शिबहरिको प्रश्न शिवहरिकै जवाफ

 

शिबहरि पौडेल, कलाकार

वैरागीः सरकारी कर्मचारी भएर पनि अभिनय गरिरहन कसरी भ्याउनुभएको छ ?
पौडेलः म सार्वजनिक बिदा तथा अफिसका अन्य विधालाई कलाकारितामा प्रयोग गर्छु । अफिसबाट बचेको समय मात्र कलाकारितामा दिएको छु । राम्ररी नै भ्याएको छु भनौ न ।
वैरागीः एउटै क्षेत्रका साथीभाइबाट सहयोग पाइन्छ कि पाइदैन ?
पौडेलः एउटै क्षेत्रका साथीभाइबाट सहयोग पाउने त कुरै भएन नि † किनभने हाम्रो समाजमा आफूभन्दा माथि पुग्छ कि भनेर डाहा गर्ने धेरै छन् । फेरि, कम्पिटिसनको जमानामा अरूलाई सहयोग गर्ने कमै हुन्छन् । त्यसैले आङ्खनो क्षेत्रबाट सहयोग पाएको छैन ।
वैरागीः तपाईंको रिस गर्नेहरू छन् कि छैनन् ?
पौडेलः छन् भन्ने थाहा पाएको छु । तर, अगाडि देखापरेर भन्दा पनि पछाडिबाट रिस गर्ने धेरै भएको महसुस गरेको छु ।
वैरागीः पार्टनर जितु नेपालसगको सम्बन्ध कस्तो छ ?
पौडेलः निकै राम्रो छ । लगभग सात वर्ष भयो सगै काम गरेको । अहिलेसम्म कुनै मनमुटाब भएको छैन । किनभने, ऊ पनि मन नपरेको कुरा मलाई भनिहाल्छ, म पनि भनिहाल्छु ।
वैरागीः परिवारको सपोर्ट कस्तो छ ?
पौडेलः राम्रो सपोर्ट छ । नत्र अगाडि बढ्न गाह्रो भइहाल्थ्यो नि । परिवारलाई चाहिने मैले पु¥याइदिएकै छु । उनीहरूलाई वास्ता नगरेर बाहिर गलत गर्दै हिडे पो रिसाउने हुन् त । मेरो काम र नामबाट परिवार खुसी छन् ।
वैरागीः मसगको सम्बन्धलाई कसरी लिनुभएको छ ?
पौडेलः तीस वर्षजति भयो होला तपाईं र मेरो सम्बन्ध । हामी दुईले कही–कतै देवीदेवताकहा गएर मीत लगाएका होइनौ । तर, म त तपाईंलाई मीतज्यू नै भन्छु । तपार्इंले कस्तो सोच्नुभा’छ कुन्नि । मेरो तर्फबाट भने मीतको भावनात्मक सम्बन्ध नै छ, यो सधै रहिरहोस् भन्न चाहन्छु ।

शिबहरि बैरागी, कलाकार

प्रतिक्रिया