तेल वार्ता सकियो

काठमाडौ, १३ चैत । भारतीय आयल कर्पोरेसन (आइओसी) सग भएको तेल आयात सम्झौता नवीकरण तथा पुनरावलोकन वार्ता सोमबार सकिएको छ । आइओसीका प्रतिनिधि र सरकारी अधिकारबीच शनिबारदेखि भएको छलफलले सम्झौता नवीकरण तथा पुनरावलोकन जतिसक्दो चाडै टुङ्गाउने निर्णय गरेको नेपाल आयल निगमले जनाएको छ ।
‘वार्ता सकारात्मक भयो,’ निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले भने, ‘आइओसीसगको सम्झौता चाडै टुङ्ग्याउने निर्णय भएको छ ।’ नेपालले राखेका प्रस्तावमा आइओसी सकारात्मक भए पनि नया“ सम्झौतामा के–कस्तो पुनरावलोकन हुन्छ भन्ने कुरा सार्वजनिक गर्न नमिल्ने उनले बताए । उनले आगामी शनिबारसम्म सबै कुरा टुङ्गिने दाबी गरे ।
वार्ता सकारात्मक भएपछि आइओसीको टोली सोमबारै फर्किएको निगमले जनाएको छ । ‘तेल आयातलाई लिएर भएको छलफलमा आइओसी सकारात्मक छ,’ निगम प्रवक्ता मुकुन्द ढुङ्गेलले भने । तेल वार्ताका लागि आइओसीका महाप्रबन्धक एमकरण धिकरसहितको चार सदस्यीय टोली शुक्रबार नेपाल आएको थियो ।
नेपालका तर्फबाट अर्थमन्त्रालयका उपसचिव राजीव गौतमको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमका अधिकारी वार्तामा सहभागी थिए । आइओसीस“ग सन् २००७ मा भएको पा“च वर्षीेय तेल आयात सम्झौता मार्च
अन्तिममा सकि“दैछ ।

प्रतिक्रिया