार नगद सहितको पुरुस्कार प्रदान गर्न लागेको क्लवद्धारा आज जारी विज्ञप्तीमा उल्लेख छ ।

पत्रकार ढकाललाई नगद सहित ताम्रपत्र समेत प्रदान गरिने छ । यस अघि यो पुरुस्कार वरिष्ठ पत्रकार हरिहर विरहीले पाईकसेका छन् ।

क्लवले स्वतन्त्रता सेनानी एवं रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको नाममा स्थापित पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका समाचार ब्युरो प्रमुख किरण पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । पोखरेललाई ३० हजार रुपैयाँसहित ताम्रपत्र प्रदान गरिनेछ ।

कृष्णसेन इच्छुक स्मृती पत्रकारिता पुरस्कार एबीसी टेलिभिजनका कार्यकारी निर्देशक शुभशंकर कँडेललाई प्रदान गर्ने निर्णय गरेको क्लवका अध्यक्ष ऋषि धमलाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । कँडेलले पनि २० हजार रुपियाँ सहित ताम्रपत्र पाउने छन् ।

त्यसै गरेर २० हजार राशीको बाबुछिरी शेर्पा स्मृति फोटो पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका सालिग्राम तिवारीले पाउने भएका छन् भने २० हजार राशीकै उमा सिंह स्मृति पत्रकारिता पुरुस्कार घटना र विचार साप्ताहिककी सम्पादक बबिता बस्नेतले पाउने भएकी छन् ।

रिपोर्टर्स क्लव नेपालले सबै पुरुस्कार शुक्रबार राजधानीमा हुने कलवको चौधौं वार्षिकोत्सवका अवसरमा प्रदान गरिने विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया