सडकमा लडिरहेकी आमा

पटपटी फुटेका ओठ अनि मुखभरि घाउ नै घाउ । सेताम्मे कपाल । तेज उडेको अनुहारले बताइरहेछ– पक्कै राम्ररी खान नपाएको धेरै दिन भइसक्यो । शरीर सामान्य हावा–पानीले नै हल्लाउने पो हो कि ? तर, ओत लाग्ने ठाउ कहा छ र ? दिन होस् कि रात, सधै सडककै छेउमा । देख्नेका आखाले एक छिन रमिता मान्ला तर वेदनात्मक अनुभूति मनसम्म सायदै पुर्‍याउला । त्यसैले त एक्ली छन् उनी, ‘असङ्ख्य’ जनसङ्ख्याको भिडमा पनि ।
आङ्खनो उमेर ५६ वर्ष बताउ छिन्, तर सत्तरी कटेझै देखिन्छिन्, रमा थापा । अनि बेसहारा बनेर बिजुलीबजारछेउ (राजधानी फास्टफुडसगै) को सडक ओछ्याइरहेकी छन् । उनका छोरा नभएका होइनन् तर ती ‘आङ्खना’ भएनन् रे । लामो सास तानेर पछुतो मानेझै गरिन् उनले– ‘के थाहा, छोरालाई विश्वास गर्दा सडकको जिन्दगी जिउनुपर्छ भनेर †
देशको राजनीति, मान्छेको भिडभाड, कोलाहल, राम्रो नराम्रो व्यवहार सबै नियालिरहेकी हुन्छिन् उनी नजिकबाट । ती सबैका अर्थ उनको दिमागले ठम्याउला नठम्याउला त्यो अर्कै कुरा । त्यो उनको चासो पनि होइन । जिन्दगी अनि यसले जन्माउने सम्बन्धहरूले जिस्क्याइरहेको अनुभूति गरेकी उनी केवल मृत्यु पर्खिरहेकी छिन् रे † भक्कानिन्छिन्– ‘किन आउ दैन मलाई काल †’
कुनै–कुनै अवस्थामा छोटो अवधिका भोक र प्यासले पनि जिन्दगीलाई रमाइलो बनाइरहेका हुन्छन्, आफन्तहरूको माया पाइन्छ भने । तर, उनका सम्पूर्ण रमाइला अभावैअभावले लुछिसकेको छ । भोक र प्यास डरलाग्दो ‘भूत’ बनेर उनको आ“त हल्लाइरहन्छ हरेक पल । खिइ“दै गरेको जिन्दगी अनि साघुरिदै गरेको स्मृतिबीच उनका चाहना पनि सा“घुरिएका छन्– थोरै भात अनि निद्रा पर्ने ओछ्यान मात्र भए पनि पुग्थ्यो † तर, नाङ्लामा बेच्न राखेका थोरै सामानले उनको यो चाहना पूरा गर्ने सामथ्र्य राख्दैनन् । न त नजिकैको रुखो सडकले उनको यो चाहना पूरा गर्न सक्छ ? सडकवरिपरि घर हुनेको मन सडकभन्दा पनि रुखो हुदै जादै छ । कसरी यो अवस्थामा आइपुगिन् त उनी ? उनको वेदनाको पन्तरो यसरी असरल्ल पोखियो
चन्द्रनिगाहपुर, नया“रोडमा जन्मिएकी म काठमाडौ आएको ३० वर्ष भयो । २८ सालमा किशोर थापासग बिहे भएको । पुख्र्यौली घर डिल्लीबजारमा थियो । हामीचाहि त्यहा बस्दैनथ्यौ ।
श्रीमान् बानेश्वरको एभरेस्ट होटलमा काम गर्थे । धेरै रक्सी खाएर कलेजो बिग्रिएपछि ०५८ साउन १२ गते मरे । त्यसपछि मैले कहिल्यै सुख पाइन । आफैले जन्माएका छोरा शत्रु बने । किरियाखर्चका लागि पनि अरूको भर पर्नुपर्‍यो । सबैले अलिअलि दिए । सबैभन्दा बढी माहिला ससुराका छोरा जर्नेल राजेन्द्र थापाले दिए, ५० हजार । उहाहरूको गुण म कहिल्यै बिर्सन्न । मेरा छोराहरूले चाहि कुकुरले नपाएको दुःख पाऊन्, भगवान्ले देखेका छन् मेरो हालत ।
मेरा दुई छोरा छन् । एउटी छोरी ८ महिनामा मरी । बरु त्यो बाचेकी भए अहिले यति दुःख बेहोर्नु पर्दैनथ्यो कि † छोरो रवि थापा पुलिस छ । अर्को छोरो सन्तोष न्युरोडको कुनचाहि बैंकमा जागिरे छ । दुवैका बच्चाबच्ची छन् ।
बुबा खड्गबहादुर केसी सर्लाहीस्थित गाउको स्कुलमा प्रधानाध्यापक हुनुहुन्थ्यो । म ६ कक्षा पढ्दा मेरो बिहे भयो । हेडसरकी छोरी, हेडसरकी बुहारी भनेर गाउ घरमा निकै चर्चा भयो । हामी दुई भाइ र तीन दिदीबहिनी थियौ“ । बुबाले त्यति बेला पनि पाच पाच कट्ठा जमिन हामीलाई अंश दिनुभएको थियो । ०४८ सालमा श्रीमान् त्यो बेचेर काठमाडौ आए ।
श्रीमान् मरेपछि देवरहरूले बौद्ध, थलीमा चार चार आना जग्गा दिए । किरिया गर्दागर्दै छोराहरूले आङ्खनो नाममा पास गरिदेऊ भने । पिता मरेको १३ दिन पुगेको छैन, सम्पत्तिकै लागि कर गरिरहे । किरिया सकिएको भोलिपल्टै पास गरिदिए । सम्पत्ति हात परेको भोलिपल्टै कता गए कता ? मलाई वास्तै गरेनन् ।
आङ्खनैले छाडिदिएपछि एक्लै बुद्धनगरमा बस्न थाले । पहिला कोठाको भाडा एक सय ५० रुपिया थियो, अहिले दुई हजार भयो । त्यति पैसा मैले कहाबाट ल्याउनु † तीन वर्ष भयो, यही पेटीमा बस्न थालेकी छु । पेटीबाट आङ्खना सबै सामान चोरेर लगिदिन्छन् । पुस–माघमा खपिनसक्नु जाडो हुन्छ । वर्षामा भिजेर सुत्न सकिदैन । रातभरि खातेहरूले सताएर हैरान पार्छन् । जिन्दगी सम्झेर निद्रामा पनि झस्किरहन्छु । कतिचोटि पेटीबाट तल लडेकी छु । मुखभरि चोटैचोट, दात पनि भाच्चिएछ ।
माइतीतिरकाले ‘यसपालि दसैमा आउनू है’ भनेका थिए । जानलाई पैसा सगालेकी थिए, खातेहरूले लुटिहाले । माइत जान नपाएपछि सासूको याद आयो । उनको हातबाट टीका थाप्न मन लाग्यो । घर खोज्दै डिल्लीबजारतिर गए । त्यति बेलाको घर के चिन्न सकिन्थ्यो ? बाटै थाहा पाइन, फर्कें ।
मङ्गलबार हनुमानस्थान–गणेश मन्दिरमा जान्छु । त्यहा आउनेले पैसा र खानेकुरा दिन्छन् । केही बचत हुन्छ । बाकी दिनमा पुग–नपुग चार सय रुपियाको सामान नाङ्लामा फिजाएर कसैले किन्लान् कि भनेर आश गरेर बस्छु, रातोभाले अगाडि । तर, खानै पुग्दैन  ।
तीन दिनमा एक छाक भातमात्र खान्छु, कहिलेकाही त त्यो पनि पाइदैन । साझ त सधै भोकै नै हो । एक छाकको सय रुपिया भन्छन्, कहाबाट ल्याउनु त्यत्रो पैसा । चिया पनि पन्ध्र रुपिया भन्छन् । कहिलेकाही यो पनि नखाऊ कि जस्तो लाग्छ ।
सञ्चो नहुदा एक दिन छेउमै रहेको राजधानी फास्टफुडमा गए । दस रुपिया“मा चिया पाइ“दैन भन्दै वेटरले बाहिर निकाले । त्यहाबाट मीठोमीठो बास्ना आउछ, बिसन्चो भएर भोकै–प्यासै लडिरहेकी म थुक निल्छु, बस्छु । के गर्नु ?
जेठोको घर बौद्ध–थलीमा छ । के काम त्यो घर, जहा आमा अट्दिन । आमालाई किन दुःख दिएको भनेर मानिसले सोध्दा ‘कान्छी आमा हो’ भन्यो रे । आफैले जन्माएको छोराले त्यसो भन्दा किन पिर नलागोस् ? मर्ने बेला श्रीमान्ले ‘आमालाई दुःख नदिए है’ भनेर छोरालाई सम्झाएका थिए, उल्टो पो बुझिदिएछन् ।
अर्को छोरो यतै नया बानेश्वरमा बस्छ रे † बागबजारमा मैले महिनाको दुई सय रुपियाको जागिर खाएकी थिए । त्यो पैसाले किनेको ६ तोला सुन र अरू सामान पनि उसैले लग्यो । एक वर्ष भो ‘भेट नभाको ।’ छोरालाई बोर्डिङमा पढाएको छ भन्ने सुन्छु । मेरो यहा पेट भोको छ । यो बाटै हिड्न छाड्यो अचेल । साला स्वास्नीका पुच्छर †

प्रतिक्रिया