बर्छैनबाट बचेर आउँदा

डोटीको बोक्टान क्षेत्रमा व्यापक वन फडानी भइरहेको सुनेर हामी तीन पत्रकार २९ फागुनमा त्यसतर्फ लाग्यौ । बिपीनगरका लागि अत्तरियाबाट १० बजेको बस चढेर सोही साझ बर्छैन–४, गरबुजामा बसियो । गाउभरि पत्रकारको टोली वन फडानीको समाचार सङ्कलन गर्न आएका छन् भनेर हल्लीखल्ली भएछ । ३० गते बिहान उठ्न नपाउदै केही स्थानीयवासी हामीलाई भेट्न आए । हामीले उनीहरूसग वन फडानीबारे सोधीखोजी गर्‍यौ । सामुदायिक वनका नाममा काठ तस्करले खुलेआम साल, सिसौ, खयरका रूख काटेर वनै सिध्याइसकेका रैछन् । मोटरबाटाका लागि सामुदायिक वन समूहबाट पैसा उठाएर बाक्लो जङ्गल हुदै बिपीनगरदेखि चिसापानी (कर्णाली नदी)सम्म डोजर लगाएर बाटो बनाएका रहेछन् । यसले काठ तस्करी गर्न सजिलो भएको रहेछ । बिहानैदेखि असिनापानी परिरहदा पनि धमाधम स्थानीयवासी जम्मा भइरहेका थिए । उनीहरूको एउटै भनाइ थियो, ‘अहिलेसम्म यहा पुगेका पत्रकार, वन कर्मचारी र राजनीतिक दलका प्रतिनिधिजस्तै काठ तस्करको आर्थिक प्रभोलनमा परेर वन फडानीको कुरा ओझेलमा नपारिदिनु होला ।’ विगतमा यहा आएका अधिकांश व्यक्तिलाई काठ तस्करले मोटो रकम दिएर आङ्खनो पक्षमा पार्दारहेछन् ।
गाउलेसगको बसाइपछि १२ बजे खाना खाएर बढी वन फडानी भएको कालीमाटीतिर लाग्ने सोच बनायौ । तर, डेढ फिटसम्म असिना परेकाले १ बजे पुनः बिपीनगर फर्कियौ । साझ त्यहा मानिस एकआपसमा कानेखुसी गरेको सुनियो– ‘यी पत्रकार त अलि फरक रैछन् है ।’ हामीले नसुनेजस्तो गरेर केही मानिससग बढी वन फडानी भएको क्षेत्र र गोलिया लुकाइराखेको ठाउबारे बुझ्यौ । सोहीबमोजिम जाने ठाउ, सम्भावित घटना र काठ तस्करबाट बच्ने उपायबारे योजना बनायौ । १ चैतको बिहान बर्छैनको ठूलीगाडको बगरैबगर हुदै खरहर, कालीमाटीलगायत ठाउतिर लाग्यौ । यो बाटो जादा कैलालीको निगाली र खैराला गाविस हुदै वन फडानीको समाचार सङ्कलन गर्न पाइने भएकाले यही बाटो लाग्यौ । साथमा स्थानीय केशव बम, प्रेम कलेल र हेमन्त मन्नी पनि थिए । बाटामा हामीले बगर आसपास झाडीमा लुकाइराखेका सयौको सङ्ख्यामा खयर, साल, सिसौका गोलिया र चिरान गर्न राखिएका रूख र काठ देख्यौ । यी सबैको तस्बिर लिदै अगाडि बढ्यौ । मध्याह्न १२ बजेतिर खरहर पुगेर खाना खायौ र वन फडानीबारे केहीबेर स्थानीयवासीसग कुरा गर्‍यौ । हामी ठाडो उकालो चढेर कालीमाटी जादा त्यहा पनि वन फडानीको अवस्था उस्तै पायौ । सात बजे खरहर गाउमा पुगियो । काठ ठेकेदार तथा सामुदायिक वन समूहका अध्यक्ष नवराज विष्ट, जङ्गबहादुर नाम्जाली, रामबहादुर नाम्जालीले त्यही बस्न आग्रह गरे । हामीले भोलि धनगढी जानु छ आज जसरी पनि बिपीनगर पुग्नुपर्छ भन्यौ । केही काम भए भोलि बिपीनगरमा भेटौला भनेर हामी गन्तव्यतिर लाग्यौ । ठूलीगाडको बगरमा पुग्दा एक हूल मानिस हातमा लाठी र हतियारसगै तथानाम गाली गर्दै हामीतर्फ आइरहेका थिए । हामीले अब नदौडने बरु क्यामेराको मेमोरी र क्यासेट निकालेर सुरक्षित राख्ने निर्णय गर्‍यौ । करिब ४० जनाले नाराबाजी गर्दै हामीलाई चारैतिरबाट घेरा हाले । (यतिबेला साढे सात भएको थियो) । केहीबेरपछि उनीहरूका नाइकेका साथ धनबहादुर विक, रमेश सिमसेली र वीरबहादुर नाम्जाली पनि आइपुगे । र, हाम्रो क्यामेरा, डायरी खोज्न थाले । हामीले क्यामेरा दिन नसक्ने बताएपछि उनीहरूले हाम्रो वनजङ्गल र गाउठाउको फोटो खिच्न कसले अनुमति दियो भनेर प्रश्न गर्दै थिए ।
उनीहरूमध्ये एकजनाले नाइकेसग यिनीहरूलाई के गरौ भनेर आदेश माग्दै मलाई गाली गर्न थाले । त्यत्तिकैमा नवराज विष्टले मलाई एकान्तमा लगे । मेरो होसहवासै उड्यो । उनले पनि आज यतै बस्नुपर्ने बताए । मैले बरु हामीसगै बिपीनगर जाऊ र भोलि सगै खरहरमा आऊला भने । त्यसपछि उनीहरूले हामीलाई समाचार नलेख्ने, बिपीनगरमा घटनाबारे कसैलाई नभन्ने र भोलिपल्ट (२ फागुन) ११ बजेभित्र पुनः खरहरमा आएर उनीहरूसगै खाना खाने कसम खान लगाए । अन्यथा धनगढी, काठमाडौ जहा गए पनि ज्यान मार्ने धम्की दिए । मैले सोहीबमोजिम सहमति जनाए । ‘केटाहरू अहिलेलाई छाडिदेऊ, बाकी कुरा भोलि गरौला’ भनेर नाइकेले आदेश दिए । तत्कालै उनीहरूले हामीलाई छाडे । यतिबेला साढे नौ बजेको थियो । हामी डराई–डराई बगरैबगर बिपीनगरतर्फ लाग्यौ । मोबाइलले काम गरेपछि पत्रकार महासङ्घ, डोटीका सचिव मोहन शाहीलाई जानकारी गरायौ । घटनाबारे शाहीले प्रहरीलाई फोन गरेछन् तर बिपीनगर इलाका प्रहरी कार्यालयमा जनशक्ति कम भएकाले प्रहरी पठाउन नसकिने बरु इप्रकामै आउन भने । खोलाको बगरनजिक मानव बस्ती पनि थिएन । बाटामा अझ केही हुने हो कि भनेर अत्तालियौ । बाटो पनि खोलावारि–पारी गरेर हिड्नुपर्ने । पूरै कपडा भिज्दा पनि डरले चिसोको कुनै महसुस भएन । १२ बज्नै लाग्दा चारजनाको समूह ठूलो टर्च बालेर हामीतिर आयो । डरले हाम्रो होसहवास उड्यो । हामी नजिक पुग्दा त प्रहरी पो देखिए । अनि अब बा“चियो भनेर आखाबाट हर्षका आसु झरे ।

प्रतिक्रिया