कवितामा जलवायु समस्या

काभ्रेः मार्च २१ विश्व कविता दिवसको अवसर पारी बुधबार काभ्रेको बनेपास्थित आजाद उच्च माध्यमिक विद्यालयमा जिल्लास्तरीय कविता प्रतियोगिता आयोजना गरिएको छ ।
‘प्राकृतिक प्रकोप र जलवायु परिवर्तन’ विषयक कविता प्रतियोगितामा जिल्लाका ३० माध्यमिक विद्यालयका विद्यार्थी सहभागी थिए । नेपालमै युनेस्कोआबद्ध विद्यालय सञ्जाल -एयस्पी नेट) को आयोजना र आजाद उच्च मावि बनेपाको संयोजनमा उक्त कार्यक्रम भएको थियो । विद्यार्थीले प्राकृतिक प्रकोप र जलवायुका विषयमा दैनिक भोगेका विषयलाई कवितामा उतारेका थिए । कार्यक्रममा युनेस्कोका सचिव ध्रुवप्रसाद रेग्मी, एयस्पी नेटका अध्यक्ष भोलाप्रसाद थपलिया, सचिव महेश्वर शर्मा, शिक्षा मन्त्रालयका राजुबाबु पुडासैनीलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया