‘कमाउने बाटो बन्द भएपछि मलाई हटाए’

गत साता चर्चामा रहिन् निवर्तमान श्रम तथा यातायात व्यवस्थामन्त्री सरिता गिरी । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारको आरोपमा पदमुक्त गरेपछि गिरी अहिले उल्टै प्रधानमन्त्री भ्रष्टाचारमा डुबेका भन्न थालेकी छन् । यही सेरोफेरोमा गिरीसँग रामहरि पाण्डेको कुराकानी

प्रधानमन्त्रीले तपाईंलाई मन्त्रीबाट बर्खास्त गर्नुभयो नि किन ?
बर्खास्त होइन, उहाले ममाथि राजनीति गर्नुभयो । प्रधानमन्त्री कार्यालयले १० दिन अघिदेखि सबै मधेसी भ्रष्ट हुन् भन्ने प्रपोगान्डा मच्चाइरहेको थियो । यो प्रधानमन्त्रीको निर्देशनमा चलाइएको थियो । बाबुरामजी मधेसीलाई भ्रष्ट सावीत गराएर अन्य साना दल तथा जनजातिको ‘सेन्टिमेन्ट क्यास’ गर्ने अभियानमा लाग्नुभएको थियो । ‘एउटा तीरबाट दुईवटा सिकार’ गर्न खोजिरहनु भएको थियो ।
त्यसोभए उहा सफल पो हुनुभयो ?
कसरी सफल हुनुभयो ? उहाको यो गलत कार्यलाई १० १२ दिनदेखि मिडियाले ‘फलोअप’ गरिरहेको छ । मिडियाले नाङ्गो बनाइसकेको छ उहालाई । झन् ममाथि गरिएको प्रहारले त चौतर्फी प्रश्न खडा भएको छ । हो, प्रधामन्त्रीले कुनै पनि मन्त्रीलाई हटाउन सक्छ । तर, त्यही मन्त्रिपरिषद्मा निकै विवादास्पद व्यक्ति पनि थिए । नामै लिन सकिन्छ, सामान्य, शिक्षा, सि“चाइ, गृहलगायतका मन्त्री पर्छन् । हिम्मत भए उहाहरूलाई पनि मन्त्रीबाट हटाउन सक्नुहुन्थ्यो नि ।
तपाईंलाई नै किन हटाइएको होला ?
मलाई मन्त्रीबाट हटाउनुपर्ने कुनै कारण छैन । तैपनि हटाइएको छ । त्यो मैले नै बुझ्न सकेकी छैन । मलाई हटाउदा उहाले भ्रष्टाचारको अभियोग लगाउनुभएको छ । त्यो सरासर गलत हो । मैले कतै भ्रष्टाचार गरेकी छैन । निष्कलङ्कित भएर काम गरेकी छु । उहाले मलाई हटाउनका लागि जुन आरोप लगाएर सस्तो लोकप्रियता कमाउन  खोज्नुभएको छ, त्यो एक नाटकबाहेक अरू होइन । फेरि उहालाई लागेको हुन सक्छ, मलाई भ्रष्टाचारको आरोप लगाएर पदबाट बर्खास्त गर्दा सरकारको समीकरणमा कुनै असर पर्दैन । अरूलाई कारबाही गर्दा सरकारको समीकरणमा असर पर्छ । म त एमाओवादी र मोर्चामा कतै पनि आबद्ध भएको मानिस होइन । मलाई कारबाही गर्दा कतैबाट दबाब पनि आउदैन । तर, प्रधानमन्त्रीले सोच्नुपर्ने कुरा हो, मलाई हटाएर कुनै ठूलो उपलब्धि होइन, उल्टै बदनामी कमाउनुभएको छ ।
तपाईंले भ्रष्टाचार गर्नुभयो, राम्रो काम गर्ने कर्मचारीलाई हटाउनुभयो भन्ने आरोप छ नि प्रधानमन्त्रीको ?
आरोप लगाएर मात्र केही हुदैन, त्यसको पुष्टि गर्नुपर्छ । म प्रधानमन्त्रीलाई चुनौती दिन्छु, राज्यका सम्पूर्ण संयन्त्र लगाएर छानबिन गरे हुन्छ मेरा बारेमा । छानबिनका क्रममा कतै भ्रष्टाचार गरेको पुष्टि भए म राजनीतिक जीवनबाट सन्न्यास लिन्छु । भ्रष्टाचार गरेको पुष्टि गर्न सक्नुहुन्न भने प्रधानमन्त्रीजी, तपाईं पदबाट राजीनामा दिनुस् । अरूलाई आरोप लगाउदै नहिड्नुस् ।
वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पूर्णचन्द्र भट्टराईसग तपार्इं किन रिसाएको
त्यसरी ?
म पूर्णचन्द्रसग होइन, उहाको कामदेखि रिसाएकी हु । उहा निकै अक्षम मान्छे हो । उहँले मन्त्रीहरूलाई भ्रममा पारेर नीतिगत भ्रष्टाचार गरिरहनु भएको थियो । उहाले वैदेशिक रोजगार विभागमा रहेर कुनै पारदर्शी काम गर्नुभएको थिएन । अपारदर्शी काम गरेका मसग धेरै प्रमाण छन् । त्यो मैले लिखित रूपमै प्रधानमन्त्रीलाई बुझाएकी छु । अपारदर्शी कामलाई रोक्न खोजेकी थिए । मैले अपारदर्शी काम रोक्न खोज्दा धेरैको खाने बाटो सुकेको मैले अनुभव गरेकी थिए । मलाई लाग्छ, त्यही बाटाबाट आएको रकमको केही हिस्सा प्रधानमन्त्रीले पनि लिनुहुन्थ्यो ।
गलत नियतबाट प्रधानमन्त्री कार्यालयले केही काम गर्न मलाई दबाब दिएको थियो । त्यो काम मैले गरेकी थिइन । त्यस्ता धेरै गलत काम थिए, जसलाई मैले रोके । गलत कामलाई निरुत्साहन गर्नेगरी केही निर्णय गर्ने तयारीमा म थिए तर त्यति नै बेला मलाई मन्त्रीबाट हटाइयो । एउटा मन्त्रीले आङ्खनो विभागअन्तर्गतको कर्मचारी सरुवा गर्न सक्छ । फेरि मैले पूर्णचन्द्रलाई अन्त कतै सरुवा गरेकी थिइन, काजमा श्रममन्त्रालयमै फिर्ता बोलाएकी थिए । यहा अरूले टन्न पैसा असुलेर कर्मचारी सरुवा गर्दा हुने, मैले प्रशासनमा हुने भ्रष्टाचार अन्त्यका लागि कर्मचारी हेरफेर गर्दा प्रधानमन्त्रीले नै टाउको दुखाउनुपर्ने किन ?
यसको मतलब प्रधानमन्त्रीले विभागबाट पैसा बुझ्नुहुन्थ्यो भन्न खोजेको हो ?
एकदम हो । उहा माथि शङ्का गर्ने प्रशस्तै ठाउ छ । यदि त्यसो थिएन भने पूर्णचन्द्रभन्दा अरू सक्षम सहसचिव छैनन् नेपालको कर्मचारीतन्त्रमा ? किन उहालाई मात्र सक्ष्म देख्नुभयो ? मैले मानबहादुर विकलाई विभागमा पठाएकी थिए, जो दलित र इमानदार कर्मचारीमा पर्नुहुन्छ । धेरै योग्य पनि हुनुहुन्छ । उहाको कामबाट म निकै प्रभावित भएकीले जिम्मेवारी दिएकी हु, कुनै लोभले होइन ।
तर, तपार्इंले वैदेशिक रोजगार व्यवसायीबाट लाखौ खाएर पूर्णचन्द्रलाई हटाएको आरोप
छ नि ?
अघि नै भने, मैले साच्चिकै भ्रष्टाचार गरेको पुष्टि गरून्, म जस्तोसुकै सजाय भोग्न तयार छु ।
उसो भए विभागमा धेरै भ्रष्टाचार हुदोरहेछ, होइन त ?
हो, नेपालमा ब्युरोक्र्यासीको सहयोगविना भ्रष्टचार हुन सम्भव छैन । मन्त्री त आउछन् जान्छन् । तर, प्रशासन परिवर्तन हुदैन । ऊ स्थिर रहन्छ । म स्पष्ट भन्छु, सचिव र सहसचिव नमिलेसम्म भ्रष्टाचार हुदैन । जब यी दुई मिल्छन् तब जस्तोसुकै इमानदार मन्त्री आएर पनि केही गर्न सक्दैन । सचिव र सहसचिवले गलत फाइल तयार गर्ने गरेकाले नै मन्त्रीले त्यसखाले फाइलमा हस्ताक्षर गरेर भ्रष्टाचार गर्छ । तर, मैले गरिन अनि विरोध भयो ।
भ्रष्टाचार त मन्त्री होइन, ब्युरोक्र्यासीले गर्दोरहेछ तपाईंको विचारमा ?
हो, यसमा कुनै दुविधा छैन । पछिल्लो समयमा त्यसको भुमरीमा प्रधानमन्त्री पनि पर्नुभएको छ । ब्युरोक्र्यासीले प्रधानमन्त्रीलाई पनि भ्रष्ट बनाएको छ । र, उहा दिनप्रतिदिन भ्रष्ट बन्दै जानुभएको छ ।
तपाईंले त सचिवले पनि सहयोग गरेन भन्नुभएको थियो, होइन ?
हो नि । पहिलेका सचिवले होइन । अहिलेका सचिव सोमलाल सुवेदीले पूरै असहयोग गरे मलाई । प्रधानमन्त्रीले सुवेदीलाई सचिव बनाएर मैले नेतृत्व गरेको श्रममन्त्रालय पठाउनु भएपछि मलाई काम गर्न निकै अप्ठ्यारो पर्‍यो । सचिवले मलाई घेराबन्दीमा पारे । प्रधानमन्त्रीको निर्देशनमा नियोजितरूपमा श्रममा आउनुभएका सचिव सुवेदीले मन्त्रालयस्तरीय काम विभागीयमन्त्रीलाई जानकारी नगराई सिधै प्रधानमन्त्रीलाई जानकारी गराउन थाले । फाइल लुकाए । अनि म त्यस्ता सचिवसग कसरी काम गर्न सक्थे ?

प्रतिक्रिया