भोट माग्दै बैदेशिक रोजगार व्यवसायी

काठमाडौं, ६ चैत । नेपाल बैदेशिक रोजगार व्यवायी संघको नयाँ नेतृत्वका लागि प्रजातान्त्रिक र प्रगतिशिल समूहका दुई प्यानलले कडा प्रतिस्प्रधा गर्ने भएका छन् ।

लोकतान्त्रिक समूहले हंशराज वाग्ले र प्रगतिशिल समूहले बलबहादुर तामाङको नेतृत्वमा प्यानल बनाई उम्मेदवारी घोषणा गरेपछि निर्वाचनको रौनक सुरु भएको हो । उनीहरुले आआफ्ना प्यानललाई बिजयी बनाउन प्रचार प्रसारको कामलाई तिव्रता समेत दिएका छन् ।
बैदेशिक रोजगारीका क्षेत्रमा संलग्न व्यवसायी र व्यवसायको हकहितका लागि उम्मेदवारी दिएको दुबै समूहको दाबी छ ।

यस पटकपनि दुई समूहले प्यानल बनाएर उम्मेदवारी दिएपछि सर्वसम्मत हुने संभावना धुमिल भएर गएको छ ।

संघको निर्वाचन चैत २४ गते हुँदैछ । यद्यपी व्यवसायीलाई एक महिला अघिदेखिनै निर्वाचनले सताएको छ ।

प्रतिक्रिया