तीन निरीक्षकलाई कार्वाहीमा

विराटनगर, ८ चैत । एसएसली परीक्षाको दोस्रोदिन मोरङमा मर्यादा विपरित कार्यगर्ने तीन निरीक्षक कार्वाहीमा परेका छन् ।

जिल्ला शिक्षा अधिकारी योगेन्द्र वरालेको नेतृत्वमा आज खट्टिएको टोलीले सरस्वती उमावि ईटहरा परीक्षा केन्द्रका निरीक्ष भानुभक्त गिरी, वरडंगास्थित कल्याणपुर उमावि परीक्षा केन्द्रकी निरीक्षक कल्याणी ताजपुरीया र नेत्र पोखरेललाई  निष्कासन गरेको हो ।

निरीक्षक ताजपुरीयालाई विद्यार्थीलाई चिट चोर्न सघाएको आरोपमा र पोखरेललाई माविको शिक्षक भएरपनि निरीक्षक वसेको पाईएपछि निष्कासन गरिएको जिशिअ वरालले वताए ।

यसैगरी ईटहराको सरस्वती उमावि परीक्षा केन्द्रमा निरीक्षक भानुभक्त गिरीको कोठामा परीक्षा दिईरहेका एकै विद्यार्थीवाट भारीमात्रामा गाईड वुक, गेस पेपर र चिटहरु फेला पारेपछि परीक्षा संचालनमा वेवास्ता गरेको आरोपमा उनलाई निष्कासन गरिएको हो ।

प्रतिक्रिया