कारुणिक लघुकथा जिन्दगीको

खोपी खेलेजसरी कसैले फालेको एक रुपिया“को डबल फुत्त अगाडि आइपुग्छ । सडक किनारमा ‘वेदनाहरूको पसल’ थापेर बसेको एउटा कारुणिक अनुहार थोरै उज्यालिन्छ । उति चखिला हैनन् उसका दृष्टि तर पनि परपरसम्म तन्काएर हेर्ने प्रयास गरिरहन्छ– खल्तीबाट रुपिया“को डबल निकाल्ने सुरसार गरिरहेको अर्को मान्छे पनि देखिन्छ कि कतै ? त्यसभन्दा बढी अपेक्षा त गर्दैन पनि, किनकि उदारता बिर्सिएर ‘निर्मम’ बन्दै गइरहेका मनहरू उसले प्रशस्तै छामेको छ । मनहरूबाट मानवीय संवेदना ह्रास हुदै गइरहदा एक रुपियाकै डबल दिनेलाई पनि महान् ‘दातृ हृदय’ भन्न आदेश दिएको छ उसको मनले । यसरी फालिने हरेक ‘डबल’ ले खिस्रिक्क परिरहेका उसका चाहना अनि सपनालाई ब्युताउने ‘सञ्जीवनी’ बोेकेका हुन्छन् । जम्मा गरिएका बढीभन्दा बढी डबलको पोको प्रहार गरेर नजिकै आएर घरीघरी जिस्क्याइरहने ‘मृत्यु’ लाई केही पर धपाउने सपना बोकेको छ त्यो दीन याचकले । त्यसो त उसले बुझेकै हुनुपर्छ– महगीले नराम्ररी थला परेको काठमाडौमा आआङ्खना आवश्यकताको हैसियतअनुसार सबैजना पैसाकै आश गरिरहेका हुन्छन् । सहरी जीवन दिनदिनै सस्तिदै छ तर जीविका झन्–झन् महगो भएर जादै छ । फरक यत्ति हो– ऊ एक रुपियाको आश गर्छ, उसका ‘आशाका स्रोतहरू’चाहि हजारौ, लाखौको आश गर्छन् । तर, पनि बाटोमा हिडिरहेको कुनै एउटा नजर मात्र पनि आफूतिर फर्कंदा एकाएक आशाले न्यानो हुन्छ उसको आत । तर, खोइ ? लामो समय भइसक्यो, अर्को डबल फालिएकै छैन । मानिसहरू उसलाई वास्तै नगरी आङ्खनै उन्मत्त गफमा मस्त भएर बाटो लागे । नियतिका अगाडि निरीह बनेर फेरि भित्तामा अढेस लाग्यो, त्यो बूढो शरीर ।
जिन्दगीको यो कारुणिक लघुकथाभित्र आङ्खना यी दुर्बल भोगाइहरूको जोखाना हेरिरहेछन्, पूर्णबहादुर लामा । अगाडि डाक्टरी जाचका केही कागजपत्र छन् । डा. राकेश वर्मालाई पूर्णबहादुरको रोग जाच्ने जिम्मेवारीको छाप लगाइएको वीर अस्पतालको त्यो विवरणपत्रमा उल्लेख छः प्यासेन्ट नम्बर– १९५००७८, जन्म– १९९३ साल चैत ३ गते, ठेगाना– सिन्धुपाल्चोक ।
पूर्णबहादुरको शरीरबाट एउटा नली तन्कदै गएर नजिकैको कालो प्लास्टिकभित्र गुजमुजिएको छ । नलीको बीच भागमा केही पिसाब अड्किएको प्रस्टै देखिन्छ । ‘दुई वर्षअगाडि मलाई पिसाब अड्कने समस्या देखापर्‍यो, थोपै झरेन, साह्रै पीडा भयो,’ पूर्णबहादुरको आवाजमा आद्र्रता मिसिदै छ– ‘डाक्टरकहा गए, भित्रपट्टि मासु पलाएर थुन्निएको छ भने । अनि, शरीर प्वाल पारेर यही नलीबाट पिसाब निस्कने बनाइदिए । यो नली हटाएर पहिलेकै ठाउबाट पिसाब आउने बनाउन ८० हजार लाग्छ रे, कहाबाट ल्याउनु मैले ?’ ५ पैसा कप चिया खाने जमानाका उनका लागि ८० हजार रुपिया त कठोर पहाडजस्तै कहालीलाग्दो छ । त्यसैको अभावमा दुनियाका लागि रमिता बन्दै त्यो दुर्गन्धित नली हातमा बोकेर भौतारिन बाध्य छन् पूर्णबहादुर । नली राख्दा बनाइएको घाउ पाकेर दुखाइहरू झनै कष्टकर हु“दै छन्, जिन्दगीको माया झन्झन् बढ्दै छ । सिटी सेन्टरबाट धोबीधारा जाने बाटो, कुमारीहलको गेटमै पसारिएका छन् उनी । सडक साघुरो छ । एक–दुईवटा इटाका खात लगाएर बस्ने ठाउ छेकेका छन् । ‘के गर्नु बाबु, हुइक्याएर लिएर आउछन्, लेखान्तभन्दा पहिल्यै मारिदिन के बेर †’ उनले भने । नजिकैको औषधिको पोको फुकाए । ‘निकै धेरै एङ्जीका औषधि खानुपर्छ, महिनाको ३–४ हजार लाग्छ,’ उनको ‘स्तर’ ले नधान्ने ‘बौद्धिक’ शब्द उच्चारण गर्न खोजेका कारण अस्पष्ट लाग्दै थियो यो भनाइ । थोरै टिठलाग्दो पनि । अनि सबैले शिक्षा र स्वास्थ्योपचारको समान अधिकार पाउनुपर्ने मानवीय मान्यता यहा आएर ‘ङ्खलप’ खाएको देखिन्थ्यो । आकाशमा हेलिकोप्टर आउदा चामल फाल्ला कि भनेर बेतोडले दौडने ‘भोका सुडानीहरू’ लाई टिभीमा देख्दा मन चस्स बनाउने काठमाडौ बासीका आखा त्यस्तै अभावमा रहेका पूर्णबहादुरलाई देखेरचाहि सायदै रसाए होला । मानिसहरू मार्मिकता पनि सायद प्राविधिक माध्यमले विविध इफेक्टसहित विशेष किसिमले प्रस्तुत गरिए मात्र बुझ्न थालेका छन् । मानौ– नाङ्गा आखाले प्रत्यक्ष देख्न सकिने सडकमै लडिरहेका मार्मिक जिन्दगी त सबै झुटा हुन् । मर्मशून्य भइसकेका मनहरूका लागि पूरै निष्प्रभावी ।
नजिकैको कुमारी हलमा पूर्णबहादुरकै जस्तो कारुणिक कथा फिल्मी नाटक बनेर कयौ चोटि प्रदर्शित भइसक्यो होला । छेवैको रसियन कल्चरमा बेलाबखत मञ्चन हुने नाटकले पनि दर्शकलाई बाधिराख्न यस्तै–यस्तै कथावस्तु समेटिरहेको हुन्छ । ‘धनी’ सिटी सेन्टरभित्रको अत्याधुनिक बिग सिनेमाको त झन् कुरै गर्नु परेन । दर्शकहरू सयौं तिरेर लक्जरियस सिट अनि सोराउन्डिङ साउन्ड सिस्टममा बसी एउटा कृत्रिम घटनाका लागि दुखिरहेका हुन्छन् । ‘नाटकी’ अभिनेताको रुवाइसगै आसु बगाइरहेका हुन्छन् । निस्किएपछि गेटैमा पूर्णबहादुरको याचनाले उनीहरूको खुट्टा समाइरहेको हुन्छ तर युवतीहरू के–के न भएजसरी झस्कदै हठात् प्रेमीको हात समाएर आङ्खनो मूर्खतामा हास्दै अघि बढ्दा हुन् । पूर्णबहादुर हेरेको हेर्‍यै । त्रिपुरेश्वरस्थित दुई हजार रुपियाको भाडा तिर्नै धौ–धौ पर्ने कोठाबाट केही कमाउने आशा साचेर बिहान ९ बजे निस्किन्छन् उनी । यहा आइपुगेपछि ‘वेदनाको पसल’ पिmजाउछन् । ‘दुःख’ को मार्केटिङ गर्छन् । तर, कुनै खुद्रा मूल्य नतोकिएका उनको ‘वेदना’ एक रुपियामा बिक्न पनि मुस्किल छ ।
३० वर्षअघि पूर्णबहादुरको युवाजोसले एउटा दर्शन समातेको थियो– परिश्रम गरेर कमाउनुपर्छ, आङ्खनै पसिनाको भरमा सानले बाच्नुपर्छ । सिन्धुपाल्चोकको अलिअलि जग्गाजमिनले केही नलाग्ने देखे । अनि हान्निए, सपनाको सहर काठमाडौ तिर । वर्षौंसम्म का“क्रो, खर्बुजा बेचे । जति कमाए, त्यसैले जीवन धानिरहे । ‘गरौला–गरौला भन्दाभन्दै भ्यागुताको धार्नी नपुगेको उखानजस्तै हुदो रहेछ हामीजस्ताको परिश्रम,’ यतिखेर उनको जिन्दगीले अर्को दर्शन समातिसकेको थियो । एक्लो जीवन त धान्नै धौ–धौ छ, झन् त्यसमाथि… । सायद यसै कारण उनले बिहे पनि गरेनन् । समाजमा देखेका दृष्टान्तहरूले यो ‘गल्ती’ मा पछुतो हुन भने दिएका रहेनछन् उनलाई । ‘बिहे गरेकाले पनि केही गर्दैनन्, छोराछोरी भएर पनि पशुपतिको वृद्धाश्रममा कुजिएर बस्नुपरेकालाई के भन्ने त ?’ उनले भने– ‘यत्ति हो, काम गर्दागर्दै यो के रोग आइलाग्यो–आइलाग्यो, पैसाले नै नधान्ने । ठीक मात्रै हुन्थे भने खान पुग्ने पैसा त सायद म अझै पनि आफै कमाउदो हु ।’ सिन्धुपाल्चोकमा उनका आफन्त त होलान् नि ? भने, ‘छन् नि, तर के गर्नु चाडै मरिदिए भएको अलिअलि जग्गा पनि खान पाइन्थ्यो भनेर बसेका होलान् दाजुभाइ †’
आसु पनि तबसम्म बगिरहन्छ जबसम्म त्यसले अरूको मन पगाल्ने अर्थ राखिरहन्छ । जसरी– बच्चाबच्ची बाबुआमालाई पगाल्न आसु बगाउ“छन् । केही नभएर जिन्दगीबाट हारेका ‘बेसहारा’ हरू भगवान्लाई पगाल्न आसु बगाउछन् । जति रोए पनि नभएपछि आङ्खनै नियति देखेर आफैमाथि हास्न सुरु गर्छन् अनि दुनियाका अगाडि बहुला कहलिन्छन् । यत्तिका पीडाबीच पूर्णबहादुरले चाहि आसु बगाएनन् होला त ? पक्कै बगाए । अझैसम्म पनि अर्को रुपियाको डबल उनका अगाडि ङ्खयाकिएको छैन । तर, उनका निस्तेज आखाहरू आज ओभानै छन् । सायद उनको आत्माले अन्तिम दर्शन समातिसकेको छ । भन्दै थिए– ‘लेखान्तसम्म बाच्न पाइएला जस्तो त छैन बाबु, तर यस्तै हो, कसको के लाग्छ र † अब काल पर्खने बस्ने हो †’

प्रतिक्रिया