हुर्रामा “देशै रमाइलो”

०६५ कात्तिक महिनाको पहिलो शनिबार । बिहानको ठीक नौ बजेको छ । धनकुटा सदरमुकामदेखि करिब ४५ किलोमिटर टाढाको नाम्जे गाविस । गाउाभरिका मगर युवा नाम्जे बजार नजिकैको चौरमा भेला भएका छन् । मगर ‘ड्रेस’मा ठांटिएका उनीहरू भन्दैछन्, ‘चाई चाई जाटिङ -छिटो सुरु गरौ) ।’ उनीहरूलाई हतारो छ, हुर्रा नाच्न । यहांबाट करिब १५ किलोमिटर तल सुनसरीको धरान बजार लमतन्न सुतेको देखिन्छ । दैनिकजसो घुम्न आउने ‘आधुनिक’ धराने युवाको घुइाचो लाग्छ, यहां । पश्चिमा संस्कृतिको बाछिटाले छिटो भेट्छ धरानलाई । समाजशास्त्रीहरू भन्छन्, ‘युवा अर्काको संस्कृतिबाट छिटो प्रभावित हुन्छन् ।’ तर, नाम्जे बजारका युवाले समाजशास्त्रीहरूको यो विश्लेषणलाई नराम्ररी ‘ˆलप’ खुवाइदिएका छन् । धराने आधुनिक युवाको प्रभावबाट मुक्त छन् यिनीहरू । फरक छ, उनीहरूको जीवनशैली, सपना र मनोविज्ञान पनि । पुर्खाले छाडेर गएको सांस्कृतिक विरासत जोगाइराखेका छन् उनीहरूले । बचाइराखको संस्कृतिलाई ज्यान भर्न उनीहरू हुर्रा नाच्न भेला भएका छन् ।
हुर्रा नाच सुरु गर्ने बेला भयो । पूजारी सरस्वतीको पूजा गर्दैछन् । नाच सुरु गर्नुअघि ‘वर्षभरिलाई सुख शान्ति होस्’ भन्ने कामनाका साथ पूजा गरिन्छ । यसलाई ‘नाच उठाउने पूजा’ पनि भनिन्छ । पूजारीले नाच्न तयार भएका सबैलाई टीका लगाइदिएर आशीर्वाद दिन्छन् । नाच्नेहरू कसैले मादल, कसैले मुरली, बांसुरी र मुजुरा बोकेका छन् । एकअर्काको हात समाएर गोलाकार भएका छन् उनीहरू । टीका र आशीर्वाद लिएपछि सुरु हुंदैछ हुर्रा नाच । मादल, मुरली, बांसुरी र मुजुराको धुनसागै उनीहरू गाउादैछन्ः
कहाँ हजुरको घर, हाम्रो त तमोर तिरैमा
आउनु है दाजु रमाइलो गरौँ नाम्जे शिरैमा
देसैा रमाइलो, आहै देशै रमाइलो …….।
सङ्गीतको तालसागै दायां घुम्दै जांदैछन् उनीहरू । गोलाकार वृत्त बनिसकेको छ । सहभागीमध्ये केहीले मात्रै गीत गाउाछन्, बांकीले अक्षरांश दोहोर्‍याउाछन् । गीतको प्रत्येक अन्तराको अन्तमा सबैले अलि चर्को स्वरमा ‘देशै रमाइलो’ भन्छन् । सङ्गीतको तालसागै खुट्टा छिटोछिटो गरी चाल्दैछन् । खुट्टाको तालसागै सन्तुलन मिलाएर शरीरको अग्रभाग अगाडि झुकाउाछन् । शरीर अग्रभागमा झुकाउनु भनेको दर्शकलाई अभिवादन गर्नु हो । नाच्ने जति रमाइलो गरी नाचिरहेका छन्, हेर्नेलाई पनि उत्तिकै आनन्द । सबैको हातखुट्टाको गति एउटै छ । नाच्नमा सबै पारङ्गत । गीत पनि उत्तिकै सुमधुर गरी गाउादैछन् । मानौ, उनीहरू प्रशिक्षण लिएका व्यावसायिक कलाकार हुन् । गोलकारभित्र चेली माइतीदेखि मन परेका केटाकेटीले समेत हात समातेर नाचिरहेका छन् । ‘जोसाग हात समातेर नाच्न इच्छा हुन्छ, उसैसाग हात बांधेर नाच्ने हो,’ नेपाल मगर सङ्घका सचिव माधव दर्लामी मगर भन्छन्, ‘जोसाग भए पनि प्रेमलाई अझ सुमधुर बनाउने अवसर पनि हो यो ।’ तर, नाच्दानाच्दै एकअर्काको शरीर छोइए वा ठोक्किए अशुभ हुन्छ भन्ने मान्यता छ मगर समुदायमा ।
मगर जातिको मौलिक नाच हो हुर्रा । मगर समाजमा कौडा, सोरठी, घाटु, मारुनी, कडुवा आदि नाच पनि नाचिन्छ । हुर्रा मूलतः पूर्वका मगर समुदायले नाच्ने गर्दछन् । ‘मगर जातिको प्रमुख नाच मध्ये हुर्रा एक हो,’ सचिव दर्लामी भन्छन्, ‘यो मूलत पूर्वी नेपालमा बसोबास गर्ने मगरले नाच्ने गर्दछन् ।’ कसरी सुरु भयो हुर्रा नाच ? ‘यसरी नै भयो भन्ने एक मात्रै मिथक छैन,’ सचिव दर्लामी भन्छन्, ‘यसको सुरुआतका विषयमा फरकफरक व्याख्या र मिथक पाइन्छन् ।’ हुर्राको उद्गमस्थल धनकुटाको मुढेबास गाविसलाई मानिन्छ । कुनैबेला धनकुटाका चौबिसे क्षेत्रका गाविसका मगरले मात्रै नाच्ने यो नाच अहिले देशैभरि नाचिन्छ ।
०००
नाम्जे बजारको मौसम छिन-छिनमै परिर्वतन हुन्छ । कतिबेला घाम लाग्छ, कतिबेला मुसलधारे पानी पर्छर् ? कुनै टुङ्गो हुादैन । दिउंसेा चार बजिसकेको छ । दिन धुम्मिदै गएको छ । तर, बिहानको नौ बजेदेखि सुरु भएको हुर्राको रौनक उस्तै छ । थाकेका छैनन् युवायुवती । कतिबेला सकिएला नाच ? ‘१५ दिनपछि,’ स्थानीय तीर्था मगर भन्छिन्, ‘औासीदेखि सुरु भएको हुर्रा पूणिर्मा अर्थात् १५ दिनसम्म नाचिन्छ ।’ तर, एकै ठाउा भने होइन । देउसी-भैलो खेलेजसरी विभिन्न टोल बस्तीमा नाचिन्छ । १५ दिनसम्म धनकुटाको चौबीसे क्षेत्रमा गुञ्जिरहेको हुन्छ, ‘दसैाको रमाइलो………….’

प्रतिक्रिया