बिशेष समिति बस्न सकेन

काठमाडौं, १४ चैत । माओवादी लडाकुको रेखदेख समायोजन र पुनस्थापना सम्बन्धी बिशेष समितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।

सेना समायोजन सम्बन्धी नयाँ बिषयमा ठोस निर्णय हुन नसक्ने भएपछि आजका लागि बोलाईएको बैठक बैस्दैनबसी स्थगित भएको हो ।

यस अघि समितिले सचिवालयलाई सेना समायोजनको बिधि, प्रक्रिया र मापदण्डसहितको कार्ययोजना प्रस्ताव बनाउन निर्देशन दिएको थियो । त्यस बिषयमा सचिवालयले आन्तरिक गृहकार्य समेत गरेको थियो ।

शान्ति प्रक्रियाले लिने गति र निर्णयका आधारमा संविधानका बिवादित बिषयले टुङगो पाउने भन्दै कांग्रेस र एमालेले अडान राख्दै आएका छन् । कांग्रेस र एमालेको दबाव पछि एकीकृत माओवादी दबावमा परेको छ ।

प्रतिक्रिया