लन्डनःसपनाको कोलाज

असीमित रहरहरू, अगणित सपनाहरू, अश्वमेध घोडाजस्ता बेगवान महत्वकाङ्क्षाहरू, अनि थोरै ईष्र्याले जन्माएको थियो देश छोड्ने हिम्मत । अलि धेरै देशको राजनीतिक दूरवस्था अनि व्यापक रूपमा उमि्रएको समयप्रतिको असन्तुष्टि प्रमुख कारण थिए, यो देशप्रतिको वितृष्णा सायद प्रणालीप्रतिको वितृष्णा । राजनीतिक शक्तिको व्यापक दुरुपयोग र राज्यका स्रोत र साधनमाथिको कब्जाले आम मानिसमा जन्माएको निराशाको जरो समातेर बतासिएको थिएा म पनि आˆनो माटोभन्दा कोसौा टाढा सपनाको सहर लन्डन ।
त्यसो त म एक्लो कहाा थिएा र, यो निराशाको डोरीमा चढेर जीवनको चटक गर्न तम्सेको । धेरै केटाकेटी निराशाको खाडलबाट उम्कनलाई चटकेको डोरीमा चढेजसरी चढेका थिए कि त परिस्थितिलाई दोष दिादै कि त सपनाको पन्तरो बोकेर । कतिका कति सपना पूरा भए अनि कतिका सपनाहरू समुद्री आाधीमा बगे त्यो त एउटा मायावी रहस्य नै बनेर रहला सधैाभरिका लागि । केही कौतूहलता, केही रोमान्चकता, केही उत्साह, केही उत्तेजना, थोरै डर अनि थाप्लोभरि जिम्मेवारीको भारी बोकेर हेलिएको थिएा त्यो विशाल समुद्रमा । सायद मोती टिप्ने सपना थियो । मसाग थिए, मेरा दुई साथी अनि हामीसाग थियो हाम्रो लक्ष्य-लन्डन । बिल्कुलै अञ्जान र अपरिचित ।
लन्डनलाई सपनै सपनाको कोलाज भन्दा कति पनि अन्याय हुादैन । यहां संसारभरिबाट सपनाको भारी बोकेर आउने भेटिन्छन् । कति लन्डनको अपरिचित र अञ्जान भिडमा माटोको कण जसरी मिसिन्छन् अनि कति भिडमा मिसिन नसकेर पाइतालामुनि दबिएर बिलाउाछन् । एकाध मानिस भने भिडमा सबैभन्दा अग्लो भएर पनि बांचेका छन् । तर, अब लन्डनको वास्तविक सुन्दरता कहां बांकी छ र भन्दै फेरिादै गएको लन्डनको अनुहारप्रति विमति राख्ने गोरा थुप्रै छन् लन्डनमा र धेरै लन्डनका रैथाने अर्को देशमा बसाइा सर्न थालेका छन् । लन्डनको फेरिएको अनुहार र त्यहांको मौसम नै यसको प्रमुख कारण हो । लन्डनमा अहिले गोराभन्दा बढी अन्य देशका मानिसको बाहुल्य देखिन्छ । विशेष गरी एसियाली मूलका मानिस देखिन्छन् । व्यापारव्यवसायमा त लगभग कब्जा नै जमाएका भारतीयलाई गोराहरू अलिक टेढो नजरले हेर्छन् र भारतीयलाई पटक्कै मन पराउादैनन् । पहिले संसारभरि आˆनो साम्राज्य फैलाउन सफल अङ्ग्रेजहरू अहिले आˆनै राष्ट्रियता सङ्कटमा परेको देखेर जिल्लिएजस्तो लाग्छ । अब इङ्ग्ल्यान्ड अनेक जातजाति र धर्म समुदायको साझा आश्रयस्थल भएको छ ।
फेसनको सहर लन्डन । भनिन्छ, एकपटक लन्डनमा कोही मानिस झुत्रेझाम्रे कपडामा देखियो भने उसलाई आजीवन कसैले फर्केर हेर्दैन । अनगिन्ती पˆर्युम र अत्तरको नाकै टट्टाउने गन्ध मिसिएको हुन्छ लन्डनको बतासमा । लाज र शरमको कुनै परवाह नगरी जताततै आलिङ्गनमा बांधिने जोडीहरू, ओपेरा र अर्केस्ट्राको धुनमा बहकिनेको हुल, घुमन्तेको नाकनिक र कटाक्ष, सयैां वर्ष पुराना वास्तु, लन्डनका भव्य सङ्ग्रहालय, वास्तवमै सुन्दर छ लन्डन, दुःखलाई पाखा लगाउन सके । लाग्छ, लन्डन सहर एउटा उत्तेजक सिम्फोनी हो जुन आफूलाई भिन्न देखाउन अझै पनि सङ्घर्षरत छ । जहां जीवन पैसाको कागजमा मात्र छापिन्छ । जीवनसाग जोडिएका भावना कहिले हो कहिले थेम्स नदीमा बगेर गइसकेजस्तो लाग्छ । हुनेखानेलाई सधैाभरि रमिता छ । पैसा नहुनेलाई दुःखको पहाड हो लन्डन । यही बेमेलको स्थिति बिगबेनले वषौंदेखि हेरिरहेछ । अहिले पैसा हुनेहरू यो रमिता लन्डन आई माथि चढेर हेर्छन् ।
सुखैसुखको रेसमी कल्पनामा उत्ताउलिएर हिाडेका हामीलाई हाम्रा ती बतासे कल्पना आकाशमा उडुन्जेलसम्मका लागि मात्र थिए भन्ने कुरा बुझ्न धेरै समय लागेन । विदेशी भूमिमा जीवन एकदमै असहज हुन्छ भन्ने बुझ्नलाई खासै कठिन भएन । दुःख, कष्ट, हन्डर फलामे कांडाजसरी हाम्रो बाटो कुरेर बसेका रहेछन् हिथ्रो विमानस्थलदेखि नै । विश्वकै उत्कृष्ट प्रजातान्त्रिक देश, मानवअधिकारको उच्च पालना हुने देश, अनि भेदभावरहित देश भनेर हामीलाई देखाइएको चित्र धमिलो हुनलाई धेरै समय कुर्नपरेन । विशेषतः दक्षिण एसियाली मुलुकका नागरिकलाई हेर्ने तिनीहरूको हेपाहा नजर तत्कालै प्रकट भयो । हामीलाई लन्डनको बारेमा केही थाहा थिएन र हामीलाई जानु थियो लुटन जहां हाम्रो विश्वविद्यालय रहेको थियो । टे्रनको टिकट किन्ने ठाउाको गोराले हामीलाई हप्काएको कहिल्यै बिर्सन सक्दिना । हाम्रो दोष भनेको उसले बोलेको अङ्ग्रेजी नबुझेर दोहोर्‍याएर सोध्नु थियो । गोरो छाला भएको मानिसलाई देख्दा देउता जसरी सम्मान गर्ने नेपाली परम्परा सम्झेा मैले र गरिब देशको नागरिक हुनाको पीडा यही होला भनी चित्त बुझाएा । मेरो साथी रक्तदान गर्न जांदा त्यतिकै र्फकनु पर्दा पनि नरमाइलो लागेको थियो । हामीलाई थाहा थिएन नेपालजस्तो तेस्रो विश्वका मानिसको रगत पनि नचल्ने रहेछ त्यहां। कम्तीमा ६ महिना त्यहां बसेर टिबी, मलेरियालगायतका सरुवा रोग छैन भन्ने प्रमाणित भएपछि मात्र रक्तदान गर्न पाइने रहेछ जस्तो कि हामी रोगका बाहक हैां ।
लन्डनमा नेपाली पनि अनेकौं थरीका भेटिन्छन् । कोही नेपालबाट भाग्नका लागि मात्र त्यहां पुगेका भेटिए । कोही परिवारबाट टाढा जानका लागि त्यता जानेहरू थिए । लन्डनको झिलीमिली रमिता नै जीवन ठान्नेहरू पनि प्रशस्त थिए । दुःख गरेर अलिअलि कमाएको पैसा जुवा र वेश्यामा गुमाउने अनि रक्सीसाग निद्रा साट्ने पनि मनग्य भेटिए । म्याकडोनाल्ड, केएफसी, सबवे अनि इनर्जी डि्रङ्कको फेसनलाई खास्साको जीवनशैली मान्ने आलाकांचाको बाक्लै भिड छ । क्रिसमस अफर र जनवरी सेलमा सस्तो मूल्यको सामान विशेष छुटमा किन्नलाई महिनैा अघिदेखि हिसाब मिलाएर बस्ने नेपालीको नाकनिक पनि कम्ती मज्जाको हुादैन । नेपालमा यस्तो राम्रो सिस्टम कहां छ भन्छन् तिनीहरू र आफूलाई भाग्यमानी ठान्छन् । नेपालमा बत्ती, पानी, इन्टरनेट छैन, केही कुराको सिस्टम छैन भन्दै देशको सत्तोसराप गर्ने पनि धेरै छन् । घरका श्रीमतीलाई ढााट्दै ‘लिभिङ टुगेदर’ संस्कृतिमा रमाइरहेकाहरू प्रेमलाई परिभाषित गर्न खोज्छन् । श्रीमान् काममा गएका बेला सुटुक्क ब्वाइफेन्डलाई बोलाउने नेपाली युवतीको भद्दा हाउभाउ देख्दा उदेक लागेर आउाछ । एउटै कोठामा सागै बसेर पनि हप्तौसम्म श्रीमान् श्रीमतीको भेट नहुने कामको प्रकृतिदेखि दिक्किएका नेपाली जोडीको गुनासो कसले सुनिदेला लन्डनमा ? मनग्य धन कमाउने लालसा बोकेर रित्तो हुने पनि धेरै भेटिए ।


लन्डनमा बेरोजगार हुनु जत्तिको पीडा त के नै पो हुन्छ र ? काम खोज्न हिाड्दा जुत्ता फाट्छन् । पैतालाको छाला उप्किएर जान्छ । कति ‘सरी’ सुन्नु, कति धक्का खानु । दिनभरि नेपालबाट लगेको चाउचाउ र चिउरा खल्तीमा हालेर कामको खोजीमा ढोकाढोका चहार्ने नेपाली युवा भेटिन्छन् । महागो कोठाभाडा, महागै रासन, महागै सवारी भाडाले ज्यान खान्छ । धेरै नेपालीको दुःख देखेर मन खिन्न भयो र नेपालका राजनीतिकर्मीलाई धिक्कार्न मन लाग्यो । खानै नपाउनेदेखि लिएर बस्ने ठाउा नभएर पुलमुनि सुत्ने नेपालीसम्म भेटिए । पैसा नहुादा अर्काले तानेर फालेको चुरोटको ठुटो टिपेर तानेकोसम्म देखेा । खान नपाउादा पन्जाबीको गुरुद्वारामा आाखाभरि आासु लिएर खाना खाने पनि भेटिए । एक-दुई पाउन्ड सापटी मागेर गुजारा गर्ने नेपाली युवा भेटिादा मन कटक्क खाएको सम्झन्छु । विद्यार्थी भिसामा बेलायत पुगेका एकाध नेपाली युवाले मानिसिक सन्तुलन नै गुमाएर त्यहीका अन्य नेपालीले सहयोग गरी नेपाल पठाइदिएका घटना पनि सुन्नमा आए । एकाध आत्महत्याका घटना पनि सुनिए । कसैकसैले बल्ल काम भेटेको हुन्छ, तर पुलिसले समातेर नेपाल फर्काइदिन्छ । न पढाइ न पैसा भएर बेहाल हुनेको व्यथा बुझ्नलाई धेरै कठिन छ । बेलायत पुगेका नेपाली युवा आˆना सबै कागजपत्र लुकाएर गैरकानुनी रूपमा मोटो रकम खर्च गरेर अन्य देशमा शरणार्थीका रूपमा जाने पनि मनग्य छन्, रातो पासपोर्ट पाइन्छ भन्ने झिनो आशा बोकेर । यो आफैामा धेरै खतरनाक उपाय हो । आप्रवासीका रूपमा बेलायत पुगेका पूर्वगोर्खा सिपाहीको व्यथा पनि चर्को छ । बुढेसकालमा तल्लो दर्जाको काम गर्नुपरेको छ त्यसैमाथि भाषाको समस्या । एकाध अपवादलाई बिर्सने हो भने समग्र नेपालीले दुःख नै भोगेका छन् बेलायतमा, तर पनि नेपाल नै र्फकन भने हम्मेसी मन गर्दैनन् । विदेश जान पाएकोमा खुसी देखिएको मेरो साथीलाई सम्झन्छु । ऊ भन्थ्यो, ‘यो देशमा त फर्केर कहिले आउन नपरोस् ।’ यो देशमा त पिसाब फेर्न पनि मन छैन भन्थ्यो ऊ । म सोच्थेा यति धेरै घृणा र वितृष्णाको मुहान के होला ?
भर्खरै जन्मेकी छोरीलाई छाडेर हिाडेको थिएा म । थाहा छैन कुन शक्तिले डोर्‍याएको थियो मलाई हिाड्ने बेलामा त रत्तिभर दुःख लागेको थिएन । तर, जसैजसै लन्डनको दुःखले छोप्दै लग्यो अनि सम्झन्थेा छोरी, परिवार र मेरो महत्वकाङ्क्षाको आाधीमा परेर गुमेका एकएक महत्वपूर्ण क्षणहरू । ती पल जसलाई कथा बनाएर जीवनभरि छोरीलाई सुनाउन पाउाथे, तिनलाई त मैले गुमाइसकेा । कहिलेकाही लाग्छ-व्यर्थको चिन्ताले मानिसलाई दुःखसिवाय केही दिादैन । सबै थोक त थियो मसाग फेरि कुन सपना पूरा गर्न म बिदेसिएको थिएा, म आफैा जान्दिना अहिले । ती पलमा लुकेका मिहीन खुसीलाई बेवास्ता गर्दै स्वैरकल्पनामा डुबेको थिएा थोक सुख पाउन, तर अहिले सम्झादा लाग्छ-एकमुष्ट खुसी त कसले कहां नै पाएको छ र ? तिनै सानासाना खुसीका पल नै त जीवनका सहारा हुन् । सोचेको थिएा सारा संसारको सपनाको सहर हो लन्डन त्यहां त मानिस कति सुखी र खुसी होलान् तर लन्डनका मानिसलाई दुःखको उत्ताल भुमरीमा रुमल्लिरहेको देखेर झस्कन्छ हृदय बारम्बार ।

प्रतिक्रिया