अमेरिकी उप सहायक मन्त्री काठमाडौंमा

काठमाडौं, १२ चैत । दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी उप सहायक विदेशमन्त्री डा. अलिसा आयर्स पाँच दिने औपचारिक भ्रमणको सिलसिलामा आज काठमाडौं आएकी छन् ।

भ्रमणका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधान एवम् परराष्ट्रमन्त्रीका साथै प्रमुख दलका शीर्ष नेतासँग भेटघाट गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

उनले भ्रमणमा नेपालमा जारी शान्ति प्रक्रिया तथा संविधान लेखनको अवस्थाबारे जानकारी समेत लिने छिन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी दूतावासका पदाधिकारीले स्वागत गरेका थिए ।

दुई वर्षअघि उक्त पद सम्हालेकी आयर्सले विदेश मन्त्रालयमा नेपालका साथै भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान र माल्द्विभ्स मामिला हेर्दै आएकी छन् ।

प्रतिक्रिया