प्रशासनिक सर्जक, सिर्जनात्मक प्रशासक

‘आङ्खनो ठाउबाट ‘हरेक’ले निष्ठापूर्वक ‘आङ्खनो काम’ गरिदिने हो भने कसैले मुलुक बनाउनु पर्दैन ।’ यो मूल मान्यता हो, नेपाल सरकारका सचिव शङ्करप्रसाद कोइरालाको । २५ वर्षअघि उद्योग मन्त्रालयबाट शाखाअधिकृतका रूपमा सरकारी सेवामा प्रवेश गरेका हुन् कोइरालाले । विक्रम संवत् २०२० असार २ गते भोजपुर सदरमुकाम नजिकैको पोखरे गाउमा जन्मिएका कोइरालामा ‘यही बन्छु’ भन्ने खास केही सपना थिएन ।
परिवार चारपुस्तादेखि सरकारी जागिरे भएकाले सरकारी जागिर वा प्राध्यापक बन्नेसम्मको सोच भने युवावयदेखि नै थियो उनमा । स्थानीय सरस्वती निमाविबाट सात कक्षा पास गरेपछि प्रवेशिका उनले विद्योदय माविबाट गरे । ‘उच्च शिक्षा पढ्न काठमाडौ आए, त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर गरे“,’ हाल निर्वाचन आयोगका सचिव रहेका कोइरालाले भने, ‘त्यसपछि जागिरमा पसिहाले ।’
जागिरे जिन्दगीमा उद्योग, अर्थ, सूचना तथा सञ्चार, जलस्रोत, ऊर्जा मन्त्रालय, नेपाल ट्रस्ट, उद्योग हुदै अहिले निर्वाचन आयोगमा आइपुगेका हुन् उनी । अहिले नेपालको प्रशासनिक संयन्त्रमा वरिष्ठतम सचिवमा पर्छन् । समयको यो लामो कालखण्डले ‘धेरै भोगाएको छ । अनेक देखाएको छ । तमाम गरे÷गराएको छ’ भन्छन् कोइराला । तीमध्ये पर्यटन मन्त्रालयमा बिताएका १० वर्ष यादगार छन् उनका लागि । नेपाल भ्रमण वर्ष १९९८ को सदस्यसचिव भएर काम गर्दाको क्षण सम्झ“दा उनलाई आत्मसन्तुष्टि मिल्छ । कोइरालाले भने, ‘सार्वजनिक निकायमा बसेर एक्लै गर्छु भनेर हुदैन, सहकार्यबाटै सम्भव हुने हो । आज त्यसको परिणाम मुलुकमा पर्यटन व्यवसाय अगाडि बढेको छ ।’ उनकै पालामा सगरमाथा आरोहणको स्वर्ण महोत्सव सम्पन्न भयो । पर्वतीय पर्यटन र पदयात्रा पर्यटनमा धेरै काम भयो । यी कार्य आज कोइरालाको स्मृतिमा बसेका छन् ।
नेपालको प्रशासनिक संयन्त्रमा रहदा कोइरालाले ‘बिनाकारण’ एक ठाउबाट अर्को ठाउ खेदिनु नपरेको भने होइन । यो अवस्थालाई उनी, ‘जागिर खादा नै मानसिक रूपमा तयार भएर पसेको हुदा त्यति ठूलो रूपमा नलिएको’ भन्छन् । प्रशासन भनेको मर्यादित र अनुशासित सङ्गठन भएकाले पनि विद्रोह र आलोचना गर्दै हिड्न नहुने मान्यता कोइरालाको छ । यस्तो अवस्थामा ‘राजीनामा या सङ्घर्ष’ मात्रै विकल्प देख्ने कोइराला प्रशासनयन्त्रमा भएका कमजोरीलाई भित्रै बसेर सुधारमा सघाउने जिकिर गर्छन् ।
पछिल्लो समयमा चाडोचाडो हुने गरेको सरकार परिवर्तन र गठबन्धन सरकारको प्रकृतिले केही हदसम्म वरिष्ठतम कर्मचारीलाई पनि हचुवाका भरमा सरकारले चलाएको उनको अनुभव छ । यसले गर्दा विकासनिर्माण र जनताको अपेक्षामा नकारात्मक असर परेको बताए ।
बेलाबखत बाहिरिने गरेका प्रशासनिक संयन्त्रका तिक्तताहरू ‘राजनीतिज्ञहरूको गलत नियत र प्रशासनिक क्षेत्रको अपारदर्शिता, बेइमानी, ढिलासुस्ती र व्यक्तिगत स्वार्थका कारण हो’ भन्छन् सचिव कोइराला ।
प्रशासकहरूको सार्वजनिक आलोचना भएको सुन्नुपर्दा व्यक्तिगतरूपमा कोइरालाको खुब चित्त दुख्छ । भन्छन्, ‘गलत गर्नेले राम्रो गर्नेलाई पनि अप्ठ्यारामा पारिदिन्छन् ।’ राजनीतिक नेतृत्वले सुदृढीकरणका लागि प्रशासनिक संयन्त्रलाई परिपूरकका रूपमा स्विकार्न सकेमा र प्रशासनिक क्षेत्रले पनि पारदर्शी, इमानदार र परिणाममुखी बन्ने हो भने मुलुकको धेरै समस्या समाधान हुने उनको बुझाइ छ । प्राइभेट रूपमा बिएल र फिलिपिन्सबाट अर्थशास्त्रमा एमएस पनि गरेका सचिव कोइराला मुलुकमा कानुन र अर्थनीति बलियो भएको दिन राष्ट्रकै छवि उज्यालो हुने बताउछन् ।
शालीन व्यक्तित्व र ओजिलो अनुहार भएका कोइराला कुशल प्रशासकमात्र होइनन्, कवि र गीतकार पनि हुन् । साहित्यको क्षेत्रमा भने उनलाई एसपी कोइरालाको नामले चिनिन्छ । एउटा प्रशासक र सर्जकको भूमिकालाई समानरूपले न्याय गर्न सजिलो नभए पनि ‘एउटा भूमिकाले अर्को भूमिकालाई ओझेल नपारोस्’ भन्नेमा भने उनी सजग छन् । यति हुदाहुदै पनि कहिलेकाही कामको सिलसिलामा उनका धेरै रचना जिउ“दै मर्दारहेछन्, तिनै मरेका रचनाको औधि माया लाग्छ रे, सर्जक कोइरालालाई ।
सर्जक भएर नै होला, निस्तो प्रशासकभन्दा उनी बढी भावुक, शालीन, मर्यादित र संवेदनशील हुन सकेको । उनकै शब्दमा, ‘सर्जक मन भएको प्रशासकसग मानवीय संवेदना बुझ्ने सीप अलि बढी हुन्छ कि ?’ त्यही भएर होला उनको कार्यशैलीको प्रशंसा गर्ने अलि धेरै भएको । कतिपय भावना, रचना र सिर्जना अलिखित रूपमै ‘सहिद’ भए पनि उनले नेपाली साहित्यको बारीमा ‘टाकीको घास’, ‘निर्वस्त्र नगरीमा’ कवितासङ्ग्रह र ‘धड्कनभित्र’ गीतिसङ्ग्रह छरिसकेका छन् । कोइरालाले ‘धड्कनभित्र’ र ‘उपमा’ गीति एल्बम पस्किसकेका छन् भने संयुक्त रूपमा ‘प्रहर’ एल्बम पनि बजारमा छ ।
एकलास, एकान्त अनि राजधानीदेखि बाहिर जान पाउनु उनका लागि अवसर साबित भइदिन्छ । त्यहा जादा कोइराला पदीय कामसगै सिर्जनाको अक्षरसमेत कोर्न पाउ“छन् । धेरै रचना उनका बाटैमा सिर्जिएका छन् । हरेक जिम्मेवारीलाई स्विकार्ने र पूरा गर्ने दृढता भएका कोइराला हाल आफू रहेको संस्था निर्वाचन आयोगको जिम्मेवारी पाएको एक सय २० दिनभित्र निर्वाचन गराउन सक्षम रहेको बताउछन् । जागिर, साहित्य र समाजसग सराबरी भिजेका कोइरालालाई अनायासै ‘जिन्दगी के हो’ भनेर सोध्दा उनले आफै रचेको गीतले जवाफ दिए–
‘आधा जिन्दगी रित्तिसक्यो भनेर, कहिले शोक मनाए ।
आधा अझै बाकी छ भनेर, उत्सव पनि मनाए“
जसरी हेर्‍यो, त्यस्तै देखिन्छ जिन्दगी
बल्ल होस पाए ।’

प्रतिक्रिया