साउँखर्कका खिरबाजे

अत्तरियापछि गोदावरीको उकालो छिचोल्दै  डडेल्धुरा जानुभएको छ भने साउखर्कको खिर नचाखी कसरी अघि बढ्न सक्नुहुन्छ ? विगत ३० वर्षदेखि खिरको कारोबार गरिआएका साठी वर्षीय धनबहादुर देउवाको उत्साह हेर्नलाई मात्र भए पनि एउटा खरको झुपडीमा रहेको पसलमा पुग्नुहुन्छ । जब पुग्नुहुन्छ तब खिर नखाई अघि बढ्ने कुरै हुन्न । देउवा लाखौं खर्चेर अरब जाने हजारौं युवाका लागि उदाहरण हुन सक्छन् । सेतै कपाल, झुस्स दाह्री र चाउरी परेका गाला, यी हुन् देउवा । लोकमार्गमा रहेको उनको पसलका कोही नियमित ग्राहक हुन्छन् त कोही पसलमा राखेको ‘तपार्इं कता ? बाजेको खिर पसल यता †’ भनी लेखिएको बोर्डको भाषाले आकर्षित भएर आउछन् ।
झर्रो बोलीमा यस्तो लेखिएको देखेपछि खिरको स्वाद लिने इच्छा यात्रुलाई हुन्छ नै । मानिसहरूले उनलाई  धनबहादुर भनेर चिन्न छाडेका छन्,  खिरबाजे भनेपछि टाढा टाढाका यात्रुले चिनिहाल्छन् । खिरबाजे दैनिक साठीदेखि सत्तरी लिटर दूधको खिर बेच्छन् । त्यसो त उनकामा स्वादिष्ट चिया खान आउनेको संख्या पनि कम छैन । बोर्डबाटै आकर्षित भएका पत्रकार भूमि भण्डारीले भने – ‘खै बाजे हामी पनि खिर खाऊ त ।’
‘नाइ हजुर, अगि नै सक्किगो, के खाने होला र खै †’  छेउमा राम्ररी बल्न नपाएको अगेनाबाट उठिरहेको धुवाको मुस्लोबाट आखा बचाउने प्रयासमा आखा मिच्दै भने । वरिपरि भाडा नै भाडा, आफू भने अग्लो चुलोमा गजधम्म बसेका थिए देउवा ।
रातदिन नै खुला रहन्छ बाजेको पसल । रातिको यात्रा गर्नेले पनि उनको खिर र चियाको स्वाद लिन पाउ“छन् । मैलो कमिज, सुरुवाल र इस्टकोटमा धुवासग पँैठेजोरी खेल्दै बाजेले यात्रु र परिवार दुवैको भरपूर सेवा गरेका छन् । कहिलेकाही त उनलाई छोराले पनि सहयोग गर्छन् ।
देउवा भन्छन्– ‘टोलछिमेकका सबै कामका लागि भारत जान्छन् तर मेरो छोरो यतै बस्यो, कामका लागि घरै छाड्नुपर्छ भन्ने लागेन उसलाई ।’ यसोभन्दा उनको अनुहारमा एक प्रकारको सन्तुष्टि स्थायी भाव भएर बसेको देखिन्थ्यो । जाडोयामका यात्रु भने खिर खाने बहानामा आगोको आनन्द पनि लिन पाउछन् ।
खिरबाजे खिर मात्र बनाउने होइनन्, उनको सानोतिनो खेतबारीले पनि घरखर्च जुटाउन मद्दत गर्छ । नगद आम्दानीको मूल स्रोत भने खिर नै हो । यसको मोहले दुनिया“लाई यतिसम्म तानेको छ– उनको पसलअगाडि सधै दुई–चारवटा गाडी खाली हुन्नन् । यति सबेरै यति ठूलो डेक्ची रित्तो भएको देखेपछि जसले पनि अनुमान गर्छ, खिरबाजेको खिर चानचुने र जता पनि पाइने चिज होइन । बासी भातमा तातो तर पातलो दूध हालेर खिर भनी बेच्ने धार्केदेखि गोरुसिंगे र कोहलपुरदेखि अत्तरियासम्मका खिरसाहुले देउवाको खिर चाखे भने आङ्खनो व्यवसायमा केही सुधार ल्याउथे कि ? खाएको एक्कै छिनमा पेट मडारिन थाल्ने ग्राहकहरूको सास्ती कम हुन्थ्यो कि ? यहा“ त्यस्तो गुनासो कसैको छैन, त्यसैले त ताजा दूधमा चामल मिसाएर ‘गुणस्तर’ पस्कने खिर बाजेको पसलमा यत्तिका मान्छे झुम्मिएका ।
सुदूरपश्चिमको यात्रामा हामीले त्यो सुप्रसिद्ध पकवानको स्वाद लिन नपाए पनि हिमाल मिडियाकी मित्र रुबिना श्रेष्ठले भने भाडोलाई कोतरकातर गरेर चार–पाच चम्चा खिर निकालिन् र हामी सबैलाई आधा–आधा चम्चा खुवाइन् । वास्तवमा यो त खिरको पनि कुराउनी थियो । यस्तो कुराउनीको स्वाद कस्तो हुन्छ भन्ने बुझ्न साउखर्कमै र त्यसमा पनि खिरबाजेको पसलमा जानुपर्छ, जहा कुनै अपसगुन भएन भने ‘तपार्इं कता ?? बाजेको खिर पसल यता †††’ भनी लेखिएको बोर्ड पनि तपाईंतिर हेरेर मुस्कुराइरहेको हुनेछ । आशा गरौं, यति राम्रो खिर पकाएर खुवाउने र युवाका लागि उदाहरण बन्ने देउवा बाजेलाई त्यतिन्जेल केही बाधा पर्ने छैन । किनभने उनले भ्याएसम्म सबैको मुख मिठ्याएर पठाउने गरेका छन् र वरिपरिका साना किसानका लागि सानोतिनो गर्जो टार्न सक्ने आम्दानीको बाटो पनि खनिदिएका छन् ।
प्रस्तुति चमिना

प्रतिक्रिया