गणतन्त्र स्मारकको शिलान्याश

काठमाडौं, १४ चैत । प्रधानमन्त्री बाबुराम भट्टराईले आज नारायणहिटी दरबार संग्राहलय परिसरमा गणतन्त्र स्मारकको शिलान्याश गरेका छन् ।

दोस्रो जनआन्दोलन र मुलुकमा स्थापना भएको गणतन्त्रको संस्मरणमा निर्माण गरिन लागेको स्मारक बिभिन्न स्थानमा बनाउने निर्णय यस अघि भएका थिए । यद्यपि प्रधानमन्त्री भट्टराईले हालै मात्रै नारायणहिटी दरबारमा स्मारक बनाउने निर्णय गर्दै बजेट समेत छुट्टाएका हुन् ।

स्मारकको शिलान्याश गर्ने क्रममा प्रधानमन्त्री भट्टराईले गणतन्त्र स्थापनाका लागि नारायणहिटी दरबारसँग केही बिषय जोडिएकाले नारायणहिटी दरबारमै स्मारक बनाउन लागेको बताए ।

प्रतिक्रिया