क्याम्पस प्रमुखको कार्यकक्षमा तीन महिनादेखि ताला

सुर्खेत, १५ चैत । सुर्खेत क्याम्पस शिक्षाका क्याम्पस प्रमुखको कार्यकक्षमा तीन महिनादेखि लागेको ताला अझै खुलेको छैन ।

क्याम्पस प्रमुख बालाराम खड्काले आफ्ना नातेदारहरुलाई कर्मचारीमा नियुक्त गरेको भन्दै स्वतन्त्र विद्यार्थी यूनियनले गत माघमा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।
ताला खोल्नको लागि हालसम्म पनि कुनै पहल नभएको स्ववियूले जनाएको छ । विज्ञापन प्रकाशति गरी नियुक्त गुर्नुपर्ने भएपनि कसैसग समन्वय नगरी एकलौटी रुपमा आफन्तहरुलाई भर्ना गरेकोले क्याम्पस प्रमुखको कक्षमा ताला लगाइएको स्ववियू सुर्खेत क्याम्पसका सभापति कमल सिजापतिले बताए ।

क्याम्पस प्रमुख बालाराम खड्काले ताला कसले लगाएको हो भन्ने बारेमा समेत आफूलाई जानकारी नभएको बताए । उनले  ताला लागेको बारेमा जानकारी भएपनि कसले
र किन लगाए भन्ने बारेमा आफू अनविज्ञ रहेको बताए ।

प्रतिक्रिया