रमाइला शिक्षक रमाइलै विद्यार्थी

निजी कलेज, त्यसमा पनि विज्ञान विषय । विषयजत्तिकै कडा हुन्छ कलेजको नियम पनि । ठीक समयमा उपस्थित हुनु, कक्षा र प्रगोगशालामा ध्यान दिएर बस्नु, निर्धारित समयमै असाइन्मेन्ट बुझाउनु आदि–आदि सतर्कता । यतिका नियम, बाध्यता र अनुशासनका बीच पनि कलेज जिन्दगी त खुलेरै जिउन पर्‍यो नि । साथीसग मस्ती नगरी रमाइलो कहा हुन्छ र फेरि ? अनि गफगाफको विषय बन्न थाल्छन्– आङ्खनै शिक्षक–शिक्षिका र उनीहरूले पढाउने शैली । क्यास्पियन भ्याली कलेज, कुमारीपाटीमा कक्षा १२ मा विज्ञान सङ्काय पढिरहेकी १७ वर्षीया कृपा राजोपाध्याय साथीहरूका साथ शिक्षकशिक्षिकाका ‘निक नेम’ राखेर कुरा गर्दा मज्जा मान्छिन् । आफू पनि हास्छिन्, साथीलाई पनि ह“साउ“छिन् । सोधियो– यसरी नाम राखेको थाहा पाउदा सर–म्याम रिसाउदैनन् त ?  कीर्तिपुरकी १७ वर्षीया रोस्लिना महर्जनले हास्दै जवाफ दिइन्– ‘अ.. थाहा भयो भने त सक्की गो नि, हामी केही साथीबीच मात्रै सीमित हुन्छ, कोड नेम । अरू साथीलाई नि थाहा हुन्न ।’
हरेक कलेजको वातावरण प्रायः यस्तै हुन्छ । कलेजमा अनुशासन कायम गर्न एक हट्टाकट्टा डिए राख्ने चलन चलेको छ । डिए नराखे कलेज बिग्रने सोच व्यवस्थापनको हुन्छ । अनुशासनका नाममा वातावरण अलिअलि साघुरो हुने भए पनि क्यास्पियनका विद्यार्थी डिएप्रति सकारात्मक नै छन् । अन्यथा कलेजको अनुशासन लथालिङ्ग हुने उनीहरूको पनि बुझाइ छ ।  ‘नत्र त सरकारी कलेजको जस्तै हालत भइहाल्छ नि’ –बैतडीका १८ वर्षीय रवीन्द्र चन्दले धारणा राखे । विज्ञान सङ्कायलाई अरूका तुलनामा अलि बढी समय दिनुपर्ने र विद्यार्थीले पनि बढी मेहनत गर्नुपर्ने हुन्छ । धैर्य राख्नुपर्ने हुन्छ । विद्यालयका अनुशासनभित्र कजिएपछि अरू पनि थुप्रै रहरलाई घरमै थन्क्याएर जानुपर्ने हुन्छ । रुकुमका १५ वर्षीय आधार ओलीलाई कपाल पाल्ने रहर थियो, तर कलेजको नियममा बा“धिनुपरेपछि उनले नकाटी सुखै पाएनन् । ‘अलिअलि कडा त ठीकै हो, तर धेरैचाहि नगरिदिए हुन्थ्यो’, शङ्खमूलका १७ वर्षीय सजीव केसीले दुखेसो पोखिहाले । आधारले थपे– ‘एकैदिनमा तीन पटकसम्म कोअर्डिनेटरको गाली खान पर्‍यो ।’ अरू गलल्ल हासे । कलेजमा भएका कुरा, घटनाबारे साथीहरूसग सेयर गर्नुबाट पनि उनीहरूले रमाइलो लिइरहेका हुन्छन् । कीर्तिपुरकी १८ वर्षीया नम्रता कार्की भन्छिन्– ‘यसो गर्दा निक्कै मजा आउछ ।’ उता कृपा त झन् अरू साथीलाई पनि त्यस्ता रमाइला प्रसङ्गहरू एसएमएसबाट पठाएर अपडेट गराउदी रहिछन् । यस्ता कुरामा प्रायः शिक्षकशिक्षिकाकै प्रसङ्ग बढी हुन्छन्, त्यसपछि मात्रै पढाइका कुरा ।
त्यो त क्यास्पियनका यी विद्यार्थीलाई भने शिक्षकले साथीजस्तै व्यवहार गर्छन् रे । उनीहरू पनि शिक्षकसग मज्जाले खुलेर आङ्खना कुरा राख्छन् । रोस्लिना भन्छिन्– ‘नियम, अनुशासन आङ्खनो ठाउमा छदै छ, तापनि हामी शिक्षकसग रमाइरहेका छौ ।’  कतिपय शिक्षक त कक्षामा नाच्दै, जिस्कदै पढाउछन् रे † विद्यार्थीका समस्या र मनोविज्ञान बुझेर त्यहीअनुसार व्यवहार देखाउने नै असल शिक्षक हुन सक्ने यी विद्यार्थीको ठम्याइ छ । त्यसैले उनीहरू शिक्षकसग साथीजस्तै व्यवहार गर्छन् र शिक्षकबाट पनि त्यस्तै अपेक्षा । शिक्षक सुरज पाण्डे उनीहरूसगै थिए । सजीवले ठट्टा गरे– ‘कहिलेकाही गल्ती गर्दा सुरज सरसम्म पनि पुग्नुपर्छ, उहाले पिट्न बेर छैन ।’ सुरज सर मुसुक्क हासे । ल्याबमा काम गर्दा सामान फुटाउनाको मजादेखि त्यसको क्षतिपूर्ति तिर्दाको अवस्थासम्म यी विद्यार्थीले सम्झिरहेका छन् । उनीहरू चाडै नै प्लस टुको पढाइ सक्दै छन् । तर, दिमागभरि कलेज घुमिरहेको छ । सम्झिरहेका छन् कलेजका साथीजस्तै शिक्षक । तीव्र गतिमा कलेजको गाडी हाक्ने ‘पाइलट’ उपनाम पाएका ड्राइभर दाइ । सधै गेटमा हासेर स्वागतमा उभिएका पालेदाइ अनि कक्षाको झ्यालबाट देखिने पल्लो घरको बिरालो ।

प्रतिक्रिया