चुनावको मनस्थितिमा मधेसवादी दल

काठमाडौं, १० चैत । आगामी १४ जेठसम्म संविधान बनेन भने नया“ चुनावमा जाने मानसिकतामा अधिकांश मधेसवादी दलका नेता पुगेका छन् । संयुक्त लोकतान्त्रिक  मधेसी मोर्चामा रहेका सबैभन्दा ठूला दल मधेसी जनअधिकार फोरम
(लोकतान्त्रिक) र सद्भावना पार्टी स्पष्ट रूपमै चुनावको पक्षमा उभिसकेका छन् ।
मधेसवादी दलका बैठकमा  आगामी  १४ जेठपछिको अवस्थाबारे बारम्बार कुरा उठ्ने गर्छ । पछिल्लो मधेसी मोर्चाको बैठकमा पनि यो विषयमाथि छलफल भएको थियो । चुनावमा जाने कि संविधानसभाको म्याद भप्ने भन्ने विषयमा नेताहरूको फरक–फरक धारणा आए । तर, बैठकपछि भने सङ्घीयता र स्वायत्त मधेस, प्रदेशको मागलाई सम्बोधन गर्नेगरी १४ जेठमै संविधान जारी गर्नुपर्ने निर्णय सुनाइयो ।
आन्तरिक रूपमा चाहि मधेसवादी दलले चुनावको मनस्थिति बनाइसकेको देखिन्छ । मधेसी मोर्चाले यही १८ चैतमा काठमाडौ“मा गर्न लागेको आमसभा पनि चुनावकै अभियानस्वरूप भएको मधेसवादी दलका नेताले बतँएका छन् । सद्भावना पार्टीले पहिलोपटक संविधानसभाको म्याद थप गर्ने बेला नै नया“ चुनावमा जानुपर्ने र संविधानसभाको म्याद थप्न नहुने अडान राखेको थियो । सद्भावना पार्टी, तमलोपा, फोरम नेपाललगायत मधेसवादी दल चुनावलाई ध्यानमा राखी सङ्गठन विस्तार अभियानमा लागिसकेका छन् ।
सद्भावना र तमलोपा महाधिवेशन पनि गर्ने तयारीमा छन् । सद्भावनाले महाधिवेशनको तिथिसमेत तोकिसकेको छ । ‘अब फेरि संविधानसभाको म्याद थप्ने प्रश्न नै आउ“दैन । अब हामी नया“ चुनावमा जानुपर्छ,’ फोरम (लोकतान्त्रिक)संसदीय दलका उपनेता शरत्सिंह भण्डारीले भने, ‘अब पनि म्याद थप्नु भनेको जनताको भावनामाथि कुठाराघात गर्नु हो । जनताले सध“ैका लागि म्यान्डेट दिएका होइनन् ।’
फोरम नेपाल र तमलोपाका नेता भने चुनावको पक्षमा अझै उभिएका छैनन् । उनीहरू चुनावबाट समस्या सामधान नहुने तर्क राख्छन् । ‘चुनावको घोषणा गरेर समस्या समाधान हु“दैन । चुनावपछि निर्माण हुने संविधानसभाले संविधान दिन्छ भन्ने आधार छैन,’ फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘आगामी १४ जेठमै सङ्घीयतासहितको संविधान जारी हुनुपर्छ भन्ने पक्षमा हामी लाग्नुपर्छ । चुनावको प्रसङ्ग अहिले ननिकाला“ैं ।’ अहिले संविधान जारी नगर्ने, सङ्घीयतासहितको संविधान नबनाउने या ०४६ सालको संविधान उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै यादवले यी तीनवटै षड्यन्त्रलाई रोक्नुपर्नेमा जोड दिए ।
यस्तै धारणा तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीको पनि छ । उनी चुनावको विपक्षमा छन् । ‘फेरि चुनाव भयो भने चुनावपछि आउने नेताहरू  यिनीहरू नै हुन्, जनता उही हुन् र प्रवृत्ति पनि उही हो । फरक के छ ?’ त्रिपाठी भन्छन्, ‘चुनाव समस्याको समाधान होइन । अहिलेको संविधानसभाले बनाउन नसकेको संविधान अब निर्माण हुने संविधानसभाले बनाउने आधार के छ ?’
तर, सद्भावना  पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण भने १४ जेठमा संविधान बनेन भने चुनाव मात्र एक बाटो भएको बताउ“छन् । ‘१४ जेठमा संविधान बनेन भने संविधानसभाका लागि अर्को चुनाव हुनुपर्छ,’ कर्ण भन्छन् । यस्तै भनाइ लोकतान्त्रिक(फोरम)का वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवको छ । ‘१४ जेठमा संविधान बनेन भने  चुनावमा जानैपर्छ । कहिलेसम्म यो संविधानसभालाई कायम राख्ने ?’ यादव भन्छन् ।

प्रतिक्रिया