काठ तस्कर पक्राउ

नेपालगन्ज, ३ चैत । काठ तस्करीमा सक्रिय एउटै गाउँका २५ जनालाई बाँके प्रहरीले अवैध काठ सहित पक्राउ गरेको छ ।

हिरमनिया–४ बन्दीपुरका उनीहरुलाई वडा प्रहरी कार्यालय नेपालगन्जको गस्तीटोलीले ११ गिण्डा सालको काठ सहित आज बिहान पक्राउ गरेको हो ।

हिरमनिया जङ्गलबाट कटान गरी नेपालगन्जको काठ मिलमा बिक्री गर्न ल्याउदै गर्दा नेपालगन्जसँग जोडिएको बुलबुलियाबाट काठ बरामद गरेको प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

मल्लका अनुसार उनीहरु धेरै पहिलेदेखि साईकलमा काठ ओसार्दै नेपालगन्जका काठ मिलमा बिक्री गर्न सक्रिय थिए ।

प्रहरीले ११ वटा साईकल समेत बरामद गरेको छ । पक्राउ परेकालाई आवश्यक कार्वाहीका लागि जिल्ला वन कार्यालय बुझाइएको छ ।

प्रतिक्रिया