परिबन्द

भोलासर रातमाटे गाउको विद्यालयमा पढाउनुहुन्छ । विद्यार्थीलाई अनुशासित बन्न सिकाउनुहुन्छ । प्रश्नको उत्तर राम्रोसग हल गर्नुहुन्छ, गर्न लगाउनुहुन्छ । प्रश्नको ठीक उत्तर दिन नसक्दा सजायको भागीदार हुनुपर्ला भनेर सबै जना डराउथे, त्यसैले सबै जना राम्ररी पढ्थे । एक दिन सरको आखा रूपेशमाथि पर्‍यो ।
‘रूपेश, तिमी नपढेर झोलामा यताउता के खोज्दै छौ ?’ ‘तिम्रो किताब हरायो कि क्या हो ?’ सरको प्रश्नले रूपेश डरायो, ‘मैले भनेको सुनेनौ ?’
रूपेश डराई–डराई भन्न थाल्यो–
‘सर मेरो किताब हरायो ?’
– ‘कहा हरायो ?’
सबै विद्यार्थी उसलाई हेर्न थाले । ऊ डराइरहेकै थियो ।
‘सबै जनाको झोला हेर ?’ सरले भन्नुभयो ।
कसैको झोलामा पनि उसले किताब फेला पार्न सकेन । सरले सोध्नुभयो, ‘हाफटाइमपछि कोही भागेको छ ?’
‘रमेश भागेको छ सर’, सबैले एकैस्वरमा भने । ‘जो–कोहीले पनि रूपेशको किताब चोरेको रहेछ भने भोलि कक्षामा सजाय पाउनेछ’ –सरले चेतावनी दिनुभयो ।
घर पुगेपछि झोला राखेर बिछ्यौनामा पल्टियो रूपेश ।
उसको आखा नजिकैको टेबुलको किताबमा पर्‍यो ।  जुरुक्क उठ्यो । हराएको आङ्खनो किताब देखेर छक्क पर्‍यो । रूपेशका काका कोठाभित्र पसेर भन्नुभयो– ‘मैले तिम्रो किताब लगेको थिए, केही कुरा पढ्नु थियो, त्यही टेबुलमा छ है ।’
काकाको कुरा सुनेर रूपेशले सोच्यो– ‘विनाकारण रमेशले चोरको आरोपमा सजाय पायो भने ?’ रूपेश निकै डरायो । उसलाई स्कुल जान पनि डर लाग्न थाल्यो । निद्रा पनि लागेन ।
कक्षामा रमेशलाई सबै साथीले रूपेशको किताब चोर भनेर जिस्क्याइरहेका थिए । सर सोधिरहनुभएको थियो–
– ‘तिमीले रूपेशको किताब चोरेका हौ ?’
– ‘होइन सर, मैले चोरेको छैन ।’
– ‘त्यसो भए तिमी किन भागेको त ?’
– ‘घरमा पूजा थियो, त्यसैले चाडै घर गएको सर ।’
रूपेश बर्बराउन थाल्यो– ‘रमेश चोर होइन… रमेश चोर होइन । उसलाई सजाय नदिनुस् ।’ ऊ यसरी कराएको सुनेर रूपेशका बाबाले भन्नुभयो, ‘बाबु के भयो ?  किन कराएको ?’ रूपेशले सपना देखेको रहेछ । बाबाको कुरा सुनेर उसले आखा हेर्‍यो ।
उसले स्कुलमा भएको सबै कुरा बतायो । छोराको कुरा सुनेर बाबाले भन्नुभयो– ‘बाबु गल्ती नगरीकन कसैले सजाय पाउनु हुदैन । भोलि स्कुलमा गएर किताब पाएको कुरा सबैलाई भनिदेऊ । रमेशले चोरेको होइन, ऊ परिबन्दमा परेको रहेछ ।’ बाबाको कुराले उसको मन शान्त भयो । भोलिपल्ट कक्षामा रूपेशले सबै कुरा बतायो । उसको कुरा सुनेर सरले स्याबासी दिदै भन्नुभयो, ‘गल्ती महसुस गरेर रमेशलाई बचाएकामा धन्यवाद †’

प्रतिक्रिया