बहिरा वेटरको अन्तरजातीय विवाह

कैलाली, १४ चैत । धनगढीस्थित होटेल डिभोटीमा कार्यरत २१ वर्षीय पुरन सार्की र मीना रोकायाबीच मंगलबार अन्तरजातीय विवाह भएको छ । उनीहरू बहिरा हुन् ।
कैलालीका सिडिओ कैलाशकुमार बजिमयको उपस्थितिमा भएको विवाहमा सञ्चारकर्मी, होटेलका कर्मचारी, दलित संस्थाका प्रतिनिधि र वरवधुका अभिभावक उपस्थित थिए ।
एक वर्षदेखि वेटर रहेका कञ्चनपुर परासन–८ बीचफा“टाकी मीना र आठ महिनादेखि वेटरमा कार्यरत बा“के कोहलपुर–५ खरगुहारका पुरनबीच सांकेतिक भाषाले प्रेम पलाएपछि उनीहरू विवाह बन्धनमा बा“धिएका हुन् ।
दुवैबीच प्रेमसम्बन्ध भएको थाहा पाएपछि दुवैका अभिभावकलाई बोलाएर विवाह गरिदिएको होटेल सञ्चालक कृष्णबहादुर महराले बताए । विवाहमा सिडिओ बजिमयले टीका लगाएर बधाई दिएका थिए ।

प्रतिक्रिया