न्यून धरौटीमा छाडिए अभियुक्त

दाङ, ११ चैत । कानुनमा उल्लेख भएभन्दा कम धरौटीमा लागुऔषध मुद्दाका अभियुक्त छाडिएपछि सरकारी वकिलहरू नै असन्तुष्ट भएका छन् ।
चार महिनाअघि तुलसीपुरबाट दुईसय ग्राम ब्राउन सुगरसहित पक्राउ परेका एम्बुलेन्स चालक निमलाल ज्ञवालीलाई जिल्ला अदालतले २५ हजार रुपिया धरौटीमा रिहा गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले १८ पुसमा ज्ञवालीलाई सिटमुनि लकाइराखेको ब्राउन सुगरसहित पक्राउ गरेको थियो । उनीसगै पक्राउ परेका सुनिल पुरी र छविकुमार केसीलाई अनुसन्धानका लागि थुनामा राख्न आदेश दिइएको छ । विशेष अदालत ऐन २०५९ को दफा ७ (ङ) बमोजिम थुनामा राख्न आदेश दिइएको स्रेस्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिए ।
लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार एकसय ग्रामभन्दा बढी ओसारपसारमा संलग्नलाई आजीवन कैद र पाचदेखि २५ लाख रुपिया सम्मको जरिवाना र २५ ग्रामभन्दा कममा संलग्नलाई पाच वर्षसम्म कैदको व्यवस्था छ । ज्ञवालीलाई कानुनमा उल्लेख भएभन्दा कम धरौटीमा रिहा गरिएपछि सरकारी वकिलले विरोध जनाएका छन् ।
बहसमा प्रतिवादीका तर्फबाट अधिवक्ता गोकर्ण डागी, पदम वैदिक र प्रवीण लम्सालले बहस गरेका थिए भने वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता धु्रवमणि ज्ञवाली सहभागी थिए ।
जिल्ला न्यायाधीश दयानाथ खरेलले कानुनी प्रमाण नपुगेकाले कम धरौटीमा रिहा गरिएको बताए । उनले आवश्यक कागजात प्राप्त भए पुनः अनुसन्धानको दायरामा ल्याइने जानकारी दिए ।
ब्राउन सुगर हेरोइनमा परिणत
जिल्ला प्रहरी कार्यालय दाङले ब्राउन सुगर भनेर सञ्चारमाध्यमलाई जानकारी गराए पनि बरामद गरिएको लागुऔषध हेरोइन भएको पाइएको छ । प्रहरीको केन्द्रीय प्रयोगशालाले खैरो रङको हेरोइन मात्र भएको पुष्टि गरेको हो ।
यसअघि प्रहरीले सञ्चारमाध्यमलाई नेपाल भारत मैत्री सङ्घको रा १ च २९० नम्बरको एम्बुलेन्समा सिटमुनि लुकाइएको दुई सयग्राम ब्राउन सुगर बरामद गरेको जानकारी दिएको थियो ।
ब्राउन सुगर प्रकरणमा प्रहरीको पनि चर्को विरोध भएको छ । ब्राउन सुगर प्रकरणमा मुछिएकालाई अदालतमा मुद्दा दायर गर्दा दुई सय ग्राम ब्राउन सुगरको परिमाण घटाएर १३ दशमलव ८ सय ९० मिलिग्राम बनाउन खोजेपछि प्रहरीले स्थानीयबाट चर्को दबाब सहनुपरेको थियो । सुरक्षा निकाय, जिल्ला अदालत, सरकारी वकिल कार्यालयबीच ब्राउन सुगरको विषयमा विवाद चुलिएपछि ब्राउन सुगर जा“चका लागि काठमाडौ केन्द्रीय कार्यालयमा परीक्षणका लागि पठाइएको थियो ।
ब्राउन सुगर प्रकरणमा दोषीलाई लुकाउन खोजिएको भन्दै इलाका प्रहरी कार्यालयका तत्कालीन इन्स्पेक्टर देवीप्रसाद पौडेललाई विभागीय कारवाहीस्वरुप सुर्खेत सरुवा गरिएको थियो ।

प्रतिक्रिया