जनकपुरमा अनिश्चितकालिन बस बन्द

जनकपुर, ९ चैत । जनकपुर अञ्चलका बस चालकहरुले शान्ति सुरक्षा सहित दुर्घटनाका कारण पक्राउ परेका चालकको रिहाई माग गर्दै आजदेखि अनिश्चितकालिन बस बन्द गराएका छन् ।

स्थानीय प्रहरी प्रशासनले ना. ३ .ख. ३४०७ नम्बरको बस दुर्घटनाका चालक दिनेश चौधरीलाई मिसिल विपरित यातायात व्यवस्था ऐन १६१(२) को अभियोग लगाई विगत चार महिनादेखि थुनामा राखेको बिरोधमा उनीहरुले बस सञ्चालन गर्न अबरोध गरेका हुन् । उनीहरुले अविलम्ब चालक चौधरीको रिहाईको मागपनि गरेका छन् ।

ब्रेक फेल भएर दुर्घटना भएकाले बस चालक चौधरीलाई यातायात व्यवस्था ऐन १६१(३) बमोजिम सामान्य कारबाही हुनुपर्ने माग चालकहरुको छ ।

सम्बन्धित निकायले आफूहरुको मागप्रति ध्यान नदिएको भन्दै बाध्य भएर अनिश्चितकालिन बस बन्द गराएको चालकहरुले जनाएका छन् ।

त्यस्तै सिन्धुलीको झांगाझोली रिठेभिरमा स्टेरिंग फेल भई भएको दुर्घटनामा बस चालकलाई कानून विपरित दुई बर्षको कैद गर्नुपर्ने जिल्ला अदालतको निर्णलाई समेत सच्याउनु पर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया