आमाद्धारा छोरा र छोरीको हत्या

बारा, ६ चैत । बारा जिल्लाको अमाउ पडदी टोलमा रमिता चौधरीले आफ्ना दुई छोरा र छोरीलाई हत्या गरेर आफू झुन्डिएर आत्महत्या गरेकी  छन् ।

अमाउ–४, पडदीटोल बस्ने मुक्ति चौधरीकी श्रीमती २५ बर्षीया रमिताले ३ बर्षीय छोरा कुन्दन र ६ महिनाकी छोरीको घाँटी थिचेर हत्या गरेको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ । छोरा र छोरीको हत्या पछि आफू झुन्डिएर आत्महत्या गरेको प्रहरी भनाई छ ।

आमा रमिता सहित छोरा र छोरीको शव आज विहान साढे चार बजे सुत्ने कोठामा फेला परेको थियो ।

रमिता आफ्नै साडीको पासो लगाएर झुन्डिएकी थिईन । प्रहरीले घटनाका बारेमा अनुसन्धन सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया