नेपालको दोस्रो हार

दुबईः एसीसी ट्वान्टी २० विश्वकप छनोटअन्तर्गत शुक्रबार भएको खेलमा नेपाल अफगानिस्तानद्वारा ३४ रनले पराजित गरेको छ । लगातार चार खेलमा जित हात पारेपछि अफगानस्तिानको समूह एमा पहिलो स्थान हात पार्ने सम्भावना पनि प्रबल भएको छ । आˆना पहिला दुई म्याच जितेको नेपालको भने यो लगातार दोस्रो हार हो ।
अफगानिस्तानले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाई १ सय २४ रनमा सीमित हुन पुगेको थियो । नेपालका लागि अनिल मण्डलले ४९ बलमा ५० रन जोडे । उनले चार चौका र एक छक्का प्रहार गरे । कप्तान पारस खड्काले २० बलमा २४ रनको योगदान गरे । उनले एक छक्का प्रहार गरे । अफगानिस्तानका जवालत दाब्रातले तीन ओभरमा १६ रन खर्चिादै दुई विकेट लिए । मोहम्मद नाबीले दुई तथा करिम सादिकले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेकेा अफगानिस्तानले ६विकेटको क्षतिमा १ सय ५७ रन जोड्यो । अफगानिस्तानका करिम सादिकले ५२ रन जोडे । उनले ३९ बलमा एक चौका र तीन छक्का प्रहार गरे । उनलाई पारसले आउट गरेका थिए । सादिकले दोस्रो विकेटका लागि मोहम्मद साहजादसांग मिलेर ८६ रनको साझेदारी गरे । साहजादले ४३ बलमा तीन चौका र दुई छक्कासहित ५२ रन  प्रहार गरे । उनी शक्ति गौचनको बलमा आउट भए । नरोज मङ्गलले २७ रन जोडे ।
नेपालका चन्द्र साउदले तीन तथा पारस खड्काले एक विकेट लिए । चन्द्रले तीन ओभरमा ३० तथा मेहबुब आलमले एक ओभरमै ११ रन खर्चिएका थिए । करिम सादिक उक्त खेलको म्यान अफ द म्याच घोषित भए ।

प्रतिक्रिया