सैफलाई करिनाको चुनौती

मुम्बईः बलिउड प्रेमजोडी करिना कपुर र सैफअली खानबीच टक्कर हुन लागेको चर्चाले यतिखेर बलिउड तातेको छ । तर, उनीहरूको यो टक्कर वास्तविक जीवनमा होइन, चलचित्रमा हुन लागेको हो । चलचित्र एजेन्ट विनोदको एउटा आइटम गीतमा यी प्रेमजोडी कोभन्दा को कमको शैलीमा प्रतिस्पर्धामा उत्रिन लागेको एजेन्सीले जनाएको छ । चलचित्रको आइटम गीत प्यारकी पुङ्गीमा उनीहरूको हङ्गामेदार नृत्य हेर्न पाइने भएको हो । प्रीतम चक्रवर्तीको सङ्गीत रहेको सो गीत अमिताभ भट्टाचार्यले लेखेका हुन् भने जैस्मिन ओझाको नृत्य-निर्देशन छ । यसै चलचित्रमा करिनाले गरेको मुजुरा नृत्यको चर्चा बलिउडमा यसअघि नै सुरु भइसकेको छ । जासुससम्बन्धी कथामा आधारित यो चलचित्र श्रीराम राघवनले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया