दुई अपहरणकारी मारिए

राजविराज, ८ चैत । सिराहाको कमलदहमा बुधबार साझ प्रहरीसगको भिडन्तमा दुई अपहरणकारी मारिएका छन् । गोलबजारबाट एक साताअघि अपहरणमा परेका कपडा व्यापारी विजयकुमार साहलाई अपहरणमुक्त गराउन गएको प्रहरी टोलीसग भिडन्त हुदा अपहरणकारी
मारिएका हुन् ।
प्रहरीले चलाएको गोली लागी दुवैको घटनास्थलमै मृत्यु भएको डिएसपी कृष्णचन्द्र शर्माले बताए । राति अबेरसम्म मृत्यु भएकाको सनाखत हुन सकेको छैन । पाच अपहरणकारीमध्ये तीन फरार भएको प्रहरीले बताएको छ । ती अपहरणकारीले ४ चैतमा कपडा व्यापारी साहलाई अपहरण गरेका थिए । साहलाई सकुशल मुक्त गराइएको प्रहरीले जनाएको छ ।

व्यापारी बन्धक बनाउने तीन पक्राउ

नेपालगन्ज, ८ चैत । नारायणगढबाट अपहरणमा परेका गाडीे व्यापारीलाई मुक्त गराउने क्रममा प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।
व्यापारी काठमाडौ वनस्थलीका ५१ वर्षीय बलराम गिरीलाई बन्धक बनाएको अभियोगमा सुर्खेत उत्तरगङ्गा–८ का तप्तबहादुर हमाल, लाटीकोइली–९ का सुमन हमाल र चेतनाथ योगीलाई बुधबार साझ प्रहरीले पक्राउ गरेको हो । नेपालगन्जको पुष्पलाल चोकस्थित लेकाली होटलमा बन्धक बनाइराखेको अवस्थामा गिरीको उद्धार गरिएको र अभियुक्तलाई पक्राउ गरिएको डिएसपी उदय तामाङले जानकारी दिए । उनीहरूको साथबाट २० बोतल लागुऔषध कोरेक्स र चार पोका ब्राउन सुगरसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले गिरीलाई ‘गाडी किन्छौ’ भन्दै काठमाडौबाट नारायणगढमा बोलाएको र त्यहाबाट नियन्त्रणमा लिई भे२ प ७२४७ र भे३ प ४०७३ नम्बरको मोटरसाइकलमा मङ्गलबार नेपालगन्ज ल्याएर बन्धक बनाएको पाइएको प्रहरीले जनाएको छ । गिरीले उनीहरूले आफूलाई नारायणढमा केही दिन बन्धक बनाएपछि नेपालगन्ज ल्याएको बताएका छन् । अभियुक्तले भने गाडी किन्नका लागि दिएको दुई लाख रुपिया फसेपछि उनलाई बन्धक बनाइएको बयान दिएको प्रहरीले जानकारी दिएको छ । डिएसपी तामाङले अनुसन्धानका लागि गिरीलाई समेत नियन्त्रणमा लिइएको बताए ।

प्रतिक्रिया