सरकार चाँडै ढल्छः नेता ओली

विराटनगर, ७ चैत । एमाले नेता केपी ओलीले बर्तमान सरकार चाडै  ढल्ने दाबी गरेका छन् । केहि दिन भित्र शान्ति र संविधानको स्पष्ट खाका नल्याए सरकार परिबर्तन हुने ओलीले चेतावनी दिए ।

उनले सरकार परिवर्तन हुने भने पनि त्यस पछिको सरकारका बारेमा भने केही बताएनन् ।

बिराटनगरस्थित एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले सरकारले जनबिरोधी र राष्ट्रघातिलगायतका काम गरिरहेको आरोप लगाए । उनले मुलुक र जनताका लागि कुनै काम गर्न नसक्ने सरकार आवश्यक नरहेको बताए ।

शान्ति प्रकृया पुरा नहुनुमा माओवादी र प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार जिम्मेवार रहेको नेता  ओलीले आरोप थियो । उनले शान्ति प्रक्रियाका बाँकी काम छिटो पुरा गर्न माओवादीलाई आग्रह गरे ।

प्रतिक्रिया