‘गाई काट्नेलाई कारबाहीको माग’

ललितपुर, १३ चैत । ललितपुर जिल्लाको बाडेगाउँ दमाईटारमा गाई काटेको बिरोधमा आज स्थानीयले प्रदर्शन गरेका छन् ।

उनीहरुले हिन्दूधर्मालम्वीहरुको पूजनीय जनावर गाईलाई काटेर मासु बेच्नुका साथै खाएको बिरोधमा प्रदर्शन गरेका हुन् ।

स्थानीयका प्रतिनिधी र ललितपुर प्रहरी परिषरका नायब उपरीक्षक राजेन्द्र भट्टबीच आजै भएको बार्ता सहमतिमा पुगे पछि प्रदर्शनकारीले बिरोधका कार्यक्रम फिर्ता गरेका छन् ।

बाडेगाउँ दमाईटारमा गएराति गाई काट्ने २ जनालाई प्रहरीले गाईको मासु सहित पक्राउ गरेको थियो । प्रहरी नायब उपरीक्षक भट्टले दोषीलाई कानून बमोजिम हदै सम्म

कारबाही गर्ने प्रतिवद्धता जनाएपछि स्थानीयले आन्दोलन फिर्ता लिदै फर्किएका छन् ।

पक्राउ पर्नेमा दमाईटार बस्ने संखुवासभा जिल्ला घर भएका ३६ बर्षीय क्षत्रे तामाङ र ललितपुर लेले घर भएका ४६ बर्षीय लालबहादुर तामाङ रहेको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।

प्रतिक्रिया