मूल्य बृद्धि बिरुद्ध प्रदर्शन

काठमाडौं, १५ चैत । पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको बिरोधमा आज एमाले निकट अनेरास्ववियुले राजधानीमा प्रदर्शन गरेको छ ।
प्रदर्शनका कारण पुतलिसडक, रत्नपार्क, घण्टाघर लगायतका क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ । प्रदर्शनका क्रममा केही समय प्रहरी विद्यार्थीबीच झडप भएको प्रहरीले जनाएको छ ।
प्रदर्शन गरेको आरोपमा प्रहरीले केही विद्यार्थीलाई पक्राउ समेत गरेको छ । मूल्य बृद्धि बिरुद्ध विद्यार्थीले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेर उनीहरुलाई पक्राउ गरेको थियो । सरकारले मंगलबार डिजेल, मट्टितेल र पेट्रोलमा चार, चार रुपियाँ मूल्य बृद्धि गरेको थियो ।
यसैवीच, अनेरास्ववियुका कार्यकर्ताले पक्राउ परेका आफ्ना विद्यार्थीको रिहाई माग गरेर आरआर क्याम्पस प्रदर्शनी मार्गमा प्रदर्शन बेलुका प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया