राई सुन्दरी छानिने

काठमाडौः किरात राई मौलिक कला सांस्कृतिक केन्द्रले राई युवतीमा निहित सौन्दर्यप्रतिभा उजागर गर्ने उद्देश्यले मिस राई-२०१२ आयोजना गर्ने भएको छ । प्रतियोगितामा १६ देखि २५ वर्षसम्मका राई युवतीले सहभागिता जनाउन सक्ने आयोजकले जानकारी गराए । त्यसैगरी प्रतियोगीका अन्य प्रावधानमा अविवाहित हुनुपर्ने, उचाइ कम्तीमा ५ फिट र एसएलसी उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने उल्लेख छ । यसका लागि देशभरका तीन स्थानबाट प्रतियोगी छनोट गर्ने व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ । २६ चैतमा धरानमा, २७ दमकमा र ३० राजधानीमा छनोट चरण गरिने केन्द्रका अध्यक्ष सुवास चाम्लिङ राईले बताएका छन् । विजेता राईसुन्दरीलाई आकर्षक नगद उपहारसँगै, ताज र प्रमाणपत्र प्रदान गरिनाका साथै किरात राई सद्भावना दूत घोषणा गरिने उनले जानकारी गराए । यसअघि अन्य जातीय सौन्दर्य प्रतियोगिता थुप्रै हुँदै आए पनि राई युवतीको सौन्दर्य प्रतियोगिता भने पहिलेचोटि हुन लागेको अयोजकको दाबी छ ।

प्रतिक्रिया