आर्यघाटः एउटा उदास क्यानभास

मृत्युको गरिमा र जीवनको महिमा बुझ्न म दनदनी बलिरहेको चिताको ज्वालाअघि उभिएको छु । यो जलिरहेको मान्छे अति साधारण जीव थियो । उसको नाम थियो रामसिंह घर्ती । उसले पशुपतिको वृद्धाश्रममा बसेर घाट कुरेको १० वर्ष बितेछ । कुनै वृद्धाश्रममा बस्ने बूढो अनायास मर्छ भने तत्काल पोलिदिनु नै वृद्धाश्रमको कर्तव्य हुन जान्छ । एकचोटि मुटुको गति र रगतको बेग थामिएपछि मानिस घिनलाग्दो र डरलाग्दो भएर पल्टिन्छ । केही छिनअघिसम्म ऊ यस्तै घिनलाग्दो देखिन्थ्यो ।
दाउरा दन्किइरहेछ । उसका निर्जीव हात, खुट्टा कक्रक्क परेका छन्, मानौ, ऊ चुपचाप आगो सहन गरिरहेछ, वा यसो भनौ, उसलाई आगोको रापले डाह भएकै छैन । कुनै परचक्रीको मृत्यु र लासको घिनलाग्दो दृश्यबाट उठेको छोटो भावनालाई म कसरी व्यक्त गरू ? त्यसको एक अंश पनि मेरो कवितामा आउन सके ? तर, कुनै लावारिस लासमाथि म किन कविता लेखू ?
०००
नामः नवराज प्याकुरेल । वर्षः ४० । घरः काभ्रे, फूलबारी । पेसाः लास पोल्नु । योचाहि त्यस मान्छेको परिचय हो, जो माथि मैले उल्लेख गरेको वृद्धाश्रममा बाचेर सदाका लागि निदाएको रामसिंह घर्तीलाई जलाइरहेछ । यो पनि एक अति साधारण मान्छेको कुरा हो, तपाईंहरूलाई लाग्दो हो बेकार यस्तो कुराको पनि कही कथा लेखिन्छ ? पृथ्वीबाट बिदा भएको मान्छेलाई आर्यघाटमा खरानी पार्नु उनका लागि अति साधारण कुरो हो । उनले हजारौ लास पोलिसके । अब काम गर्ने रहर छैन रे । ‘यही काम गरेरै ४० वर्ष लागे,’ उनी सुस्केरा हाल्छन् । सेतो धोती र सर्टमा भेटिएका उनले हरियो बा“सको घोचोले लासको बलिरहेको खुट्टामा ठ्वास्स पार्दै भने, ‘अब मलाई पनि बाच्ने मन छैन ।’ पहिले उनी व्यापार गर्थे । ‘दशा लागेर यस्तो काम गरिएछ,’ उनलाई यस्तै लाग्छ ।
शुक्रबार बिहान यो लेख लेख्दै गर्दा पशुपतिनाथको आर्यघाटमा उनको लास पोल्ने ड्युटी सुरु भएको छ । सायद उनी अनिदै छन्, मध्यरातसम्मै ड्युटीमा थिए होलान् । उनका बुबाले पनि यही पेसा रोजे र उनलाई हुर्काए । आर्यघाटमा भाग्य यसरी पोखियो कि उनी पनि लास जलाएरै जिन्दगी खोज्दै छन् । उनी कुनै बैरागी वा भिक्षु होइनन् । उनी त छोराछोरी र स्वास्नीको भोको पेट भर्न मसान कुरिरहेका छन् । उनीनजिकै जलिरहेको छ एउटी युवतीको लास । लासमा बासले ठ्यास्स हान्दै उनी फतफताउ“छन्, ‘नत्र यहा किन बस्नु ?’ उनका जीवनका पछिल्ला १५ वर्ष मानिस जलाएरै बिते । उनले १० वर्षको बालकदेखि १०० वर्षका वृद्धसम्म पोलेका छन् । कति पोले ? के हिसाबकिताब ? आर्यघाटमा आएका लास उनका लागि लास होइन, रोजीरोटीको माध्यम हो । उनलाई ‘यो संसार नाटक मात्रै हो’ भन्ने लाग्छ । कुनैबेला सेक्सपियरले पनि यस्तै भनेका थिए । ‘जन्मेपछि मर्नै पर्छ,’ उनी भन्छन्, ‘म पनि एक दिन मर्नेछु, मलाई पनि यसैगरी कसैले खरानी पार्नेछ ।’
जन्म, मृत्यु, आसु र हासो जीवनका संवेदना हुन् । तर, एउटा मानिस चितामा जलिरहेको हुन्छ, जलाउनेमा कुनै संवेदना छैन । सायद व्यवसायीकरणको सामाजिक यात्राले मानिस मृतकको अनुहारमा पनि पैसाको रङ देख्छ । आङ्खनो होस् वा पराई, फुस्स श्वास छोडेर चितामाथि धुवामा उड्दै जादा पनि एक दाना आसु गिराउदैन । मृत्युको संवेदनाभन्दा मानिसलाई पैसाले छोपेको छ । चिताबाट खरानी पखाल्ने बेलासम्म उसको मन दामको हिसाबमा झुम्मिएको हुन्छ, ‘अब एक हजार असी रुपिया पाक्यो ।’  
बेलाबेला उनी झनक्क रिसाउछन् । ‘भो जानुस्,’ अघिदेखि सोधखोज गरिरहेको मलाई हेरेर फेरि चितालाई घोच्छन्, ‘मेरो कुरा लेखेर के हुन्छ ? आङ्खनो दुःख जस्ताको तस्तै ।’ उनीजस्ता ३२ जना मानिसका लागि लास जलाउनु पेसा भएको छ, जो उनीहरूलाई पटक्कै मन पर्दैन तर के गर्नु, नगरी सुख छैन । उनलाई थाहा छैन, अहिलेसम्म कतिलाई
पोले ? ‘कहिले २०, २५ वटा लास आउछन्, कहिले ८, १० वटा, कतिलाई पोलियो कतिलाई ?’ एउटा मान्छे पोलेको १ हजार ८० रुपिया पाउ“छन् उनी । पहिले घाट व्यवसाय समितिको अफिसले लासधनीबाट पैसा लिन्छ । अनि, आफूले भष्म पारेका प्रत्येक लासका दरले साता सातामा उनले पैसा पाउछन् । एउटा लास जल्न २ देखि ५ घन्टासम्म लाग्छ ।
आफन्त र पराईको लास पोल्दा उनलाई कुनै फरक महसुस हुदैन । ‘बानी भइसक्यो, जसको लास पोल्नु पनि उस्तै हो ।’ उनले धेरैपटक देखेका छन्, आङ्खना पिताको मृत्यु भएपछि डङ्रङ्ग भुइमा पल्टिएको लास त्यसै छाडेर सम्पत्तिको बखेडा झिक्न थालेका छोराहरू । मान्छेले आङ्खनो अधिकतम सपना ‘पैसा कमाउने’ बनाएको छ र एक्लो बन्न थालेको छ । यस्तो बेला एउटा यहुदी उखान सम्झना आउछ– ‘धनीहरूले आङ्खनो सट्टा मर्नका लागि कसैलाई भाडामा लिन सक्ने भए गरिबले सानदार गुजारा गर्थे ।’ उमेर नपुगी आर्यघाट पुर्‍याइएकाहरू पनि धेरै हुन्छन् । उनले अल्पायुमा मरेका थुप्रै प्रकारका लास देखे । कोही टाइफाइड भएर, कोही अत्यधिक दारु खाएर, कोही जन्डिस हुदा पनि खसीको मासु खाएर, कोही ब्लडप्रेसर ह्वात्तै बढेर, कोही हार्ट अट्याक भएर, कोही न्युमोनिया भएका बेला टन्न बिजुलीपानी पिएर अनि कोहीचाहि बाटोमा हिड्दा–हिड्दै गाडीले ठक्कर दिएर मरेका ।
उनको जिन्दगीको यो कथा कति अरूसग मिल्दो होला, कति नमिल्दो पनि । बिलकुलै बेढङ्गका यी नायक भने कही कोहीसग अमिल्दो रहे– जीवनशैलीमा । उनले मान्छेको अन्तिम प्रस्थानविन्दुलाई नै जीवन–डायरी बनाएका छन् ।
०००
जिन्दगीको अन्तिम सत्य हेर्दै छु आर्यघाटमा । आजै, भोलि वा अरू कुनै बेला, म पनि यसरी नै यहा“ ल्याइनेछु । मेरो अन्तिम बिदाइका लागि को–को आउलान् …? ‘हु केयर्स ?’
घाट भग्न पाटीझै उदास र मौन छ । घाटमा भेटिएका लास पोलिरहेका मान्छे पनि उदास छन् । घाटका पाटी र कुरुवा–घरहरूको विशेषता अर्कै छ । कतै उप्किएका प्लास्टर, उडेर टाटैटाटा देखिने सेता रङले पोतिएका सानासाना घरहरू । यी ‘कुरुवा–घर’ बागमतीका घाट चहार्ने फिरङ्गीजस्तै देखिन्छन्, संसारदेखि मुक्त भएर मैलोथैलो पहिरनमा । रामनामी ओडेर ‘ओम् नमो शिवाय’ भन्दै जटाधारी फुस्रा बाबासामु चिलिम तान्दै मस्त रहेजस्ता । भनू आर्यघाटको यही स्वच्छन्दता नै जोगीहरूलाई आकर्षित गर्न पर्याप्त छ । मानौ, यहा सदियौदेखि लामो सन्नाटा छाएको छ ।
लास जलिरहेको चितामुनिको गन्हाउने बागमतीमा चाहि“ केही दुःखी जीवहरू छन् जो केही सिक्का र लासबाट यदाकदा खसेको ‘सुन’ खोज्ने प्रयत्नमा ‘नर्क’ भन्न सुहाउने फोहोरमा हेलिएका छन् । कुनै बेला पूजा गरिने बागमती ‘ढलमति’ बनेको वर्षौं भयो । समयले बागमतीलाई धमिल्याउदै लग्यो र यो चाउरिदै गयो ।
०००
चर्को रुवाइले मेरो ध्यान आकर्षित गर्‍यो । आर्यघाटमा कसैको लास आइपुगेछ । दुईजनाले वरपरबाट समाएर एउटा युवकलाई सम्झाइरहेका छन्, ऊ चिच्याइरहेको छ । ब्रह्मनालमा सुताइएको वृद्धका दुवै गाला चाउरिएर स्याप्प सुकेका छन् । नाडीको छाला हड्डीसगै ट्याप्प टा“सिएको छ । आखाका डिलमा परेका गहिरागहिरा खोपिल्टाले अनुहारको पोष लुछेका छन्, कुर्कुच्चा धाजाधाजा परेर फाटेका छन् ।
वृद्ध घिटिघिटी गरिरहेको छ । एकैछिनमा चिसो पानीमा डुबाइएको खुट्टा उसले तनक्क तन्कायो । (मृतकको पल्स अर्थात् नाडी केही मात्रामा शरीरमै अड्केको हुन्छ र यस्तो समयमा उसको खुट्टा चिसो पानीमा डुबायो भने त्यो पल्स पनि शरीरबाट मुक्त हुन्छ भन्ने मान्यता छ ।) आर्यघाटमै मर्न पाएकोमा सायद ऊ आफूलाई धन्य ठानिरहेको थियो । शरीरबाट सासले छाडेको पक्का भएपछि सामान्य परम्परागत प्रक्रियापश्चात् उसलाई पनि चितामा राखियो …।
०००
कसैले भन्न सक्दैनन्– मरेपछि जीवन हुन्छ कि हुदैन ? विज्ञान जीवनलाई वीर्य र रज मिलेर बनेको जैविक संयोग मात्र ठान्छ र ‘मृत्यु’ लाई नै अन्त्य मान्छ । धर्मले चाहि मृत्युलाई ‘पदार्थ र चेतनाको संयोग’ मान्छ । हिन्दुहरू मोक्षमा विश्वास गर्छन्, शरीर हुन्जेल त्यसलाई आत्माको मोह हुन्छ । आत्मा शरीरकै वरिपरि घुमिरहे मोक्षमा बाधा हुन्छ, त्यसैले जलाउनुपरेको, त्यसैले आर्यघाट जागा भएको, आकाशमा नुनिलो र मान्छे डढेको बेस्वादिलो धुवा मडारिएको ।
०००
साझको ७ बजिसकेको छ । यहाबाट डेग चल्न मन छैन । क्रमशः एकपछि अर्को चिता जल्दै छन् । आर्यघाट कति बिजी ? मान्छे मरिसकेपछि पनि लाइनमा बस्नुपर्ने ? दिउसैदेखि यहा आएका केटाकेटीहरू बागमतीको किनारमा सिक्का खोज्दै छन्, सुन खोज्दै छन् । सुन पाउलान् कि नाइ“ यिनीहरूले ? दनदनी जलिरहेको चितामुनि भाग्य खोजीको यो शृङ्खला कहिले टुङ्गिएला ?
वतावरणले नुनिलो र पिरो धुवा फालिरहेको छ । फेरि, अर्को लास आइपुगेछ । लास आउने क्रम रोकिएको छैन । अहो, कस्तो गतिशीलता, जन्मने र मर्नेहरूको ? फेरि रुवाइ… फेरि चर्को डाको …। मानौ“, यो मर्नेहरूको र पोल्नेहरूको एउटा फेक्ट्री हो, जहाबाट उत्पादन भइरहेछन् लासहरू । तर, लास जलाउने पेसा अगालेर आङ्खनो र परिवारको सामाजिक इज्जत जोगाइरहेका नवराज प्याकुरेललाई केही फरक परेको छैन । त्यस दिन मात्र उनलाई फरक पर्ला, जुन दिन उनी पनि आङ्खनो कर्मथलोमा आफै निर्जीव भएर आउनेछन् ।

प्रतिक्रिया