२५ वर्ष पुगिन् कंगना

मुम्बईः बलिउड नायिका कंगना रनावतले आफ्नो २५औं जन्मदिन धुमधामसाथ मनाउने भएकी छन् । यसकै लागि भनेर उनले पेरिसबाट विशेष पहिरन ल्याएकी छन् ।
जन्मदिनमा विशेषगरी चार कुरा उनको दिमागमा आइरहन्छन् रे । ‘ती हुन्’, उनले एजेन्सीलाई भनिन्- ‘जन्म महिना मार्च, जन्मस्थान हिमाञ्चल प्रदेश, मन पर्ने दिन आइतबार र चलचित्रमा काम गर्न पाएको अवसर ।’
जन्मदिनमा उनका आफ्नै योजना छन् । उनका अनुसार बिहान परिवारसँग पूजाआजामा बिताउनेछिन् । दिनमा आमाले पकाएका मीठामीठा परिकार खानेछिन् भने बेलुकी साथीभाइलाई पार्टी दिनेछिन् । उनले एजेन्सीलाई भनिन्- ‘जन्मदिनमा धेरै मान्छेका बीच बसेर केक काट्न मलाई साह्रै आनन्द लाग्छ ।’
सन् २००६ मा ग्याङस्टारबाट अभिनययात्रा सुरू गरेकी कंगनाले चलचित्र फेसनबाट फिल्म फेएर अवार्ड तथा राष्ट्रिय अवार्डसमेत पाएकी छन् ।

प्रतिक्रिया